UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Qamar - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


ٱقۡتَرَبَتِ ٱلسَّاعَةُ وَٱنشَقَّ ٱلۡقَمَرُ

कयामत नजिक आइपुग्यो र चन्द्र च्यातीयो ।
Surah Al-Qamar, Verse 1


وَإِن يَرَوۡاْ ءَايَةٗ يُعۡرِضُواْ وَيَقُولُواْ سِحۡرٞ مُّسۡتَمِرّٞ

र यदि काफिरहरूले कुनै चमत्कार देख्दछन् भने मुख फर्काइहाल्छन् र भन्छन् कि यो पहिलादेखि चलिआइरहेको एउटा जादू हो ।
Surah Al-Qamar, Verse 2


وَكَذَّبُواْ وَٱتَّبَعُوٓاْ أَهۡوَآءَهُمۡۚ وَكُلُّ أَمۡرٖ مُّسۡتَقِرّٞ

उनीहरूले असत्य ठहराए, र आफ्ना इच्छाहरू अनुसार गरे । र प्रत्येक कामको समय निर्धारित छ ।
Surah Al-Qamar, Verse 3


وَلَقَدۡ جَآءَهُم مِّنَ ٱلۡأَنۢبَآءِ مَا فِيهِ مُزۡدَجَرٌ

र निश्चितरूपले उनीहरूछेउ (अतीतका) यस्ता सूचनाहरू पुगिसकेका छन्, जसमा हप्कीदप्की र नसीहतको कुरा छ ।
Surah Al-Qamar, Verse 4


حِكۡمَةُۢ بَٰلِغَةٞۖ فَمَا تُغۡنِ ٱلنُّذُرُ

अतः पूर्ण बुद्धिमत्ताको कुरा पनि छ, किन्तु चेतावनीहरू उनीहरूको कुनै काम आइरहेको छैन ।
Surah Al-Qamar, Verse 5


فَتَوَلَّ عَنۡهُمۡۘ يَوۡمَ يَدۡعُ ٱلدَّاعِ إِلَىٰ شَيۡءٖ نُّكُرٍ

अतः हे नबी तपाई उनीहरूबाट विमुख भइहाल्नुस्, जुन दिन पुकार्नेवाला एक अत्यन्त अप्रिय कुरातिर बोलाउने छ ।
Surah Al-Qamar, Verse 6


خُشَّعًا أَبۡصَٰرُهُمۡ يَخۡرُجُونَ مِنَ ٱلۡأَجۡدَاثِ كَأَنَّهُمۡ جَرَادٞ مُّنتَشِرٞ

तब उनीहरू झुकेका आफ्ना आँखाहरूका साथ, चिहानबाट यसरी निस्किरहेका हुन्छन्, जस्तोकि उनीहरू छरिएका सलहहरू हुन् ।
Surah Al-Qamar, Verse 7


مُّهۡطِعِينَ إِلَى ٱلدَّاعِۖ يَقُولُ ٱلۡكَٰفِرُونَ هَٰذَا يَوۡمٌ عَسِرٞ

त्यस बोलाउनेवालातिर दगुर्दै गइराखेका हुनेछन् । इन्कार गर्नेहरू भन्ने छन् कि यो दिन बडो कठिन छ ।
Surah Al-Qamar, Verse 8


۞كَذَّبَتۡ قَبۡلَهُمۡ قَوۡمُ نُوحٖ فَكَذَّبُواْ عَبۡدَنَا وَقَالُواْ مَجۡنُونٞ وَٱزۡدُجِرَ

यिनीहरूभन्दा पहिला ‘’नूहको’’ जातिबन्धुले पनि हाम्रो भक्तलाई असत्य ठहराएका थिए । र बौलाहा भनेर हप्काएका थिए ।
Surah Al-Qamar, Verse 9


فَدَعَا رَبَّهُۥٓ أَنِّي مَغۡلُوبٞ فَٱنتَصِرۡ

तब उनले आफ्नो पालनकर्तासँग प्रार्थना गरे कि म विवश छु, तसर्थ मेरो मद्दत गर ।
Surah Al-Qamar, Verse 10


فَفَتَحۡنَآ أَبۡوَٰبَ ٱلسَّمَآءِ بِمَآءٖ مُّنۡهَمِرٖ

तब हामीले मुसलधारे पानीको वर्षाबाट आकाशको मुहान खोलिदियौं ।
Surah Al-Qamar, Verse 11


وَفَجَّرۡنَا ٱلۡأَرۡضَ عُيُونٗا فَٱلۡتَقَى ٱلۡمَآءُ عَلَىٰٓ أَمۡرٖ قَدۡ قُدِرَ

र धरतीमा पानीका मूलहरू प्रवाहित गरिदियौं र सारा पानी त्यस कामको निम्ति एकत्रित भइहाल्यो जुन निर्धारित भैसकेको थियो ।
Surah Al-Qamar, Verse 12


وَحَمَلۡنَٰهُ عَلَىٰ ذَاتِ أَلۡوَٰحٖ وَدُسُرٖ

र हामीले ‘‘नूहलाई’’ एउटा डुङ्गामा जो तख्ता र किल्लाहरूबाट तयार गरिएको थियो, सवार गराइहाल्यौं ।
Surah Al-Qamar, Verse 13


تَجۡرِي بِأَعۡيُنِنَا جَزَآءٗ لِّمَن كَانَ كُفِرَ

त्यो हाम्रो आँखाको अगाडि चलिरहेको थियो, यो बदला उसको तर्फबाट थियो, जसलाई इन्कार गरिएको थियो ।
Surah Al-Qamar, Verse 14


وَلَقَد تَّرَكۡنَٰهَآ ءَايَةٗ فَهَلۡ مِن مُّدَّكِرٖ

र हामीले यस घटनालाई एउटा निशानी बनाएर बाँकी राख्यौं, त कोही छ जसले उपदेश हासिल (प्राप्त) गरोस् ।
Surah Al-Qamar, Verse 15


فَكَيۡفَ كَانَ عَذَابِي وَنُذُرِ

भन मेरो सजाय र डराउने कुरा कस्तो रह्यो
Surah Al-Qamar, Verse 16


وَلَقَدۡ يَسَّرۡنَا ٱلۡقُرۡءَانَ لِلذِّكۡرِ فَهَلۡ مِن مُّدَّكِرٖ

र हामीले कुरआनलाई बुझ्नको निम्ति सरल गरिदियौं, त कोही छ जसले उपदेश हासिल गरोस्
Surah Al-Qamar, Verse 17


كَذَّبَتۡ عَادٞ فَكَيۡفَ كَانَ عَذَابِي وَنُذُرِ

‘‘आदको समुदायले’’ पनि झूठा ठहराए तर मेरो यातना र मेरो डरको कुरा कस्तो रह्यो
Surah Al-Qamar, Verse 18


إِنَّآ أَرۡسَلۡنَا عَلَيۡهِمۡ رِيحٗا صَرۡصَرٗا فِي يَوۡمِ نَحۡسٖ مُّسۡتَمِرّٖ

हामीले उनीहरूतिर एउटा अशुभ दिनमा निरन्तर तेज बग्ने प्रचण्ड आँधी (हूरी) चलायौं ।
Surah Al-Qamar, Verse 19


تَنزِعُ ٱلنَّاسَ كَأَنَّهُمۡ أَعۡجَازُ نَخۡلٖ مُّنقَعِرٖ

त्यसले मानिसहरूलाई उखेलिएको खजूरको बोट जस्तै उठाउँदै फ्याँक्दै गरेको थियो ।
Surah Al-Qamar, Verse 20


فَكَيۡفَ كَانَ عَذَابِي وَنُذُرِ

त मेरो यातना र तर्साइ कस्तो रह्यो
Surah Al-Qamar, Verse 21


وَلَقَدۡ يَسَّرۡنَا ٱلۡقُرۡءَانَ لِلذِّكۡرِ فَهَلۡ مِن مُّدَّكِرٖ

निश्चितरूपले हामीले कुरआनलाई उपदेशको लागि सजिलो पारिदिएका छौँ, त कोही छ जसले उपदेश लिइहालोस्
Surah Al-Qamar, Verse 22


كَذَّبَتۡ ثَمُودُ بِٱلنُّذُرِ

‘‘समूदको समुदायले’’ पनि चेतावनी दिनेवालाहरूलाई असत्य ठहराए ।
Surah Al-Qamar, Verse 23


فَقَالُوٓاْ أَبَشَرٗا مِّنَّا وَٰحِدٗا نَّتَّبِعُهُۥٓ إِنَّآ إِذٗا لَّفِي ضَلَٰلٖ وَسُعُرٍ

र भने कि के हामीले हामीहरूमध्येकै एउटा मान्छेको अनुशरण गरौँ ? त्यस्तो भएत हामी निश्चितरूपले मार्गविचलन र बौलाहापनमा परिहाल्ने छौं ।
Surah Al-Qamar, Verse 24


أَءُلۡقِيَ ٱلذِّكۡرُ عَلَيۡهِ مِنۢ بَيۡنِنَا بَلۡ هُوَ كَذَّابٌ أَشِرٞ

के हामी सबैमध्ये उसैमाथि वह्य (अल्लाहको वाणी) अवतरित भएको हो ? होइन बरु त्यो अत्यन्त झूठा, आत्मप्रशंसक हो ।
Surah Al-Qamar, Verse 25


سَيَعۡلَمُونَ غَدٗا مَّنِ ٱلۡكَذَّابُ ٱلۡأَشِرُ

उनी सबैलाई अब चाडै थाहा भैहाल्नेछ कि को झूठा र आत्मप्रशंसक थियो ।
Surah Al-Qamar, Verse 26


إِنَّا مُرۡسِلُواْ ٱلنَّاقَةِ فِتۡنَةٗ لَّهُمۡ فَٱرۡتَقِبۡهُمۡ وَٱصۡطَبِرۡ

निःसन्देह हामीले उनको परीक्षाको निम्ति उँटनी पठाउने छौं, तसर्थ (हे सालेह) तिमी उनको प्रतीक्षा र धैर्य गर ।
Surah Al-Qamar, Verse 27


وَنَبِّئۡهُمۡ أَنَّ ٱلۡمَآءَ قِسۡمَةُۢ بَيۡنَهُمۡۖ كُلُّ شِرۡبٖ مُّحۡتَضَرٞ

हो उनीहरूलाई सूचित गरिदेऊ कि पानी उनीहरूबीच बाँडी सकिएको छ । प्रत्येक व्यक्ति आफ्नो पालोमा आउनु पर्नेछ ।
Surah Al-Qamar, Verse 28


فَنَادَوۡاْ صَاحِبَهُمۡ فَتَعَاطَىٰ فَعَقَرَ

उनीहरूले आफ्नो साथीलाई डाँके, जसले (उँटनीमाथि) प्रहार गर्यो र उसको घुँडाको पछाडिको नसा काटिदियो ।
Surah Al-Qamar, Verse 29


فَكَيۡفَ كَانَ عَذَابِي وَنُذُرِ

तसर्थ मेरो यातना र तर्साइ कस्तो रह्यो
Surah Al-Qamar, Verse 30


إِنَّآ أَرۡسَلۡنَا عَلَيۡهِمۡ صَيۡحَةٗ وَٰحِدَةٗ فَكَانُواْ كَهَشِيمِ ٱلۡمُحۡتَظِرِ

हामी उनीहरूमाथि एउटा चित्कार (विष्फोट) पठायौँ, अनि उनीहरू यस्तो भैहाले जस्तो खेतीको आली बनाउँदा मडारिएको घाँसहरू ।
Surah Al-Qamar, Verse 31


وَلَقَدۡ يَسَّرۡنَا ٱلۡقُرۡءَانَ لِلذِّكۡرِ فَهَلۡ مِن مُّدَّكِرٖ

र हामीले कुरआनलाई उपदेशको निम्ति सरल गरिदियौं, त कोही छ जसले उपदेश लिइहालोस्
Surah Al-Qamar, Verse 32


كَذَّبَتۡ قَوۡمُ لُوطِۭ بِٱلنُّذُرِ

‘‘लूतको’’ कौम (जातिबन्धु) ले पनि डराउनेहरूलाई झूठा भने ।
Surah Al-Qamar, Verse 33


إِنَّآ أَرۡسَلۡنَا عَلَيۡهِمۡ حَاصِبًا إِلَّآ ءَالَ لُوطٖۖ نَّجَّيۡنَٰهُم بِسَحَرٖ

तब हामीले उनीहरूमाथि गिट्टीले भरिएको हावा चलायौं, तर ‘‘लूतका’’ परिवार बाहेक तिनीहरूलाई हामीले प्रातःकाल नै बचाइहाल्यौं ।
Surah Al-Qamar, Verse 34


نِّعۡمَةٗ مِّنۡ عِندِنَاۚ كَذَٰلِكَ نَجۡزِي مَن شَكَرَ

हामी यस्तै प्रकारले त्यस व्यक्तिलाई आफ्नो अनुकम्पाबाट प्रतिफल दिन्छौं जसले कृतज्ञता देखाउँछ ।
Surah Al-Qamar, Verse 35


وَلَقَدۡ أَنذَرَهُم بَطۡشَتَنَا فَتَمَارَوۡاْ بِٱلنُّذُرِ

र (लूतले) उनीहरूलाई हाम्रो पकडबाट डराएका पनि थिए तर तिनीहरूले त्यसमा शंका गर्दैरहे ।
Surah Al-Qamar, Verse 36


وَلَقَدۡ رَٰوَدُوهُ عَن ضَيۡفِهِۦ فَطَمَسۡنَآ أَعۡيُنَهُمۡ فَذُوقُواْ عَذَابِي وَنُذُرِ

उनीहरूले लूत (अलैहिस्सलाम)लाई फकाएर उसको पासबाट उसको अतिथिहरूलाई बोलाउन चाहे, तब हामीले उनको आँखालाई अन्धा बनाइदियौं, तसर्थ (अब) मेरो यातना र मेरो डरको स्वाद चाख ।
Surah Al-Qamar, Verse 37


وَلَقَدۡ صَبَّحَهُم بُكۡرَةً عَذَابٞ مُّسۡتَقِرّٞ

र सत्य कुरो छ उनीलाई बिहानै एउटा अटल निर्धारित यातनाले नष्ट गरिदियो ।
Surah Al-Qamar, Verse 38


فَذُوقُواْ عَذَابِي وَنُذُرِ

त अब मेरो सजाय र मेरो डरको स्वाद चाख ।
Surah Al-Qamar, Verse 39


وَلَقَدۡ يَسَّرۡنَا ٱلۡقُرۡءَانَ لِلذِّكۡرِ فَهَلۡ مِن مُّدَّكِرٖ

र हामीले कुरआनलाई उपदेशको निम्ति सरल बनाइदिएका छौं त कोही छ जसले शिक्षा प्राप्त गरोस् ।
Surah Al-Qamar, Verse 40


وَلَقَدۡ جَآءَ ءَالَ فِرۡعَوۡنَ ٱلنُّذُرُ

र फिरऔनका मानिसहरूको पास पनि डराउनेवाला आए ।
Surah Al-Qamar, Verse 41


كَذَّبُواْ بِـَٔايَٰتِنَا كُلِّهَا فَأَخَذۡنَٰهُمۡ أَخۡذَ عَزِيزٖ مُّقۡتَدِرٍ

उनीहरूले हाम्रा सबै निशानीहरूलाई असत्य ठहराए । अन्ततः हामीले उनीहरूलाई समातिहाल्यौं, जुन प्रकारले एउटा जबरजस्त अधिपत्यशालीले समात्छ ।
Surah Al-Qamar, Verse 42


أَكُفَّارُكُمۡ خَيۡرٞ مِّنۡ أُوْلَـٰٓئِكُمۡ أَمۡ لَكُم بَرَآءَةٞ فِي ٱلزُّبُرِ

(हे कुरैशीहरू) के तिम्रा काफिरहरू ती काफिरहरूभन्दा राम्रा छन् ? वा पहिलाका ग्रन्थहरूमा (तिम्रो निम्ति कुनै) छुट्कारा लेखिएको छ
Surah Al-Qamar, Verse 43


أَمۡ يَقُولُونَ نَحۡنُ جَمِيعٞ مُّنتَصِرٞ

के यिनीहरू भन्छन्ः कि हाम्रो जत्था विजय हुनेवाला बडो बलियो छ
Surah Al-Qamar, Verse 44


سَيُهۡزَمُ ٱلۡجَمۡعُ وَيُوَلُّونَ ٱلدُّبُرَ

शीघ्र नै यो जत्था पराजित हुनेछ र यिनीहरू पिठ्युँ फर्काई भागिहाल्नेछन् ।
Surah Al-Qamar, Verse 45


بَلِ ٱلسَّاعَةُ مَوۡعِدُهُمۡ وَٱلسَّاعَةُ أَدۡهَىٰ وَأَمَرُّ

उनीहरूसंगको वचन अनुसार कयामतको समय (आउने) छ र कयामत (प्रलय) बडो गाह्रो र बहुत कठोर कुरा हो ।
Surah Al-Qamar, Verse 46


إِنَّ ٱلۡمُجۡرِمِينَ فِي ضَلَٰلٖ وَسُعُرٖ

निःसन्देह पापीहरू मार्गबिचलन र यातनामा परेका छन् ।
Surah Al-Qamar, Verse 47


يَوۡمَ يُسۡحَبُونَ فِي ٱلنَّارِ عَلَىٰ وُجُوهِهِمۡ ذُوقُواْ مَسَّ سَقَرَ

जुनदिन उनीहरूलाई मुख तल पारेर नर्कको आगोमा घिसारिनेछ । (र उनीहरूसंग भनिनेछ) अब, आगोको स्वाद चाख ।
Surah Al-Qamar, Verse 48


إِنَّا كُلَّ شَيۡءٍ خَلَقۡنَٰهُ بِقَدَرٖ

निश्चय नै हामीले हरेक कुरालाई निर्धारित नाप र अनुमानमा सृष्टि गरेका छौं ।
Surah Al-Qamar, Verse 49


وَمَآ أَمۡرُنَآ إِلَّا وَٰحِدَةٞ كَلَمۡحِۭ بِٱلۡبَصَرِ

र हाम्रो आदेश एक पटक मात्र (एकछिनको लागि हुन्छ) जस्तो कि आँखाको झिम्काई ।
Surah Al-Qamar, Verse 50


وَلَقَدۡ أَهۡلَكۡنَآ أَشۡيَاعَكُمۡ فَهَلۡ مِن مُّدَّكِرٖ

र हामीले तिमी जस्ता मानिसलाई विनष्ट गरिसकेका छौं, त कोही छ जो उपदेश प्राप्त गरिहालोस् ।
Surah Al-Qamar, Verse 51


وَكُلُّ شَيۡءٖ فَعَلُوهُ فِي ٱلزُّبُرِ

र जे–जति उनीहरूले गरेका छन्, त्यो कर्मपत्रमा अंकित छ ।
Surah Al-Qamar, Verse 52


وَكُلُّ صَغِيرٖ وَكَبِيرٖ مُّسۡتَطَرٌ

(अर्थात्) प्रत्येक सानो र ठूलो कुरा लेखिएको छ ।
Surah Al-Qamar, Verse 53


إِنَّ ٱلۡمُتَّقِينَ فِي جَنَّـٰتٖ وَنَهَرٖ

निश्चय नै जो संयमी परहेजगार छन्, उनीहरू बाग र नहरहरूको माझमा हुनेछन् ।
Surah Al-Qamar, Verse 54


فِي مَقۡعَدِ صِدۡقٍ عِندَ مَلِيكٖ مُّقۡتَدِرِۭ

(अर्थात्) पवित्र स्थानमा अधिपत्यशाली सम्राटको निकट राम्रोसँग सम्मानका साथ ।
Surah Al-Qamar, Verse 55


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 53
>> Surah 55

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai