Surah Al-Fajr - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
وَٱلۡفَجۡرِ
फज्र (उषाकाल) को कसम ।
Surah Al-Fajr, Verse 1
وَلَيَالٍ عَشۡرٖ
र दश रातहरूको कसम ।
Surah Al-Fajr, Verse 2
وَٱلشَّفۡعِ وَٱلۡوَتۡرِ
र जोड र बिजोड (सम–विसम) को कसम ।
Surah Al-Fajr, Verse 3
وَٱلَّيۡلِ إِذَا يَسۡرِ
र रातको कसम, जब यो जान थाल्छ ।
Surah Al-Fajr, Verse 4
هَلۡ فِي ذَٰلِكَ قَسَمٞ لِّذِي حِجۡرٍ
के यी कुराहरूको कसम बुद्धिमानीहरूको लागि पर्याप्त छन्
Surah Al-Fajr, Verse 5
أَلَمۡ تَرَ كَيۡفَ فَعَلَ رَبُّكَ بِعَادٍ
के तपाईले देख्नु भएन कि तपाईको पालनकर्ताले आदहरूसँग के गर्यो
Surah Al-Fajr, Verse 6
إِرَمَ ذَاتِ ٱلۡعِمَادِ
स्तम्भजस्ता ‘‘इरम’’ लामो कदवालाको साथ ।
Surah Al-Fajr, Verse 7
ٱلَّتِي لَمۡ يُخۡلَقۡ مِثۡلُهَا فِي ٱلۡبِلَٰدِ
यी सम्पूर्ण सृष्टिमा यिनीहरूको सदृश कुनै समुदाय पैदा गरिएको थिएन् ।
Surah Al-Fajr, Verse 8
وَثَمُودَ ٱلَّذِينَ جَابُواْ ٱلصَّخۡرَ بِٱلۡوَادِ
र समूदहरूसँग (के गर्यो) जो बेसीमा ठूल ठूला ढुङ्गा काट्दथे ।
Surah Al-Fajr, Verse 9
وَفِرۡعَوۡنَ ذِي ٱلۡأَوۡتَادِ
र फिरऔनसँग जसले मेखहरू राख्दथ्यो
Surah Al-Fajr, Verse 10
ٱلَّذِينَ طَغَوۡاْ فِي ٱلۡبِلَٰدِ
यिनीहरू सबैले देशहरूमा अटेरीपना गरिराखेका थिए ।
Surah Al-Fajr, Verse 11
فَأَكۡثَرُواْ فِيهَا ٱلۡفَسَادَ
र यहां धेरै उत्पातहरू मचाइराखेका थिए ।
Surah Al-Fajr, Verse 12
فَصَبَّ عَلَيۡهِمۡ رَبُّكَ سَوۡطَ عَذَابٍ
अन्ततः तिम्रो पालनकर्ताले उनीहरूमाथि यातनाको कोर्रा बर्सायो ।
Surah Al-Fajr, Verse 13
إِنَّ رَبَّكَ لَبِٱلۡمِرۡصَادِ
निःसन्देह तिम्रो पालनकर्ता हेरी घातमाछ ।
Surah Al-Fajr, Verse 14
فَأَمَّا ٱلۡإِنسَٰنُ إِذَا مَا ٱبۡتَلَىٰهُ رَبُّهُۥ فَأَكۡرَمَهُۥ وَنَعَّمَهُۥ فَيَقُولُ رَبِّيٓ أَكۡرَمَنِ
तर मानिसको अवस्था यो छ कि जब उसको रबले (पालनकर्ताले) उसको परीक्षा गर्दछ र उसलाई प्रतिष्ठा र अनुग्रह प्रदान गर्दछ तब त्यसले भन्दछ कि मेरो पालनकर्ताले मलाई प्रतिष्ठित गर्यो ।
Surah Al-Fajr, Verse 15
وَأَمَّآ إِذَا مَا ٱبۡتَلَىٰهُ فَقَدَرَ عَلَيۡهِ رِزۡقَهُۥ فَيَقُولُ رَبِّيٓ أَهَٰنَنِ
र जब उसले उसको परीक्षा यसप्रकार गर्दछ कि उसको जीविका संकुचित गरिदिन्छ । तब उसले भन्दछ कि मेरो रबले मलाई अपमानित गर्यो ।
Surah Al-Fajr, Verse 16
كَلَّاۖ بَل لَّا تُكۡرِمُونَ ٱلۡيَتِيمَ
यस्तो कदापि होइन, बरु तिमीहरूले नै अनाथको सम्मान गर्दैनौ ।
Surah Al-Fajr, Verse 17
وَلَا تَحَـٰٓضُّونَ عَلَىٰ طَعَامِ ٱلۡمِسۡكِينِ
र न गरिबलाई खुवाउनको लागि एक–अर्कालाई प्रोत्साहन गर्दछौ ।
Surah Al-Fajr, Verse 18
وَتَأۡكُلُونَ ٱلتُّرَاثَ أَكۡلٗا لَّمّٗا
र मृतकको सारा माल समेटी खाइदिन्छौ ।
Surah Al-Fajr, Verse 19
وَتُحِبُّونَ ٱلۡمَالَ حُبّٗا جَمّٗا
र धनसित अत्यन्त प्रेम गर्दछौ ।
Surah Al-Fajr, Verse 20
كَلَّآۖ إِذَا دُكَّتِ ٱلۡأَرۡضُ دَكّٗا دَكّٗا
तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ ।
Surah Al-Fajr, Verse 21
وَجَآءَ رَبُّكَ وَٱلۡمَلَكُ صَفّٗا صَفّٗا
र तेरो पालनकर्ता स्वयं आउने छ र फरिश्ताहरू एक–एक गरी पंक्तिबद्ध भई आउनेछन् ।
Surah Al-Fajr, Verse 22
وَجِاْيٓءَ يَوۡمَئِذِۭ بِجَهَنَّمَۚ يَوۡمَئِذٖ يَتَذَكَّرُ ٱلۡإِنسَٰنُ وَأَنَّىٰ لَهُ ٱلذِّكۡرَىٰ
र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन ।
Surah Al-Fajr, Verse 23
يَقُولُ يَٰلَيۡتَنِي قَدَّمۡتُ لِحَيَاتِي
उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए ।
Surah Al-Fajr, Verse 24
فَيَوۡمَئِذٖ لَّا يُعَذِّبُ عَذَابَهُۥٓ أَحَدٞ
अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।
Surah Al-Fajr, Verse 25
وَلَا يُوثِقُ وَثَاقَهُۥٓ أَحَدٞ
र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।
Surah Al-Fajr, Verse 26
يَـٰٓأَيَّتُهَا ٱلنَّفۡسُ ٱلۡمُطۡمَئِنَّةُ
र हे सन्तुष्ट आत्मा ।
Surah Al-Fajr, Verse 27
ٱرۡجِعِيٓ إِلَىٰ رَبِّكِ رَاضِيَةٗ مَّرۡضِيَّةٗ
आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न र ऊ तिमीसित प्रसन्न ।
Surah Al-Fajr, Verse 28
فَٱدۡخُلِي فِي عِبَٰدِي
अतः मेरा खास दासहरूमा शम्मिलित भइहाल ।
Surah Al-Fajr, Verse 29
وَٱدۡخُلِي جَنَّتِي
र प्रवेश गर मेरो स्वर्गमा ।
Surah Al-Fajr, Verse 30