Surah At-Tin - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
وَٱلتِّينِ وَٱلزَّيۡتُونِ
इंजीरको कसम र जैतूनको ।
Surah At-Tin, Verse 1
وَطُورِ سِينِينَ
र तूरे सीनीनको ।
Surah At-Tin, Verse 2
وَهَٰذَا ٱلۡبَلَدِ ٱلۡأَمِينِ
र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम ।
Surah At-Tin, Verse 3
لَقَدۡ خَلَقۡنَا ٱلۡإِنسَٰنَ فِيٓ أَحۡسَنِ تَقۡوِيمٖ
हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं ।
Surah At-Tin, Verse 4
ثُمَّ رَدَدۡنَٰهُ أَسۡفَلَ سَٰفِلِينَ
फेरि निकृष्टतम दशातिर फर्कायौं ।
Surah At-Tin, Verse 5
إِلَّا ٱلَّذِينَ ءَامَنُواْ وَعَمِلُواْ ٱلصَّـٰلِحَٰتِ فَلَهُمۡ أَجۡرٌ غَيۡرُ مَمۡنُونٖ
तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ ।
Surah At-Tin, Verse 6
فَمَا يُكَذِّبُكَ بَعۡدُ بِٱلدِّينِ
अनि (हे आदमको सन्तति !) तिमीले प्रतिफलको दिनलाई असत्य ठहराउँन कुन कुराले उत्प्रेरित गर्दछ ।
Surah At-Tin, Verse 7
أَلَيۡسَ ٱللَّهُ بِأَحۡكَمِ ٱلۡحَٰكِمِينَ
के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन
Surah At-Tin, Verse 8