Surah Al-Alaq - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
ٱقۡرَأۡ بِٱسۡمِ رَبِّكَ ٱلَّذِي خَلَقَ
आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्यो ।
Surah Al-Alaq, Verse 1
خَلَقَ ٱلۡإِنسَٰنَ مِنۡ عَلَقٍ
जसले मानिसलाई रगतको थोपाबाट बनायो ।
Surah Al-Alaq, Verse 2
ٱقۡرَأۡ وَرَبُّكَ ٱلۡأَكۡرَمُ
तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ ।
Surah Al-Alaq, Verse 3
ٱلَّذِي عَلَّمَ بِٱلۡقَلَمِ
जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।
Surah Al-Alaq, Verse 4
عَلَّمَ ٱلۡإِنسَٰنَ مَا لَمۡ يَعۡلَمۡ
जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।
Surah Al-Alaq, Verse 5
كَلَّآ إِنَّ ٱلۡإِنسَٰنَ لَيَطۡغَىٰٓ
तर मानिस उल्लंघनकारी भइहाल्दछ ।
Surah Al-Alaq, Verse 6
أَن رَّءَاهُ ٱسۡتَغۡنَىٰٓ
यसकारण कि उसले आफूलाई आत्मनिर्भर देख्दछ ।
Surah Al-Alaq, Verse 7
إِنَّ إِلَىٰ رَبِّكَ ٱلرُّجۡعَىٰٓ
यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ ।
Surah Al-Alaq, Verse 8
أَرَءَيۡتَ ٱلَّذِي يَنۡهَىٰ
के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।
Surah Al-Alaq, Verse 9
عَبۡدًا إِذَا صَلَّىٰٓ
(अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।
Surah Al-Alaq, Verse 10
أَرَءَيۡتَ إِن كَانَ عَلَى ٱلۡهُدَىٰٓ
तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।
Surah Al-Alaq, Verse 11
أَوۡ أَمَرَ بِٱلتَّقۡوَىٰٓ
वा संयमित रहनुको आदेश दिन्छ भने ।
Surah Al-Alaq, Verse 12
أَرَءَيۡتَ إِن كَذَّبَ وَتَوَلَّىٰٓ
अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए
Surah Al-Alaq, Verse 13
أَلَمۡ يَعۡلَم بِأَنَّ ٱللَّهَ يَرَىٰ
त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।
Surah Al-Alaq, Verse 14
كَلَّا لَئِن لَّمۡ يَنتَهِ لَنَسۡفَعَۢا بِٱلنَّاصِيَةِ
निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।
Surah Al-Alaq, Verse 15
نَاصِيَةٖ كَٰذِبَةٍ خَاطِئَةٖ
यस्तो टाउको जो झूठो अपराधी छ ।
Surah Al-Alaq, Verse 16
فَلۡيَدۡعُ نَادِيَهُۥ
यिनीहरू आफ्ना साथीहरूको परिषद्लाई बोलाऊन् ।
Surah Al-Alaq, Verse 17
سَنَدۡعُ ٱلزَّبَانِيَةَ
हामीले पनि आफ्नो सजायका दूतहरूलाई बोलाउनेछौं ।
Surah Al-Alaq, Verse 18
كَلَّا لَا تُطِعۡهُ وَٱسۡجُدۡۤ وَٱقۡتَرِب۩
खबरदार ! उसको भनाई कदापि नमान्नु र सजदा गर्नु र (अल्लाहको) निकटता प्राप्त गर्दैरहुन् ।
Surah Al-Alaq, Verse 19