UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Qaf - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


قٓۚ وَٱلۡقُرۡءَانِ ٱلۡمَجِيدِ

काफ, र ठूलो गरिमामय यस कुरआनको कसम ।
Surah Qaf, Verse 1


بَلۡ عَجِبُوٓاْ أَن جَآءَهُم مُّنذِرٞ مِّنۡهُمۡ فَقَالَ ٱلۡكَٰفِرُونَ هَٰذَا شَيۡءٌ عَجِيبٌ

बरु यी मानिसहरूले आश्चार्य प्रकट गरे कि उनीहरूमध्येबाटै एउटा सचेत गर्नेवाला उनीहरूको पासमा आयो, तब काफिरहरूले भन्न थाले कि यो कुरा त अनौठो हो ।
Surah Qaf, Verse 2


أَءِذَا مِتۡنَا وَكُنَّا تُرَابٗاۖ ذَٰلِكَ رَجۡعُۢ بَعِيدٞ

के जब हामी मरेर माटो भइहाल्छौं तब फेरि जीवित हुने कुरो ? यो त बुझ्ने कुरा होइन ।
Surah Qaf, Verse 3


قَدۡ عَلِمۡنَا مَا تَنقُصُ ٱلۡأَرۡضُ مِنۡهُمۡۖ وَعِندَنَا كِتَٰبٌ حَفِيظُۢ

उनीहरूबाट (शरीरलाई) धरतीले जेजति कम गर्दै जान्छ, हामीलाई थाहा छ र हाम्रो पासमा सुरक्षित राख्ने किताब छ ।
Surah Qaf, Verse 4


بَلۡ كَذَّبُواْ بِٱلۡحَقِّ لَمَّا جَآءَهُمۡ فَهُمۡ فِيٓ أَمۡرٖ مَّرِيجٍ

बरु जब उनीहरूको पासमा सत्यधर्म आइपुग्यो तब उनीहरूले उसलाई झूठा भने तसर्थ यिनीहरू एउटा जटिल कुरामा परिरहेका छन् ।
Surah Qaf, Verse 5


أَفَلَمۡ يَنظُرُوٓاْ إِلَى ٱلسَّمَآءِ فَوۡقَهُمۡ كَيۡفَ بَنَيۡنَٰهَا وَزَيَّنَّـٰهَا وَمَا لَهَا مِن فُرُوجٖ

के उनीहरूले आफूमाथि आकाशतिर हेरेनन् ? कि हामीले त्यसलाई कसरी बनाएका छौं र कसरी सुसज्जित गरेका छौं र त्यसमा कहीँ पनि चिरा (प्वाल) छैन
Surah Qaf, Verse 6


وَٱلۡأَرۡضَ مَدَدۡنَٰهَا وَأَلۡقَيۡنَا فِيهَا رَوَٰسِيَ وَأَنۢبَتۡنَا فِيهَا مِن كُلِّ زَوۡجِۭ بَهِيجٖ

र धरतीलाई हामीले बिछाइदिएका छौं र त्यसमा हामीले पहाडहरू स्थापित गर्यौं र त्यसमा हामीले किसिम–किसिमका राम्रा कुराहरू उमारेका छौं ।
Surah Qaf, Verse 7


تَبۡصِرَةٗ وَذِكۡرَىٰ لِكُلِّ عَبۡدٖ مُّنِيبٖ

ताकि प्रवृत्त हुनेवाला भक्तहरूको लागि मार्गदर्शन र उपदेशको माध्यम बनोस् ।
Surah Qaf, Verse 8


وَنَزَّلۡنَا مِنَ ٱلسَّمَآءِ مَآءٗ مُّبَٰرَكٗا فَأَنۢبَتۡنَا بِهِۦ جَنَّـٰتٖ وَحَبَّ ٱلۡحَصِيدِ

र हामीले आकाशबाट बरकतवाला पानीको वृष्टि गरायौं र त्यसबाट बाग–बगैचाहरू उमार्यौं र खेतीको अन्न उमार्यौं ।
Surah Qaf, Verse 9


وَٱلنَّخۡلَ بَاسِقَٰتٖ لَّهَا طَلۡعٞ نَّضِيدٞ

र अग्ला–अग्ला खजूरका रुखहरू, जसका (फलका) झुप्पाहरू पत्रमाथि पत्र परेका हुन्छन् ।
Surah Qaf, Verse 10


رِّزۡقٗا لِّلۡعِبَادِۖ وَأَحۡيَيۡنَا بِهِۦ بَلۡدَةٗ مَّيۡتٗاۚ كَذَٰلِكَ ٱلۡخُرُوجُ

भक्तहरूको जीविकाको लागि, र हामीले पानीबाट बाँझो भूमिलाई जीवित पार्यौं, यसै प्रकार (चिहानबाट) निष्कासन हुनेछ ।
Surah Qaf, Verse 11


كَذَّبَتۡ قَبۡلَهُمۡ قَوۡمُ نُوحٖ وَأَصۡحَٰبُ ٱلرَّسِّ وَثَمُودُ

यसभन्दा पहिला ‘‘नूहको’’ कौम र ‘‘रस्स स्थानका बसिन्दाहरू’’ र ‘‘समूदले’’ झूठा भननिसकेका छन् ।
Surah Qaf, Verse 12


وَعَادٞ وَفِرۡعَوۡنُ وَإِخۡوَٰنُ لُوطٖ

र आद र फिरऔन र लूतका भाइबन्धुले पनि ।
Surah Qaf, Verse 13


وَأَصۡحَٰبُ ٱلۡأَيۡكَةِ وَقَوۡمُ تُبَّعٖۚ كُلّٞ كَذَّبَ ٱلرُّسُلَ فَحَقَّ وَعِيدِ

र ‘‘ऐकावालाहरूले’’ र तुब्बाको समूहले पनि सबैले मिथ्यारोपण गरी रसूलहरूलाई झूठा भनेका थिए । त्यसकारण यिनीमाथि मेरो सजायको वाचा सत्य भइहाल्यो ।
Surah Qaf, Verse 14


أَفَعَيِينَا بِٱلۡخَلۡقِ ٱلۡأَوَّلِۚ بَلۡ هُمۡ فِي لَبۡسٖ مِّنۡ خَلۡقٖ جَدِيدٖ

के हामी पहिलो पटक सृष्टि गरेबाट थाकिसकेका छौं ? (होइन,) बरु यिनीहरू पुनः सृष्टि हुनेबारे सन्देहमा छन् ।
Surah Qaf, Verse 15


وَلَقَدۡ خَلَقۡنَا ٱلۡإِنسَٰنَ وَنَعۡلَمُ مَا تُوَسۡوِسُ بِهِۦ نَفۡسُهُۥۖ وَنَحۡنُ أَقۡرَبُ إِلَيۡهِ مِنۡ حَبۡلِ ٱلۡوَرِيدِ

र हामीले नै मानिसलाई सृष्टि गरेका हौं र जुन विचारहरू उसको मनमा आउँछन्, हामीले तिनलाई जान्दछौं । र हामी उसको रक्तबाहिनी नलीभन्दा पनि नजिक छौं ।
Surah Qaf, Verse 16


إِذۡ يَتَلَقَّى ٱلۡمُتَلَقِّيَانِ عَنِ ٱلۡيَمِينِ وَعَنِ ٱلشِّمَالِ قَعِيدٞ

जब दुई लिनेवाला (फरिश्ता) लिइरहेका हुन्छन्, एउटा दाँया र अर्को देब्रेतर्फ बसेको हुन्छ ।
Surah Qaf, Verse 17


مَّا يَلۡفِظُ مِن قَوۡلٍ إِلَّا لَدَيۡهِ رَقِيبٌ عَتِيدٞ

मानिसले कुनै कुरा भन्दैन तर उसको पासमा एउटा निरीक्षक तयार रहन्छ ।
Surah Qaf, Verse 18


وَجَآءَتۡ سَكۡرَةُ ٱلۡمَوۡتِ بِٱلۡحَقِّۖ ذَٰلِكَ مَا كُنتَ مِنۡهُ تَحِيدُ

र मृत्युको बेहोशीले सत्य कुरा ल्यायो । यही कुरा हो जसबाट तिमी पन्छिराखेका थियौ ।
Surah Qaf, Verse 19


وَنُفِخَ فِي ٱلصُّورِۚ ذَٰلِكَ يَوۡمُ ٱلۡوَعِيدِ

र सूर (नरसिन्घा) फूँकिनेछ । सजायको वाचाको दिन यही हो ।
Surah Qaf, Verse 20


وَجَآءَتۡ كُلُّ نَفۡسٖ مَّعَهَا سَآئِقٞ وَشَهِيدٞ

र हरेक व्यक्ति यस दिशामा यसरी आउनेछ, कि उसको साथमा एउटा ल्याउनेवाला हुनेछ र एउटा गवाही दिनेवाला ।
Surah Qaf, Verse 21


لَّقَدۡ كُنتَ فِي غَفۡلَةٖ مِّنۡ هَٰذَا فَكَشَفۡنَا عَنكَ غِطَآءَكَ فَبَصَرُكَ ٱلۡيَوۡمَ حَدِيدٞ

निःसन्देह तिमी यस कुरातिरबाट उदासीन थियौ । तर हामीले तिम्रो अगाडिबाट परदा हटाइदियौं त आज तिम्रो दृष्टि बडो तीब्र छ ।
Surah Qaf, Verse 22


وَقَالَ قَرِينُهُۥ هَٰذَا مَا لَدَيَّ عَتِيدٌ

र उसको साथी (फरिश्ता) ले भन्नेछ यो हो (कर्मपत्र) जुन मसँग थियो ।
Surah Qaf, Verse 23


أَلۡقِيَا فِي جَهَنَّمَ كُلَّ كَفَّارٍ عَنِيدٖ

प्रत्येक अटेरी काफिरलाई नर्कमा हालिदेऊ ।
Surah Qaf, Verse 24


مَّنَّاعٖ لِّلۡخَيۡرِ مُعۡتَدٖ مُّرِيبٍ

जो धर्मकामलाई रोक्नेवाला, सीमा उल्लंघन गर्नेवाला र शंकाको कुरा गर्नेवाला थियो ।
Surah Qaf, Verse 25


ٱلَّذِي جَعَلَ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَ فَأَلۡقِيَاهُ فِي ٱلۡعَذَابِ ٱلشَّدِيدِ

जसले अल्लाहको साथमा अरुलाई पूज्य बनाएको थियो । तसर्थ उसलाई दुःखद यातनामा हालिदेऊ ।
Surah Qaf, Verse 26


۞قَالَ قَرِينُهُۥ رَبَّنَا مَآ أَطۡغَيۡتُهُۥ وَلَٰكِن كَانَ فِي ضَلَٰلِۭ بَعِيدٖ

उसको साथी (शैतान) ले भन्नेछ कि, हाम्रो पालनकर्ता । मैले उसलाई मार्गविचलित गरेको थिएन, बरु यो आफै मार्गबाट टाढा भई भौतारिदै थियो ।
Surah Qaf, Verse 27


قَالَ لَا تَخۡتَصِمُواْ لَدَيَّ وَقَدۡ قَدَّمۡتُ إِلَيۡكُم بِٱلۡوَعِيدِ

अल्लाहको आदेश हुनेछ कि मेरो सामु, झगडाको कुरा नगर । हामीले तिम्रो पासमा पहिला नै यातनाको वाचा पठाइसकेका थियौं ।
Surah Qaf, Verse 28


مَا يُبَدَّلُ ٱلۡقَوۡلُ لَدَيَّ وَمَآ أَنَا۠ بِظَلَّـٰمٖ لِّلۡعَبِيدِ

हामीकहाँ कुरा परिवर्तित हुदैन र हामीले आफ्ना भक्तहरूमाथि अलिकति पनि अत्याचार गर्दैनौं ।
Surah Qaf, Verse 29


يَوۡمَ نَقُولُ لِجَهَنَّمَ هَلِ ٱمۡتَلَأۡتِ وَتَقُولُ هَلۡ مِن مَّزِيدٖ

जुन दिन हामीले नर्कसित सोध्नेछौं कि के तिमी भरिहाल्यौ ? र त्यसले भन्नेछ कि केही अरु पनि छन्
Surah Qaf, Verse 30


وَأُزۡلِفَتِ ٱلۡجَنَّةُ لِلۡمُتَّقِينَ غَيۡرَ بَعِيدٍ

र जन्नत संयमीहरूको निकट गरिनेछ, त्यो टाढा रहनेछैन ।
Surah Qaf, Verse 31


هَٰذَا مَا تُوعَدُونَ لِكُلِّ أَوَّابٍ حَفِيظٖ

यो हो जसको तिमीलाई वचन दिइन्थ्यो हरेक प्रवृत्त हुनेवाला, र नियमबद्ध रहनेवालाहरूसित ।
Surah Qaf, Verse 32


مَّنۡ خَشِيَ ٱلرَّحۡمَٰنَ بِٱلۡغَيۡبِ وَجَآءَ بِقَلۡبٖ مُّنِيبٍ

जसले अल्लाहसित अदृश्यमा डर मान्थे र जो प्रवृत्त हुनेवाला हृदय लिएर आयो ।
Surah Qaf, Verse 33


ٱدۡخُلُوهَا بِسَلَٰمٖۖ ذَٰلِكَ يَوۡمُ ٱلۡخُلُودِ

तिमी यस स्वर्गमा कुशलताको साथ प्रवेश गर, यो सधैं रहने दिन हो ।
Surah Qaf, Verse 34


لَهُم مَّا يَشَآءُونَ فِيهَا وَلَدَيۡنَا مَزِيدٞ

त्यहाँ उनीहरूले जे चाहनेछन्, उनीहरूलाई प्राप्त हुनेछ । बरु हामीकहाँ अरु पनि धेरै कुरा छन् ।
Surah Qaf, Verse 35


وَكَمۡ أَهۡلَكۡنَا قَبۡلَهُم مِّن قَرۡنٍ هُمۡ أَشَدُّ مِنۡهُم بَطۡشٗا فَنَقَّبُواْ فِي ٱلۡبِلَٰدِ هَلۡ مِن مَّحِيصٍ

र हामीले उनीहरूभन्दा पहिला पनि कैयन् समुदायलाई नष्ट गरिसकेका छौं, जो उनीहरूभन्दा शक्तिमा धेरै बढी थिए, उनीहरू शहरमा घुम्दैरहे कि कतै भाग्ने ठाउँ छ
Surah Qaf, Verse 36


إِنَّ فِي ذَٰلِكَ لَذِكۡرَىٰ لِمَن كَانَ لَهُۥ قَلۡبٌ أَوۡ أَلۡقَى ٱلسَّمۡعَ وَهُوَ شَهِيدٞ

यसमा प्रत्येक त्यस व्यक्तिको निम्ति शिक्षा छ जसको पासमा हृदय छ र उसको निम्ति जो हाजिर भई ध्यान लगाएर कानले सुन्दछ ।
Surah Qaf, Verse 37


وَلَقَدۡ خَلَقۡنَا ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ وَمَا بَيۡنَهُمَا فِي سِتَّةِ أَيَّامٖ وَمَا مَسَّنَا مِن لُّغُوبٖ

हामीले आकाशहरूलाई र धरतीलाई र जे जति तिनीहरूको बीचमा छ, ६ दिनमा सृष्टि गरिदियौं र हामीलाई कुनै थकाइले छुनसकेन ।
Surah Qaf, Verse 38


فَٱصۡبِرۡ عَلَىٰ مَا يَقُولُونَ وَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ قَبۡلَ طُلُوعِ ٱلشَّمۡسِ وَقَبۡلَ ٱلۡغُرُوبِ

यसर्थ जे जति यिनीहरू (कुफ्फार) भन्दछन् त्यसमा धैर्य धारण गर्नुस् र सूर्य उदयभन्दा अगाडि र त्यो अस्त हुनुभन्दा पहिला आफ्नो पालनकर्ताको प्रशंसाको साथ गुणगान गर्दैगर्नु ।
Surah Qaf, Verse 39


وَمِنَ ٱلَّيۡلِ فَسَبِّحۡهُ وَأَدۡبَٰرَ ٱلسُّجُودِ

र रातको कुनै बेला पनि उसको महिमागान गर्नु र नमाजपछि पनि ।
Surah Qaf, Verse 40


وَٱسۡتَمِعۡ يَوۡمَ يُنَادِ ٱلۡمُنَادِ مِن مَّكَانٖ قَرِيبٖ

र ध्यानपूर्वक सुनः जुन दिन पुकार्नेवालाले नजिकको ठाउँबाट पुकार्नेछ ।
Surah Qaf, Verse 41


يَوۡمَ يَسۡمَعُونَ ٱلصَّيۡحَةَ بِٱلۡحَقِّۚ ذَٰلِكَ يَوۡمُ ٱلۡخُرُوجِ

जुन दिन मानिसहरूले त्यो ठूलो चित्कार निश्चिततौरले सुनिहाल्नेछन् । त्यही (चिहानबाट) निस्किने दिन हुनेछ ।
Surah Qaf, Verse 42


إِنَّا نَحۡنُ نُحۡيِۦ وَنُمِيتُ وَإِلَيۡنَا ٱلۡمَصِيرُ

हामीले नै जीवित गर्दछौं र हामीले नै मार्दछौं र हाम्रै पासमा फर्केर आउनुछ ।
Surah Qaf, Verse 43


يَوۡمَ تَشَقَّقُ ٱلۡأَرۡضُ عَنۡهُمۡ سِرَاعٗاۚ ذَٰلِكَ حَشۡرٌ عَلَيۡنَا يَسِيرٞ

जुन दिन जमिन (धरती) फाट्नेछ र उनीहरू झट्ट निस्किहाल्नेछन् । यो एकत्रित गर्नु हामीलाई बिल्कुल सरल छ ।
Surah Qaf, Verse 44


نَّحۡنُ أَعۡلَمُ بِمَا يَقُولُونَۖ وَمَآ أَنتَ عَلَيۡهِم بِجَبَّارٖۖ فَذَكِّرۡ بِٱلۡقُرۡءَانِ مَن يَخَافُ وَعِيدِ

यी मानिसहरूले जे जति भन्दछन्, हामीलाई राम्ररी थाहा छ र तपाई उनीहरूमाथि जबरजस्ती गर्नेवाला होइनौ । तसर्थ जो हाम्रो (सजायको) धम्कीबाट डर मान्छन्, कुरआनको माध्यमबाट उनीहरूलाई सम्झाउँदै गर्नुस् ।
Surah Qaf, Verse 45


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 49
>> Surah 51

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai