Surah At-tur - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
وَٱلطُّورِ
तूर (पहाड़) को कसम ।
Surah At-tur, Verse 1
وَكِتَٰبٖ مَّسۡطُورٖ
र किताबको पनि जो लेखिएको छ ।
Surah At-tur, Verse 2
فِي رَقّٖ مَّنشُورٖ
खुल्ला पानाहरूमा
Surah At-tur, Verse 3
وَٱلۡبَيۡتِ ٱلۡمَعۡمُورِ
र आबाद घरको कसम ।
Surah At-tur, Verse 4
وَٱلسَّقۡفِ ٱلۡمَرۡفُوعِ
र उच्च छानाको (कसम) ।
Surah At-tur, Verse 5
وَٱلۡبَحۡرِ ٱلۡمَسۡجُورِ
र भड्काइएको समुन्द्रको (कसम) ।
Surah At-tur, Verse 6
إِنَّ عَذَابَ رَبِّكَ لَوَٰقِعٞ
निश्चय नै तपाईको पालनकर्ताको यातना भएरै रहनेछ ।
Surah At-tur, Verse 7
مَّا لَهُۥ مِن دَافِعٖ
उसलाई कसैले रोक्न सक्नेछैन ।
Surah At-tur, Verse 8
يَوۡمَ تَمُورُ ٱلسَّمَآءُ مَوۡرٗا
जुन दिन आकाश कम्पित हुनेछ ।
Surah At-tur, Verse 9
وَتَسِيرُ ٱلۡجِبَالُ سَيۡرٗا
र पहाडहरू चलायमान हुनेछन् ।
Surah At-tur, Verse 10
فَوَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ
त्यसदिन इन्कार गर्नेहरूको निम्ति पूरै तिरस्कार हुनेछ ।
Surah At-tur, Verse 11
ٱلَّذِينَ هُمۡ فِي خَوۡضٖ يَلۡعَبُونَ
जो सतही झूठा कुरामा रमाइरहेका छन् ।
Surah At-tur, Verse 12
يَوۡمَ يُدَعُّونَ إِلَىٰ نَارِ جَهَنَّمَ دَعًّا
जुन दिन उनीहरू नर्कको आगोतिर धकेली लगिनेछन् ।
Surah At-tur, Verse 13
هَٰذِهِ ٱلنَّارُ ٱلَّتِي كُنتُم بِهَا تُكَذِّبُونَ
यही त्यो नर्कको आगो हो, जसलाई तिमीले असत्य ठान्दथ्यौ ।
Surah At-tur, Verse 14
أَفَسِحۡرٌ هَٰذَآ أَمۡ أَنتُمۡ لَا تُبۡصِرُونَ
त के यो जादू हो अथवा तिमीले देख्दैनौ
Surah At-tur, Verse 15
ٱصۡلَوۡهَا فَٱصۡبِرُوٓاْ أَوۡ لَا تَصۡبِرُواْ سَوَآءٌ عَلَيۡكُمۡۖ إِنَّمَا تُجۡزَوۡنَ مَا كُنتُمۡ تَعۡمَلُونَ
यसमा प्रवेश गरिहाल र धैर्य गर वा नगर, तिम्रो निम्ति समान छ, जुन काम तिमीले गर्ने गर्दथ्यौ, त्यसैको तिमीलाई प्रतिफल दिइनेछ ।
Surah At-tur, Verse 16
إِنَّ ٱلۡمُتَّقِينَ فِي جَنَّـٰتٖ وَنَعِيمٖ
जो संयमी छन्, उनीहरू स्वर्गमा र अनुकम्पाहरूमा रहनेछन् ।
Surah At-tur, Verse 17
فَٰكِهِينَ بِمَآ ءَاتَىٰهُمۡ رَبُّهُمۡ وَوَقَىٰهُمۡ رَبُّهُمۡ عَذَابَ ٱلۡجَحِيمِ
जेजति उनीहरूको पालनकर्ताले उनीहरूलाई प्रदान गरेको छ त्यसबाट आनन्दित भइरहनेछन्, र उनको पालनकर्ताले उनीहरूलाई नर्कको सजायबाट बचाइहाल्यो ।
Surah At-tur, Verse 18
كُلُواْ وَٱشۡرَبُواْ هَنِيٓـَٔۢا بِمَا كُنتُمۡ تَعۡمَلُونَ
तिमी आफ्ना कर्महरूको प्रतिफल स्वरूप, जुन तिमी गर्दथ्यौ आनन्दसित खाऊ र पिऊ ।
Surah At-tur, Verse 19
مُتَّكِـِٔينَ عَلَىٰ سُرُرٖ مَّصۡفُوفَةٖۖ وَزَوَّجۡنَٰهُم بِحُورٍ عِينٖ
पंक्तिबद्ध बिछाइएका शानदार तख्ताहरूमा तकिया लगाएर, र हामीले ठूला–ठूला आँखा भएकी सुन्दरी (अप्सरा)हरूसंग उनीहरूको विवाह गरिदिएका छौं ।
Surah At-tur, Verse 20
وَٱلَّذِينَ ءَامَنُواْ وَٱتَّبَعَتۡهُمۡ ذُرِّيَّتُهُم بِإِيمَٰنٍ أَلۡحَقۡنَا بِهِمۡ ذُرِّيَّتَهُمۡ وَمَآ أَلَتۡنَٰهُم مِّنۡ عَمَلِهِم مِّن شَيۡءٖۚ كُلُّ ٱمۡرِيِٕۭ بِمَا كَسَبَ رَهِينٞ
र जसले ईमान ल्याए र उनका सन्तानहरूले पनि ईमानमा उनको अनुशरण गरे, हामीले उनको सन्तानहरूलाई पनि उनीहरूसम्म पुर्याइदिनेछौं र उनका कर्महरूबाट केही कम गर्ने छैनौं । प्रत्येक व्यक्ति आफ्नो कर्मजालमा फँसेको छ ।
Surah At-tur, Verse 21
وَأَمۡدَدۡنَٰهُم بِفَٰكِهَةٖ وَلَحۡمٖ مِّمَّا يَشۡتَهُونَ
र हामीले उनीहरूको लागि स्वादिलो फलहरू र मनपराएका मासु पर्याप्त प्रदान गर्नेछौं ।
Surah At-tur, Verse 22
يَتَنَٰزَعُونَ فِيهَا كَأۡسٗا لَّا لَغۡوٞ فِيهَا وَلَا تَأۡثِيمٞ
त्यहाँ उनीहरू एक–अर्कासित पान–पत्र (मदिरा) आदानप्रदान गर्नेछन्, जसमा न कुनै फजूलपना हुनेछ न कुनै पाप ।
Surah At-tur, Verse 23
۞وَيَطُوفُ عَلَيۡهِمۡ غِلۡمَانٞ لَّهُمۡ كَأَنَّهُمۡ لُؤۡلُؤٞ مَّكۡنُونٞ
उनीहरूको आसपासमा नवयुवक सेवकहरू हिंडिराख्नेछन् जो सुरक्षित मोतीहरू जस्तो हुनेछन् ।
Surah At-tur, Verse 24
وَأَقۡبَلَ بَعۡضُهُمۡ عَلَىٰ بَعۡضٖ يَتَسَآءَلُونَ
र एक अर्कातिर ध्यान दिएर आपसमा कुराकानी गर्नेछन् ।
Surah At-tur, Verse 25
قَالُوٓاْ إِنَّا كُنَّا قَبۡلُ فِيٓ أَهۡلِنَا مُشۡفِقِينَ
भन्नेछन्ः कि यसभन्दा पहिला हामी आफ्ना घरहरूमा (अल्लाहसित) धेरै डराउने तर्सने गर्दथ्यौं ।
Surah At-tur, Verse 26
فَمَنَّ ٱللَّهُ عَلَيۡنَا وَوَقَىٰنَا عَذَابَ ٱلسَّمُومِ
अनि अल्लाहले हामीमाथि ठूलो अनुकम्पा गर्यो र हामीलाई बिषालु लूको यातनाबाट बचाइहाल्यो ।
Surah At-tur, Verse 27
إِنَّا كُنَّا مِن قَبۡلُ نَدۡعُوهُۖ إِنَّهُۥ هُوَ ٱلۡبَرُّ ٱلرَّحِيمُ
यसभन्दा पहिला नै हामीले उसको (अल्लाहको) प्रार्थना गर्ने गर्दथ्यौं । निःसन्देह ऊ अनुकम्पा गर्नेवाला दयावान् छ ।
Surah At-tur, Verse 28
فَذَكِّرۡ فَمَآ أَنتَ بِنِعۡمَتِ رَبِّكَ بِكَاهِنٖ وَلَا مَجۡنُونٍ
अतः (हे पैगम्बर) तपाई सम्झाउँदै गर्नुस् किनभने तपाई आफ्नो पालनकर्ताको कृपाले न शकुनविचार गर्नेवाला र नत पागल हुनुहुन्छ ।
Surah At-tur, Verse 29
أَمۡ يَقُولُونَ شَاعِرٞ نَّتَرَبَّصُ بِهِۦ رَيۡبَ ٱلۡمَنُونِ
के इन्कार गर्नेहरूले भन्दछन्ः कि त्यो कवि हो जसको निम्ति हामी कालचक्र अर्थात मृत्युको प्रतीक्षा गरिराखेका छौं ।
Surah At-tur, Verse 30
قُلۡ تَرَبَّصُواْ فَإِنِّي مَعَكُم مِّنَ ٱلۡمُتَرَبِّصِينَ
भनिदिनुस् कि तिमी प्रतीक्षा गर्दैजाऊ । म पनि तिम्रो साथमा प्रतीक्षा गर्दैछु ।
Surah At-tur, Verse 31
أَمۡ تَأۡمُرُهُمۡ أَحۡلَٰمُهُم بِهَٰذَآۚ أَمۡ هُمۡ قَوۡمٞ طَاغُونَ
के उनीहरूको बुद्धिले उनीहरूलाई यही सिकाउँदछ वा उनीहरू अट्टेरी नै हुन् ।
Surah At-tur, Verse 32
أَمۡ يَقُولُونَ تَقَوَّلَهُۥۚ بَل لَّا يُؤۡمِنُونَ
के इन्कारीहरू भन्दछन् कि यस पैगम्बरले (कुरआनलाई) स्वयं रचिहालेको छ ? (होइन) साँचो कुरा यो छ कि तिनीहरूमा ईमान छैन ।
Surah At-tur, Verse 33
فَلۡيَأۡتُواْ بِحَدِيثٖ مِّثۡلِهِۦٓ إِن كَانُواْ صَٰدِقِينَ
यदि यिनीहरू साँचो छन् भने यस्तो एउटै वाक्य यिनीहरूले पनि ल्याउन् ।
Surah At-tur, Verse 34
أَمۡ خُلِقُواْ مِنۡ غَيۡرِ شَيۡءٍ أَمۡ هُمُ ٱلۡخَٰلِقُونَ
के यिनीहरूले कसैले सृष्टि नगरी आफै जन्मिहालेका हुन् वा स्वयं स्रष्टा हुन्
Surah At-tur, Verse 35
أَمۡ خَلَقُواْ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَۚ بَل لَّا يُوقِنُونَ
के उनीहरूले नै आकाशहरू र धरतीको सृष्टि गरेका छन् ? (होइन) बरु यिनीहरू ईमान नल्याउने मानिस हुन् ।
Surah At-tur, Verse 36
أَمۡ عِندَهُمۡ خَزَآئِنُ رَبِّكَ أَمۡ هُمُ ٱلۡمُصَۜيۡطِرُونَ
वा के उनीहरूको पासमा तिम्रो पालनकर्ताको खजाना छ ? वा उनीहरू नै त्यसको (खाजानाको) रक्षक हुन्
Surah At-tur, Verse 37
أَمۡ لَهُمۡ سُلَّمٞ يَسۡتَمِعُونَ فِيهِۖ فَلۡيَأۡتِ مُسۡتَمِعُهُم بِسُلۡطَٰنٖ مُّبِينٍ
वा के उनको पासमा कुनै सिंढी छ जसमाथि चढेर उनीहरू सुन्दछन् ? (यदि यस्तो छ) भने उनीहरूमध्ये जसले सुनिराखेको छ उसले त्यसबारेमा स्पष्ट प्रमाण ल्याओस् ।
Surah At-tur, Verse 38
أَمۡ لَهُ ٱلۡبَنَٰتُ وَلَكُمُ ٱلۡبَنُونَ
वा के अल्लाहको लागि सबै छोरीहरू छन्, र तिम्रा निम्ति छोराहरू
Surah At-tur, Verse 39
أَمۡ تَسۡـَٔلُهُمۡ أَجۡرٗا فَهُم مِّن مَّغۡرَمٖ مُّثۡقَلُونَ
वा तपाईले उनीहरूसित कुनै पारिश्रमिक माँग्नु हुन्छ जसको बोझले यिनीहरू थिचिदै गएका छन्
Surah At-tur, Verse 40
أَمۡ عِندَهُمُ ٱلۡغَيۡبُ فَهُمۡ يَكۡتُبُونَ
के उनीहरूसंग अदृश्यको ज्ञान छ कि उनीहरू त्यसलाई लेखिहाल्छन्
Surah At-tur, Verse 41
أَمۡ يُرِيدُونَ كَيۡدٗاۖ فَٱلَّذِينَ كَفَرُواْ هُمُ ٱلۡمَكِيدُونَ
के उनीहरू कुनै चाल चल्न चाहन्छन् ? (तर) विश्वास गर्नु काफिर त स्वयम् दाउको चपेटमा पर्नेवाला छन् ।
Surah At-tur, Verse 42
أَمۡ لَهُمۡ إِلَٰهٌ غَيۡرُ ٱللَّهِۚ سُبۡحَٰنَ ٱللَّهِ عَمَّا يُشۡرِكُونَ
के अल्लाह बाहेक उनीहरूको अर्को कोही पूज्य छ ? (होइन) अल्लाह उनीहरूको शिर्कबाट पवित्र छ ।
Surah At-tur, Verse 43
وَإِن يَرَوۡاْ كِسۡفٗا مِّنَ ٱلسَّمَآءِ سَاقِطٗا يَقُولُواْ سَحَابٞ مَّرۡكُومٞ
यदि उनीहरू आकाशको कुनै टुक्रा खसिराखेको देख्छन् भने, भन्नेछन् कि यो त पत्रमाथि पत्र परेको बादल हो ।
Surah At-tur, Verse 44
فَذَرۡهُمۡ حَتَّىٰ يُلَٰقُواْ يَوۡمَهُمُ ٱلَّذِي فِيهِ يُصۡعَقُونَ
तसर्थ उनीहरूलाई छाडिदेऊ, यहाँसम्म कि त्यो दिनको सामना होस् जसमा उनीहरू बेहोश पारिनेछन् ।
Surah At-tur, Verse 45
يَوۡمَ لَا يُغۡنِي عَنۡهُمۡ كَيۡدُهُمۡ شَيۡـٔٗا وَلَا هُمۡ يُنصَرُونَ
जुन दिन उनको कुनै दाउपेच उनको काम आउँदैन र नत कहींबाट सहायता प्राप्त गर्नेछन् ।
Surah At-tur, Verse 46
وَإِنَّ لِلَّذِينَ ظَلَمُواْ عَذَابٗا دُونَ ذَٰلِكَ وَلَٰكِنَّ أَكۡثَرَهُمۡ لَا يَعۡلَمُونَ
निःसन्देह अत्याचारीहरूको निम्ति यस बाहेक अरु यातना पनि छ, तर उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।
Surah At-tur, Verse 47
وَٱصۡبِرۡ لِحُكۡمِ رَبِّكَ فَإِنَّكَ بِأَعۡيُنِنَاۖ وَسَبِّحۡ بِحَمۡدِ رَبِّكَ حِينَ تَقُومُ
तपाईले आफ्नो पालनकर्ताको आदेशको प्रतीक्षामा धैर्य गर्नुस्, तपाई त हाम्रो आँखा अगाडि हुनुहुन्छ । बिहान उठ्ने बेला आफ्नो पालनकर्ताको प्रशंसाको वर्णन गर्नुस् ।
Surah At-tur, Verse 48
وَمِنَ ٱلَّيۡلِ فَسَبِّحۡهُ وَإِدۡبَٰرَ ٱلنُّجُومِ
र राती पनि उसको गुणगान गर्ने गर्नुस् र ताराहरू अस्ताउँदा पनि ।
Surah At-tur, Verse 49