UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Hujraat - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تُقَدِّمُواْ بَيۡنَ يَدَيِ ٱللَّهِ وَرَسُولِهِۦۖ وَٱتَّقُواْ ٱللَّهَۚ إِنَّ ٱللَّهَ سَمِيعٌ عَلِيمٞ

हे मोमिनहरू (आस्थावानहरू) ! (धर्मको बारेमा) अल्लाह र उसका रसूलभन्दा अगाडि नबढ्नु र अल्लाहसित डर मानिराख । निश्चय नै अल्लाह सुन्दछन्, जान्दछन् ।
Surah Al-Hujraat, Verse 1


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَرۡفَعُوٓاْ أَصۡوَٰتَكُمۡ فَوۡقَ صَوۡتِ ٱلنَّبِيِّ وَلَا تَجۡهَرُواْ لَهُۥ بِٱلۡقَوۡلِ كَجَهۡرِ بَعۡضِكُمۡ لِبَعۡضٍ أَن تَحۡبَطَ أَعۡمَٰلُكُمۡ وَأَنتُمۡ لَا تَشۡعُرُونَ

हे ईमानवालाहरू ! आफ्ना आवाजहरू पैगम्बरको आवाजभन्दा उच्च नपार न उनीसित ठूलो स्वरमा कुरा गर जुन प्रकारले तिमीहरू आपसमा एक अर्कासित कराएर बोल्दछौ । यस्तो नहोस् कि तिम्रो कर्महरू खेर गइहालुन् र तिमीलाई खबर पनि नहोस् ।
Surah Al-Hujraat, Verse 2


إِنَّ ٱلَّذِينَ يَغُضُّونَ أَصۡوَٰتَهُمۡ عِندَ رَسُولِ ٱللَّهِ أُوْلَـٰٓئِكَ ٱلَّذِينَ ٱمۡتَحَنَ ٱللَّهُ قُلُوبَهُمۡ لِلتَّقۡوَىٰۚ لَهُم مَّغۡفِرَةٞ وَأَجۡرٌ عَظِيمٌ

जुन मानिसहरू रसूलको हजुरमा आफ्नो आवाज मन्द राख्दछन् यिनै ती मानिसहरू हुन् जसका हृदयहरूलाई अल्लाहले संयमको निम्ति जाँचिलिएको छ । उनको लागि मुक्ति छ र ठूलो प्रतिफल छ ।
Surah Al-Hujraat, Verse 3


إِنَّ ٱلَّذِينَ يُنَادُونَكَ مِن وَرَآءِ ٱلۡحُجُرَٰتِ أَكۡثَرُهُمۡ لَا يَعۡقِلُونَ

(हे नबी) जुन मानिसहरूले तपाईलाई कोठाको पछाडिबाट बोलाउँछन् । उनीहरूमध्ये धेरै मूर्ख छन् ।
Surah Al-Hujraat, Verse 4


وَلَوۡ أَنَّهُمۡ صَبَرُواْ حَتَّىٰ تَخۡرُجَ إِلَيۡهِمۡ لَكَانَ خَيۡرٗا لَّهُمۡۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ

र यदि उनीहरूले तपाई स्वयम् निस्केर उनी समक्ष नआएसम्म धैर्य गरिराखेको भए यो उनीहरूको निम्ति राम्रो हुने थियो । अल्लाह त बडो क्षमाशील, अत्यन्त दयावान छ ।
Surah Al-Hujraat, Verse 5


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِن جَآءَكُمۡ فَاسِقُۢ بِنَبَإٖ فَتَبَيَّنُوٓاْ أَن تُصِيبُواْ قَوۡمَۢا بِجَهَٰلَةٖ فَتُصۡبِحُواْ عَلَىٰ مَا فَعَلۡتُمۡ نَٰدِمِينَ

हे मोमिनहरू यदि कुनै अवज्ञाकारीले तिमीलाई कुनै खबर लिएर आउँछ भने उसको राम्रोसँग छानबिन गर्नेगर । कहीँ यस्तो नहोस् कि तिमीले कुनै गिरोहलाई अज्ञानतामा कष्ट र नोक्सानी पुर्याइहाल, अनि आफूले गरेको कुरामाथि पश्चातप गर ।
Surah Al-Hujraat, Verse 6


وَٱعۡلَمُوٓاْ أَنَّ فِيكُمۡ رَسُولَ ٱللَّهِۚ لَوۡ يُطِيعُكُمۡ فِي كَثِيرٖ مِّنَ ٱلۡأَمۡرِ لَعَنِتُّمۡ وَلَٰكِنَّ ٱللَّهَ حَبَّبَ إِلَيۡكُمُ ٱلۡإِيمَٰنَ وَزَيَّنَهُۥ فِي قُلُوبِكُمۡ وَكَرَّهَ إِلَيۡكُمُ ٱلۡكُفۡرَ وَٱلۡفُسُوقَ وَٱلۡعِصۡيَانَۚ أُوْلَـٰٓئِكَ هُمُ ٱلرَّـٰشِدُونَ

र जानिराख कि तिम्रोबीचमा अल्लाहका पैगम्बर(संदेष्टा) छन् । यदि धेरै जसो कुराहरूमा उनले तिम्रो कुरा मान्ने गर्दछन् भने तिमी कठिनाईमा पर्नेछौ । तर अल्लाहले तिम्रो निम्ति ईमानलाई प्रिय बनाइदियो र त्यसलाई तिम्रो हृदयमा सुन्दरता प्रदान गरेको छ र इन्कार, उल्लंघन र अवज्ञालाई तिम्रो दृष्टिमा अप्रिय बनाइदिएको छ । यही मान्छेहरू सोझो मार्गवालाहरू हन् ।
Surah Al-Hujraat, Verse 7


فَضۡلٗا مِّنَ ٱللَّهِ وَنِعۡمَةٗۚ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ

अल्लाहको कृपा र पुरस्कारबाट, र अल्लाह जान्नेवाला र तत्वदर्शी छ ।
Surah Al-Hujraat, Verse 8


وَإِن طَآئِفَتَانِ مِنَ ٱلۡمُؤۡمِنِينَ ٱقۡتَتَلُواْ فَأَصۡلِحُواْ بَيۡنَهُمَاۖ فَإِنۢ بَغَتۡ إِحۡدَىٰهُمَا عَلَى ٱلۡأُخۡرَىٰ فَقَٰتِلُواْ ٱلَّتِي تَبۡغِي حَتَّىٰ تَفِيٓءَ إِلَىٰٓ أَمۡرِ ٱللَّهِۚ فَإِن فَآءَتۡ فَأَصۡلِحُواْ بَيۡنَهُمَا بِٱلۡعَدۡلِ وَأَقۡسِطُوٓاْۖ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُقۡسِطِينَ

र यदि मोमिनीहरूका कुनै दुई समूह आपसमा लडिहाल्छन् भने, यिनीहरूमा मेलमिलाप गराइदेऊ, र यदि एउटा समूहले अर्को समूहमाथि ज्यादति गर्दछ भने ज्यादति गर्नेवालासित लड, यहाँसम्म कि त्यो अल्लाहको आदेशतिर प्रवृत्तहोस्, अनि जब प्रवृत्त हुन्छ भने दुवै समूहमा इन्साफको साथ आपसमा मेलमिलाप गराइदेऊ र न्याय गर्नु । किनकि अल्लाह न्याय गर्नेहरूलाई रुचाउँदछ ।
Surah Al-Hujraat, Verse 9


إِنَّمَا ٱلۡمُؤۡمِنُونَ إِخۡوَةٞ فَأَصۡلِحُواْ بَيۡنَ أَخَوَيۡكُمۡۚ وَٱتَّقُواْ ٱللَّهَ لَعَلَّكُمۡ تُرۡحَمُونَ

सबै मोमिनहरू एक आपसमा भाइ–भाइ हुन्, तसर्थ आफ्ना दुई भाइहरूमा मेलमिलाप गराउने गर । र अल्लाहसित डर मानिराख ताकि तिमीमाथि दया गरियोस् ।
Surah Al-Hujraat, Verse 10


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا يَسۡخَرۡ قَوۡمٞ مِّن قَوۡمٍ عَسَىٰٓ أَن يَكُونُواْ خَيۡرٗا مِّنۡهُمۡ وَلَا نِسَآءٞ مِّن نِّسَآءٍ عَسَىٰٓ أَن يَكُنَّ خَيۡرٗا مِّنۡهُنَّۖ وَلَا تَلۡمِزُوٓاْ أَنفُسَكُمۡ وَلَا تَنَابَزُواْ بِٱلۡأَلۡقَٰبِۖ بِئۡسَ ٱلِٱسۡمُ ٱلۡفُسُوقُ بَعۡدَ ٱلۡإِيمَٰنِۚ وَمَن لَّمۡ يَتُبۡ فَأُوْلَـٰٓئِكَ هُمُ ٱلظَّـٰلِمُونَ

हे मोमिनहरू ! पुरुषहरूले अर्को पुरुषको उपहास नगरुन् । सम्भव छ कि उनीहरू तिनीहरूभन्दा राम्रा होउन् र स्त्रीहरूले अर्को स्त्रीको (हाँसो) नगरुन्, सम्भव छ कि उनीहरू तिनीहरूभन्दा राम्री होउन् र आपसमा एक अर्कालाई आक्षेप नगर न नराम्रो उपाधिले नै सम्बोधन गर ईमान ल्याइसकेपछि नराम्रो नामाकरण गर्नु पाप हो । (यसबाट) जसले प्रायश्चित गर्दैन, उनीहरू अत्याचारी हुन् ।
Surah Al-Hujraat, Verse 11


يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱجۡتَنِبُواْ كَثِيرٗا مِّنَ ٱلظَّنِّ إِنَّ بَعۡضَ ٱلظَّنِّ إِثۡمٞۖ وَلَا تَجَسَّسُواْ وَلَا يَغۡتَب بَّعۡضُكُم بَعۡضًاۚ أَيُحِبُّ أَحَدُكُمۡ أَن يَأۡكُلَ لَحۡمَ أَخِيهِ مَيۡتٗا فَكَرِهۡتُمُوهُۚ وَٱتَّقُواْ ٱللَّهَۚ إِنَّ ٱللَّهَ تَوَّابٞ رَّحِيمٞ

हे ईमानवालाहरू ! धेरै शंकाउपशंका गर्नुबाट बच । किन भने केही शंका पाप हुन्छन् र एक अर्काको जासूसी नगर, र नत कसैको अनुपस्थितिमा निन्दा गर्नु । के तिमीहरूमध्ये कसैले आफ्नो मृतक भाइको मासु खान चाहन्छ ? यसलाई तिमीले अवश्य नै घृणा गर्नेछौ । (तसर्थ) अल्लाहसित डर मान्ने गर । निश्चय नै अल्लाह प्रायश्चित स्वीकार गर्नेवाला, अत्यन्त दयावान छ ।
Surah Al-Hujraat, Verse 12


يَـٰٓأَيُّهَا ٱلنَّاسُ إِنَّا خَلَقۡنَٰكُم مِّن ذَكَرٖ وَأُنثَىٰ وَجَعَلۡنَٰكُمۡ شُعُوبٗا وَقَبَآئِلَ لِتَعَارَفُوٓاْۚ إِنَّ أَكۡرَمَكُمۡ عِندَ ٱللَّهِ أَتۡقَىٰكُمۡۚ إِنَّ ٱللَّهَ عَلِيمٌ خَبِيرٞ

हे मानिसहरू ! हामीले तिमीहरू सबैलाई एउटै पुरुष र एउटी स्त्रीबाट सृष्टि गर्यौं र तिमीलाई जातविरादरी र कबिलाहरू (गोत्रहरू) को रूप दियौं, ताकि तिमीले एक अर्कालाई चिन्न सक । (वास्तवमा) अल्लाहकहाँ तिमीमध्ये सर्वाधिक प्रतिष्ठित त्यो हो जो कि तिमीहरूमध्ये (अनुचित कर्मबाट) बढी भय गर्नेवाला हुन्छ । निश्चय नै अल्लाह सबै कुरा जान्दछ, ऊ सर्वज्ञ छ ।
Surah Al-Hujraat, Verse 13


۞قَالَتِ ٱلۡأَعۡرَابُ ءَامَنَّاۖ قُل لَّمۡ تُؤۡمِنُواْ وَلَٰكِن قُولُوٓاْ أَسۡلَمۡنَا وَلَمَّا يَدۡخُلِ ٱلۡإِيمَٰنُ فِي قُلُوبِكُمۡۖ وَإِن تُطِيعُواْ ٱللَّهَ وَرَسُولَهُۥ لَا يَلِتۡكُم مِّنۡ أَعۡمَٰلِكُمۡ شَيۡـًٔاۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٌ

देहातीहरूले भने किः हामीले ईमान ल्यायौं भनिदिनुस् कि तिमीले ईमान ल्याएनौ । किन्तु तिमीहरूले यस्तो भन कि हामी आज्ञाकारी भयौं ‘‘यद्यपि ईमानले तिम्रो हृदयमा अहिले सम्म प्रवेश नै गरेको छैन र यदि तिमीले अल्लाह र उसको रसूलको आज्ञाकारीता गर्ने गर्दछौ भने अल्लाहले तिम्रो कर्मबाट केही कम गर्नेछैन । निःसन्देह अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।
Surah Al-Hujraat, Verse 14


إِنَّمَا ٱلۡمُؤۡمِنُونَ ٱلَّذِينَ ءَامَنُواْ بِٱللَّهِ وَرَسُولِهِۦ ثُمَّ لَمۡ يَرۡتَابُواْ وَجَٰهَدُواْ بِأَمۡوَٰلِهِمۡ وَأَنفُسِهِمۡ فِي سَبِيلِ ٱللَّهِۚ أُوْلَـٰٓئِكَ هُمُ ٱلصَّـٰدِقُونَ

मोमिनहरू त ती नै हुन् जसले अल्लाह र उसको रसूलमाथि ईमान ल्याउँछन् अनि उनीहरूले कुनै शंका सन्देह गर्दैनन् र आफ्ना धनसम्पत्ति र आफ्ना ज्यानले अल्लाहको मार्गमा जेहाद (धर्म युद्ध) गर्दछन् । यीनै मानिसहरू असल सत्यवान हुन् ।
Surah Al-Hujraat, Verse 15


قُلۡ أَتُعَلِّمُونَ ٱللَّهَ بِدِينِكُمۡ وَٱللَّهُ يَعۡلَمُ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۚ وَٱللَّهُ بِكُلِّ شَيۡءٍ عَلِيمٞ

(उनीहरूसित) भन्नुस् कि ‘‘के तिमीले अल्लाहलाई आफ्नो धार्मिक आस्थाको सूचना दिइरहेकाछौ ? अल्लाह त आकाशहरू र धरतीका सम्पूर्ण कुरालाई जान्दछ । र अल्लाह हरेक कुराको जान्नेवाला हो ।
Surah Al-Hujraat, Verse 16


يَمُنُّونَ عَلَيۡكَ أَنۡ أَسۡلَمُواْۖ قُل لَّا تَمُنُّواْ عَلَيَّ إِسۡلَٰمَكُمۖ بَلِ ٱللَّهُ يَمُنُّ عَلَيۡكُمۡ أَنۡ هَدَىٰكُمۡ لِلۡإِيمَٰنِ إِن كُنتُمۡ صَٰدِقِينَ

उनीहरू तपाईमाथि आफ्नो मुसलमान हुने कुराको उपकार दर्शाउँदैछन्, तपाईं भनिदिनुस् कि आफ्नो मुसलमान हुने कुरोको उपकार ममाथि नलगाऊ । वास्तवमा अल्लाहको तिमीमाथि ठूलो उपकार छ कि तिमीलाई ईमानवाला बनायो यदि तिमी सही बाटोमा छौ भने ।
Surah Al-Hujraat, Verse 17


إِنَّ ٱللَّهَ يَعۡلَمُ غَيۡبَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَٱللَّهُ بَصِيرُۢ بِمَا تَعۡمَلُونَ

विश्वास गर अल्लाह आकाशहरू र धरतीमा लुकेका कुराहरू जान्दछ र जे जति तिमीले गर्दछौ, त्यसलाई देख्दैछ ।
Surah Al-Hujraat, Verse 18


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 48
>> Surah 50

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai