UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Adh-Dhariyat - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


وَٱلذَّـٰرِيَٰتِ ذَرۡوٗا

कसम छ उडाएर छरिदिने (वायु) को ।
Surah Adh-Dhariyat, Verse 1


فَٱلۡحَٰمِلَٰتِ وِقۡرٗا

अनि भारी उचाल्नेहरूको ।
Surah Adh-Dhariyat, Verse 2


فَٱلۡجَٰرِيَٰتِ يُسۡرٗا

फेरि विस्तारै चल्नेहरूको ।
Surah Adh-Dhariyat, Verse 3


فَٱلۡمُقَسِّمَٰتِ أَمۡرًا

अनि कामहरूलाई वितरित गर्नेहरूको ।
Surah Adh-Dhariyat, Verse 4


إِنَّمَا تُوعَدُونَ لَصَادِقٞ

विश्वास गर जसको कि तिमीलाई वचन दिइन्छ, त्यो साँचो छ ।
Surah Adh-Dhariyat, Verse 5


وَإِنَّ ٱلدِّينَ لَوَٰقِعٞ

र अवश्य न्याय इन्साफ हुनेछ ।
Surah Adh-Dhariyat, Verse 6


وَٱلسَّمَآءِ ذَاتِ ٱلۡحُبُكِ

त्यस आकाशको शपथ जसमा विभिन्न मार्गहरू छन् ।
Surah Adh-Dhariyat, Verse 7


إِنَّكُمۡ لَفِي قَوۡلٖ مُّخۡتَلِفٖ

(हे मक्कावालाहरू !) तिमी निश्चितरूपले एउटा विवादको कुरामा परेका छौ ।
Surah Adh-Dhariyat, Verse 8


يُؤۡفَكُ عَنۡهُ مَنۡ أُفِكَ

यसबाट त्यही विमुख हुन्छ, जो अल्लाहको तर्फबाट विमुख हुन्छ ।
Surah Adh-Dhariyat, Verse 9


قُتِلَ ٱلۡخَرَّـٰصُونَ

अट्कलबाजी गर्नेहरू नष्ट गरिए ।
Surah Adh-Dhariyat, Verse 10


ٱلَّذِينَ هُمۡ فِي غَمۡرَةٖ سَاهُونَ

जो भ्रममा छन् र बिर्सेका छन् ।
Surah Adh-Dhariyat, Verse 11


يَسۡـَٔلُونَ أَيَّانَ يَوۡمُ ٱلدِّينِ

सोध्छन् कि प्रतिफलको दिन कहिल्ये आउनेछ
Surah Adh-Dhariyat, Verse 12


يَوۡمَ هُمۡ عَلَى ٱلنَّارِ يُفۡتَنُونَ

हो, यो त्यो दिन हो (जब) उनलाई आगोमा तताइनेछ ।
Surah Adh-Dhariyat, Verse 13


ذُوقُواْ فِتۡنَتَكُمۡ هَٰذَا ٱلَّذِي كُنتُم بِهِۦ تَسۡتَعۡجِلُونَ

अब आफ्नो उपद्रवको स्वाद चाख । यो त्यही हो, जसको निम्ति तिमीले हतार गर्ने गर्दथ्यौ ।
Surah Adh-Dhariyat, Verse 14


إِنَّ ٱلۡمُتَّقِينَ فِي جَنَّـٰتٖ وَعُيُونٍ

निश्चय नै संयमीहरू स्वर्गका बगैंचाहरूमा हुनेछन् ।
Surah Adh-Dhariyat, Verse 15


ءَاخِذِينَ مَآ ءَاتَىٰهُمۡ رَبُّهُمۡۚ إِنَّهُمۡ كَانُواْ قَبۡلَ ذَٰلِكَ مُحۡسِنِينَ

र जुन जुन कुराहरू उनको पालनकर्ताले दिइराखेको हुन्छ उनीले लिइराखेका हुनेछन् । निश्चय नै उनीहरू त यसभन्दा पहिला नै असल कार्य गर्नेहरू थिए ।
Surah Adh-Dhariyat, Verse 16


كَانُواْ قَلِيلٗا مِّنَ ٱلَّيۡلِ مَا يَهۡجَعُونَ

उनीहरू रातको थोरै भागमा सुत्ने गर्दथे ।
Surah Adh-Dhariyat, Verse 17


وَبِٱلۡأَسۡحَارِ هُمۡ يَسۡتَغۡفِرُونَ

र रातको अन्तिम पहर (भोर)मा क्षमा प्रार्थना गर्नेगर्दथे ।
Surah Adh-Dhariyat, Verse 18


وَفِيٓ أَمۡوَٰلِهِمۡ حَقّٞ لِّلسَّآئِلِ وَٱلۡمَحۡرُومِ

र उनको सम्पत्तिमा माँग्नेवाला र निर्धनहरूको हक थियो ।
Surah Adh-Dhariyat, Verse 19


وَفِي ٱلۡأَرۡضِ ءَايَٰتٞ لِّلۡمُوقِنِينَ

र ईमान राख्नेवालाहरूको निम्ति धरतीमा धेरै निशानीहरू छन् ।
Surah Adh-Dhariyat, Verse 20


وَفِيٓ أَنفُسِكُمۡۚ أَفَلَا تُبۡصِرُونَ

र स्वयं तिम्रो व्यक्तित्वमा पनि, त के तिमीले देख्दैनौ
Surah Adh-Dhariyat, Verse 21


وَفِي ٱلسَّمَآءِ رِزۡقُكُمۡ وَمَا تُوعَدُونَ

र तिम्रो रोजी र जुन कुराको तिमीलाई वचन दिइएको छ सबै आकाशमा छ ।
Surah Adh-Dhariyat, Verse 22


فَوَرَبِّ ٱلسَّمَآءِ وَٱلۡأَرۡضِ إِنَّهُۥ لَحَقّٞ مِّثۡلَ مَآ أَنَّكُمۡ تَنطِقُونَ

तसर्थ आकाशहरू र धरतीको स्वामीको कसम त्यो विश्वास योग्य छ त्यसतै जुन प्रकारले तिमी कुरा गर्दछौ ।
Surah Adh-Dhariyat, Verse 23


هَلۡ أَتَىٰكَ حَدِيثُ ضَيۡفِ إِبۡرَٰهِيمَ ٱلۡمُكۡرَمِينَ

के इब्राहीमका प्रतिष्ठित अतिथिहरूको वृत्तान्त पनि तिमीछेउ पुगेको छ ।
Surah Adh-Dhariyat, Verse 24


إِذۡ دَخَلُواْ عَلَيۡهِ فَقَالُواْ سَلَٰمٗاۖ قَالَ سَلَٰمٞ قَوۡمٞ مُّنكَرُونَ

जब उनीहरू उनको पासमा आए तब भनेः ‘‘सलाम छ तिमीमाथि’’ उनले पनि भने ‘‘सलाम छ तपाईहरूलाई पनि’’ । (देखेपछि) मनमा भने (यी त) अपरिचित मानिसहरू हुन् ।
Surah Adh-Dhariyat, Verse 25


فَرَاغَ إِلَىٰٓ أَهۡلِهِۦ فَجَآءَ بِعِجۡلٖ سَمِينٖ

तब आफ्नो घर गई एउटा (पोलिएको) मोटो बाछो(को मासु) ल्याए ।
Surah Adh-Dhariyat, Verse 26


فَقَرَّبَهُۥٓ إِلَيۡهِمۡ قَالَ أَلَا تَأۡكُلُونَ

र (खानाको निम्ति) उनीहरूको अगाडि राखिदिए । र भन्न थाले कि तपाईहरू किन खानुहुन्न
Surah Adh-Dhariyat, Verse 27


فَأَوۡجَسَ مِنۡهُمۡ خِيفَةٗۖ قَالُواْ لَا تَخَفۡۖ وَبَشَّرُوهُ بِغُلَٰمٍ عَلِيمٖ

अनि उनले मनैमनमा उनीहरूसित डर महसूस गरे । उनीहरूले भने कि डर नमान्नुस् र उनलाई (इब्राहीमलाई) एउटा ज्ञानवान केटोको मंगलसूचना दिए ।
Surah Adh-Dhariyat, Verse 28


فَأَقۡبَلَتِ ٱمۡرَأَتُهُۥ فِي صَرَّةٖ فَصَكَّتۡ وَجۡهَهَا وَقَالَتۡ عَجُوزٌ عَقِيمٞ

अनि उनकी स्वास्नी आश्चार्यचकित भई अगाडि बढिन् र आफ्नो निधारमा पिट्दै भनिन् कि म त एक बूढी र बाँझ हूँ
Surah Adh-Dhariyat, Verse 29


قَالُواْ كَذَٰلِكِ قَالَ رَبُّكِۖ إِنَّهُۥ هُوَ ٱلۡحَكِيمُ ٱلۡعَلِيمُ

उनीहरूले भने हो यस्तै नै तिम्रो पालनकर्ताको आदेश छ । निःसंदेह ऊ बडो तत्वदर्शी र ज्ञानवान छ ।
Surah Adh-Dhariyat, Verse 30


۞قَالَ فَمَا خَطۡبُكُمۡ أَيُّهَا ٱلۡمُرۡسَلُونَ

(इब्राहीमले) भनेः कि ‘‘हे अल्लाहका दूत तिम्रो अभिप्राय के हो ?’’
Surah Adh-Dhariyat, Verse 31


قَالُوٓاْ إِنَّآ أُرۡسِلۡنَآ إِلَىٰ قَوۡمٖ مُّجۡرِمِينَ

उनीहरूले भनेः कि ‘‘हामीहरू अपराधी समूहतर्फ पठाइएका हौं ।
Surah Adh-Dhariyat, Verse 32


لِنُرۡسِلَ عَلَيۡهِمۡ حِجَارَةٗ مِّن طِينٖ

ताकि उनीहरूमाथि कंकडी बर्साऔं ।
Surah Adh-Dhariyat, Verse 33


مُّسَوَّمَةً عِندَ رَبِّكَ لِلۡمُسۡرِفِينَ

जो तपाईको पालनकर्ताको तर्फबाट निशान लगाइएका छन् ती सीमाको अतिक्रमणकारीको लागि ।’’
Surah Adh-Dhariyat, Verse 34


فَأَخۡرَجۡنَا مَن كَانَ فِيهَا مِنَ ٱلۡمُؤۡمِنِينَ

अनि त्यहाँ जति ईमानवालाहरू थिए उनीहरूलाई, हामीले निकालिहाल्यौं ।
Surah Adh-Dhariyat, Verse 35


فَمَا وَجَدۡنَا فِيهَا غَيۡرَ بَيۡتٖ مِّنَ ٱلۡمُسۡلِمِينَ

र हामीले त्यहाँ मुसलमानको एउटा घर मात्र भेट्टायौं ।
Surah Adh-Dhariyat, Verse 36


وَتَرَكۡنَا فِيهَآ ءَايَةٗ لِّلَّذِينَ يَخَافُونَ ٱلۡعَذَابَ ٱلۡأَلِيمَ

र जुन मानिसहरू दुःखद् यातनासित डराउँदछन्, उनीहरूको निम्ति त्यहाँ निशानी छोडिदियौं ।
Surah Adh-Dhariyat, Verse 37


وَفِي مُوسَىٰٓ إِذۡ أَرۡسَلۡنَٰهُ إِلَىٰ فِرۡعَوۡنَ بِسُلۡطَٰنٖ مُّبِينٖ

र ‘‘मूसा(अलैहिस्सलाम)’’ (को वृतान्त) मा पनि (निशानी छ) जब कि हामीले उनलाई फिरऔनतिर स्पष्ट प्रमाणकासाथ पठायौं ।
Surah Adh-Dhariyat, Verse 38


فَتَوَلَّىٰ بِرُكۡنِهِۦ وَقَالَ سَٰحِرٌ أَوۡ مَجۡنُونٞ

तब त्यसले आफ्नो शक्ति (घमण्ड) ले विमुख भइहाल्यो र भन्न थाल्यो, यो त जादूगर हो वा दिवाना
Surah Adh-Dhariyat, Verse 39


فَأَخَذۡنَٰهُ وَجُنُودَهُۥ فَنَبَذۡنَٰهُمۡ فِي ٱلۡيَمِّ وَهُوَ مُلِيمٞ

तब हामीले उसलाई र उसका लावालस्करलाई समातिहाल्यौं र उनीहरूलाई समुन्द्रमा फ्याकिहाल्यौं र त्यसको काम नै निन्दनीय थियो ।
Surah Adh-Dhariyat, Verse 40


وَفِي عَادٍ إِذۡ أَرۡسَلۡنَا عَلَيۡهِمُ ٱلرِّيحَ ٱلۡعَقِيمَ

यस्तै ‘‘आद’’ (को वृतान्त) मा पनि (निशानी छ), जब हामीले उनीहरूमाथि अशुभ वायु चलायौं ।
Surah Adh-Dhariyat, Verse 41


مَا تَذَرُ مِن شَيۡءٍ أَتَتۡ عَلَيۡهِ إِلَّا جَعَلَتۡهُ كَٱلرَّمِيمِ

त्यो जुन जुन कुरामाथि चल्यो, त्यसलाई जिर्णशिर्ण हाड जस्तो चूरा–चूरा गरेर छाडिदियो ।
Surah Adh-Dhariyat, Verse 42


وَفِي ثَمُودَ إِذۡ قِيلَ لَهُمۡ تَمَتَّعُواْ حَتَّىٰ حِينٖ

र ‘‘समूद’’ (को वृतान्त) मा पनि (निशानी छ) जब उनीसित भनियो कि एक समयसम्म फाइदा उठाइहाल ।
Surah Adh-Dhariyat, Verse 43


فَعَتَوۡاْ عَنۡ أَمۡرِ رَبِّهِمۡ فَأَخَذَتۡهُمُ ٱلصَّـٰعِقَةُ وَهُمۡ يَنظُرُونَ

तर उनीहरूले आफ्नो पालनकर्ताको आदेशको उल्लंघन गरे, अनि हेर्दाहेर्दै उनीहरूलाई कडक चट्याङ्गले समाप्त गरिदियो ।
Surah Adh-Dhariyat, Verse 44


فَمَا ٱسۡتَطَٰعُواْ مِن قِيَامٖ وَمَا كَانُواْ مُنتَصِرِينَ

अनि उनीहरू नउठ्न सके र नत बदला लिन सके ।
Surah Adh-Dhariyat, Verse 45


وَقَوۡمَ نُوحٖ مِّن قَبۡلُۖ إِنَّهُمۡ كَانُواْ قَوۡمٗا فَٰسِقِينَ

र यसभन्दा पहिला (हामीले) ‘‘नूह(अलैहिस्सलाम)को’’ जातिबन्धुलाई पनि (समाप्त गरिसकेका थियौं) निश्चय नै उनीहरू ठूलो अवज्ञाकारी थिए ।
Surah Adh-Dhariyat, Verse 46


وَٱلسَّمَآءَ بَنَيۡنَٰهَا بِأَيۡيْدٖ وَإِنَّا لَمُوسِعُونَ

र आकाशलाई हामीले आफ्नो शक्तिद्वारा बनायौं र निश्चितरूपले हामीमा ठूलो सामथ्र्य छ ।
Surah Adh-Dhariyat, Verse 47


وَٱلۡأَرۡضَ فَرَشۡنَٰهَا فَنِعۡمَ ٱلۡمَٰهِدُونَ

र धरतीलाई हामीले भूईं बनायौं तसर्थ (हेर) हामीले कति राम्ररी बनायौं ।
Surah Adh-Dhariyat, Verse 48


وَمِن كُلِّ شَيۡءٍ خَلَقۡنَا زَوۡجَيۡنِ لَعَلَّكُمۡ تَذَكَّرُونَ

र हामीले प्रत्येक कुराको जोडा बनायौं ताकि तिमीले उपदेश ग्रहण गर ।
Surah Adh-Dhariyat, Verse 49


فَفِرُّوٓاْ إِلَى ٱللَّهِۖ إِنِّي لَكُم مِّنۡهُ نَذِيرٞ مُّبِينٞ

अतः तिमी अल्लाहतिर छिटै लाग । निश्चयनै म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष सावधान गर्नेवाला हूँ ।
Surah Adh-Dhariyat, Verse 50


وَلَا تَجۡعَلُواْ مَعَ ٱللَّهِ إِلَٰهًا ءَاخَرَۖ إِنِّي لَكُم مِّنۡهُ نَذِيرٞ مُّبِينٞ

र अल्लाहको साथ अन्य कसैलाई पूज्य नबनाऊ । म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष डर देखाउनेवाला हूँ ।
Surah Adh-Dhariyat, Verse 51


كَذَٰلِكَ مَآ أَتَى ٱلَّذِينَ مِن قَبۡلِهِم مِّن رَّسُولٍ إِلَّا قَالُواْ سَاحِرٌ أَوۡ مَجۡنُونٌ

यस्तै यिनीहरूभन्दा पहिलेका मानिसहरूको पासमा जुन पैगम्बर आउँथ्यो उनीहरूले उनलाई जादूगर वा दीवाना भन्दथे ।
Surah Adh-Dhariyat, Verse 52


أَتَوَاصَوۡاْ بِهِۦۚ بَلۡ هُمۡ قَوۡمٞ طَاغُونَ

के यिनीहरूले एकअर्कालाई यस कुराको निम्ति इच्छाउँदै (उपदेश दिदै) गएका छन् ? (होइन) बरु यिनीहरू सबै अवज्ञाकारी हुन् ।
Surah Adh-Dhariyat, Verse 53


فَتَوَلَّ عَنۡهُمۡ فَمَآ أَنتَ بِمَلُومٖ

तपाईले यिनीहरूबाट पन्छिनुस् । तपाईलाई दोषारोपण हुनेछैन ।
Surah Adh-Dhariyat, Verse 54


وَذَكِّرۡ فَإِنَّ ٱلذِّكۡرَىٰ تَنفَعُ ٱلۡمُؤۡمِنِينَ

र उपदेश गर्दैगर्नुस् किनकि उपदेशले मोमिनहरूलाई लाभ पुर्याउँछ ।
Surah Adh-Dhariyat, Verse 55


وَمَا خَلَقۡتُ ٱلۡجِنَّ وَٱلۡإِنسَ إِلَّا لِيَعۡبُدُونِ

मैले जिन्न र मानिसहरूलाई यसकारण मात्र सृष्टि गरेको छु ताकि मेरो उपासना गरुन् ।
Surah Adh-Dhariyat, Verse 56


مَآ أُرِيدُ مِنۡهُم مِّن رِّزۡقٖ وَمَآ أُرِيدُ أَن يُطۡعِمُونِ

म उनीहरूबाट जीविका चाहन्न र न यो चाहन्छु कि मलाई खुवाउन् ।
Surah Adh-Dhariyat, Verse 57


إِنَّ ٱللَّهَ هُوَ ٱلرَّزَّاقُ ذُو ٱلۡقُوَّةِ ٱلۡمَتِينُ

अल्लाह आफै जीविका प्रदान गर्नेवाला शक्तिशाली, दृढ छ ।
Surah Adh-Dhariyat, Verse 58


فَإِنَّ لِلَّذِينَ ظَلَمُواْ ذَنُوبٗا مِّثۡلَ ذَنُوبِ أَصۡحَٰبِهِمۡ فَلَا يَسۡتَعۡجِلُونِ

अतः जसले अत्याचार गरेका छन् उनीहरूको निम्ति पनि सजायको भाग निर्धारित छ, जुन प्रकार उनीहरूका साथीहरूको निम्ति निर्धारित थियो । अतः उनीहरू मसित हतार नगरुन् ।
Surah Adh-Dhariyat, Verse 59


فَوَيۡلٞ لِّلَّذِينَ كَفَرُواْ مِن يَوۡمِهِمُ ٱلَّذِي يُوعَدُونَ

जुन दिनको यी काफिरहरूसित वाचा गरिन्छ, त्यसबाट उनको निम्ति खराबी छ ।
Surah Adh-Dhariyat, Verse 60


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 50
>> Surah 52

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai