Surah Al-Balad - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
لَآ أُقۡسِمُ بِهَٰذَا ٱلۡبَلَدِ
हामीलाई यस नगर (मक्का) को कसम ।
Surah Al-Balad, Verse 1
وَأَنتَ حِلُّۢ بِهَٰذَا ٱلۡبَلَدِ
र तपाई यसै नगरमा त बस्नु हुन्छ ।
Surah Al-Balad, Verse 2
وَوَالِدٖ وَمَا وَلَدَ
र मानवीय बाबु र उसको सन्ततिको कसम ।
Surah Al-Balad, Verse 3
لَقَدۡ خَلَقۡنَا ٱلۡإِنسَٰنَ فِي كَبَدٍ
निःसन्देह हामीले मानिसलाई धेरै दुःखमा पैदा गरेका छौं ।
Surah Al-Balad, Verse 4
أَيَحۡسَبُ أَن لَّن يَقۡدِرَ عَلَيۡهِ أَحَدٞ
के उसले यो ठान्दछ कि उसमाथि कसैको नियन्त्रण छैन ।
Surah Al-Balad, Verse 5
يَقُولُ أَهۡلَكۡتُ مَالٗا لُّبَدًا
भन्दछ कि मैले धेरै माल सम्पत्ति खर्च गरिदिएँ ।
Surah Al-Balad, Verse 6
أَيَحۡسَبُ أَن لَّمۡ يَرَهُۥٓ أَحَدٌ
के उसलाई यो लाग्दछ कि कसैले उसलाई देखेन ।
Surah Al-Balad, Verse 7
أَلَمۡ نَجۡعَل لَّهُۥ عَيۡنَيۡنِ
के हामीले उसलाई दुईटा आँखा दिएनौं ।
Surah Al-Balad, Verse 8
وَلِسَانٗا وَشَفَتَيۡنِ
र जिब्रो र दुईटा ओठ (दिएनौं)
Surah Al-Balad, Verse 9
وَهَدَيۡنَٰهُ ٱلنَّجۡدَيۡنِ
र उसलाई दुवै मार्ग पनि देखायौं ।
Surah Al-Balad, Verse 10
فَلَا ٱقۡتَحَمَ ٱلۡعَقَبَةَ
त उसले त्यो घाटीमा पस्न सकेन
Surah Al-Balad, Verse 11
وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡعَقَبَةُ
र तिमीलाई के थाहा कि त्यो घाटी के हो
Surah Al-Balad, Verse 12
فَكُّ رَقَبَةٍ
(कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु ।
Surah Al-Balad, Verse 13
أَوۡ إِطۡعَٰمٞ فِي يَوۡمٖ ذِي مَسۡغَبَةٖ
वा भोकको दिन खाना खुवाउनु ।
Surah Al-Balad, Verse 14
يَتِيمٗا ذَا مَقۡرَبَةٍ
कुनै नातेदार अनाथलाई
Surah Al-Balad, Verse 15
أَوۡ مِسۡكِينٗا ذَا مَتۡرَبَةٖ
वा धूलधूसरित (फकिर) भिक्षुलाई ।
Surah Al-Balad, Verse 16
ثُمَّ كَانَ مِنَ ٱلَّذِينَ ءَامَنُواْ وَتَوَاصَوۡاْ بِٱلصَّبۡرِ وَتَوَاصَوۡاْ بِٱلۡمَرۡحَمَةِ
अनि ती मानिसहरूमा शम्मिलित हुन सक्थ्यौ जसले ईमान ल्याउँछन् र एक अर्कालाई धैर्य राख्न र दया गर्नुको निम्ति शिक्षा दिन्छन् ।
Surah Al-Balad, Verse 17
أُوْلَـٰٓئِكَ أَصۡحَٰبُ ٱلۡمَيۡمَنَةِ
यी मानिसहरू नै दायाँ हातवाला हुन् ।
Surah Al-Balad, Verse 18
وَٱلَّذِينَ كَفَرُواْ بِـَٔايَٰتِنَا هُمۡ أَصۡحَٰبُ ٱلۡمَشۡـَٔمَةِ
र जसले हाम्रा आयतहरूलाई मानेनन् उनीहरू बायाँ हातवाला हुन् ।
Surah Al-Balad, Verse 19
عَلَيۡهِمۡ نَارٞ مُّؤۡصَدَةُۢ
यिनीहरूमाथि नै आगो हुनेछ जो चारैतिरबाट घेरेको हुनेछ ।
Surah Al-Balad, Verse 20