Surah Ar-Rahman - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
ٱلرَّحۡمَٰنُ
रहमान (अल्लाह) ले
Surah Ar-Rahman, Verse 1
عَلَّمَ ٱلۡقُرۡءَانَ
कुरआन सिकायो ।
Surah Ar-Rahman, Verse 2
خَلَقَ ٱلۡإِنسَٰنَ
उसैले मानिसहरूलाई सृष्टि गर्यो
Surah Ar-Rahman, Verse 3
عَلَّمَهُ ٱلۡبَيَانَ
र उसलाई बोल्न सिकायो ।
Surah Ar-Rahman, Verse 4
ٱلشَّمۡسُ وَٱلۡقَمَرُ بِحُسۡبَانٖ
सूर्य र चन्द्र एक निर्धारित हिसाबले चलिराखेका छन्
Surah Ar-Rahman, Verse 5
وَٱلنَّجۡمُ وَٱلشَّجَرُ يَسۡجُدَانِ
र तारा र वृक्ष दुबैले ढोगी राखेका छन् ।
Surah Ar-Rahman, Verse 6
وَٱلسَّمَآءَ رَفَعَهَا وَوَضَعَ ٱلۡمِيزَانَ
र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो ।
Surah Ar-Rahman, Verse 7
أَلَّا تَطۡغَوۡاْ فِي ٱلۡمِيزَانِ
ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर ।
Surah Ar-Rahman, Verse 8
وَأَقِيمُواْ ٱلۡوَزۡنَ بِٱلۡقِسۡطِ وَلَا تُخۡسِرُواْ ٱلۡمِيزَانَ
न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।
Surah Ar-Rahman, Verse 9
وَٱلۡأَرۡضَ وَضَعَهَا لِلۡأَنَامِ
र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।
Surah Ar-Rahman, Verse 10
فِيهَا فَٰكِهَةٞ وَٱلنَّخۡلُ ذَاتُ ٱلۡأَكۡمَامِ
त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् ।
Surah Ar-Rahman, Verse 11
وَٱلۡحَبُّ ذُو ٱلۡعَصۡفِ وَٱلرَّيۡحَانُ
र भुसवाला अन्नका दाना छन् र सुगन्धित फलहरू पनि छन् ।
Surah Ar-Rahman, Verse 12
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
तसर्थ (हे मानिस र जिन्न) तिमीले आफ्नो पालनकर्ताको कुन–कनु अनुकम्पालाई असत्य ठहराउँनेछौ
Surah Ar-Rahman, Verse 13
خَلَقَ ٱلۡإِنسَٰنَ مِن صَلۡصَٰلٖ كَٱلۡفَخَّارِ
उसले मनुष्यलाई कङक्रिट जस्ता खनखनाउँदो माटोबाट सृष्टि गर्यो ।
Surah Ar-Rahman, Verse 14
وَخَلَقَ ٱلۡجَآنَّ مِن مَّارِجٖ مِّن نَّارٖ
र जिन्नलाई उसले आगोको रापबाट सृष्टि गर्यो ।
Surah Ar-Rahman, Verse 15
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य साबित गर्नेछौ ।
Surah Ar-Rahman, Verse 16
رَبُّ ٱلۡمَشۡرِقَيۡنِ وَرَبُّ ٱلۡمَغۡرِبَيۡنِ
ऊ दुई पूर्वको स्वामी हो र दुई पश्चिमको पनि ।
Surah Ar-Rahman, Verse 17
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
अनि (हे जिन्न र मानव) तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पाहरूलाई असत्य ठहाराउनेछौ
Surah Ar-Rahman, Verse 18
مَرَجَ ٱلۡبَحۡرَيۡنِ يَلۡتَقِيَانِ
उसैले दुई समुन्द्र प्रवाहित गरिदियो जो आपसमा मिल्छन् ।
Surah Ar-Rahman, Verse 19
بَيۡنَهُمَا بَرۡزَخٞ لَّا يَبۡغِيَانِ
ती दुवैको बीचमा एउटा पर्दा छ । जसको तिनीहरू अतिक्रमण गर्दैनन् ।
Surah Ar-Rahman, Verse 20
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 21
يَخۡرُجُ مِنۡهُمَا ٱللُّؤۡلُؤُ وَٱلۡمَرۡجَانُ
ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ ।
Surah Ar-Rahman, Verse 22
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
अतः तिमीले आफ्नो पालनकर्ताका कुन–कुन पुरस्कारहरूलाई झूठ भन्नेछौं
Surah Ar-Rahman, Verse 23
وَلَهُ ٱلۡجَوَارِ ٱلۡمُنشَـَٔاتُ فِي ٱلۡبَحۡرِ كَٱلۡأَعۡلَٰمِ
र ती जहाजहरू पनि उसैका हुन् जो समुन्द्रमा पर्वतहरू झै अग्लो भई चलीराखेका छन् ।
Surah Ar-Rahman, Verse 24
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 25
كُلُّ مَنۡ عَلَيۡهَا فَانٖ
प्रत्येक प्राणी जो यस धरतीमा छ, नाशवान छ ।
Surah Ar-Rahman, Verse 26
وَيَبۡقَىٰ وَجۡهُ رَبِّكَ ذُو ٱلۡجَلَٰلِ وَٱلۡإِكۡرَامِ
तर तिम्रो पालनकर्ताको अनुहार (व्यक्तित्व) जो प्रतिष्ठित र सम्मानित छ शेष रहनेवाला छ ।
Surah Ar-Rahman, Verse 27
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 28
يَسۡـَٔلُهُۥ مَن فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ كُلَّ يَوۡمٍ هُوَ فِي شَأۡنٖ
आकाशहरू र धरतीमा जो कोही पनि छन् सबै उसैसित माँग्दछन्, प्रत्येक दिन ऊ नौलो शानमा छ ।
Surah Ar-Rahman, Verse 29
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 30
سَنَفۡرُغُ لَكُمۡ أَيُّهَ ٱلثَّقَلَانِ
हे दुवै समुदायहरू (जिन्न र मनुष्य) हामी शीघ्र तिम्रो निम्ति पूर्णरूपले ध्यान दिनेछौं ।
Surah Ar-Rahman, Verse 31
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 32
يَٰمَعۡشَرَ ٱلۡجِنِّ وَٱلۡإِنسِ إِنِ ٱسۡتَطَعۡتُمۡ أَن تَنفُذُواْ مِنۡ أَقۡطَارِ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ فَٱنفُذُواْۚ لَا تَنفُذُونَ إِلَّا بِسُلۡطَٰنٖ
हे जिन्न र मनुष्यका समुदायहरू यदि तिमीहरूमा आकाशहरू र धरतीका सीमाहरूलाई पार गर्ने शक्ति छ त निस्केर हेर तर बिना वर्चस्वता र शक्तिको तिमीले कहिल्यै पार गर्न सक्दैनौं ।
Surah Ar-Rahman, Verse 33
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 34
يُرۡسَلُ عَلَيۡكُمَا شُوَاظٞ مِّن نَّارٖ وَنُحَاسٞ فَلَا تَنتَصِرَانِ
तिमीमाथि आगोको ज्वाला र धुवाँ छोडिने छ, अनि तिमीले मुकाबिला गर्न सक्दैनौ ।
Surah Ar-Rahman, Verse 35
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 36
فَإِذَا ٱنشَقَّتِ ٱلسَّمَآءُ فَكَانَتۡ وَرۡدَةٗ كَٱلدِّهَانِ
अनि जब आकाश च्यातिएर रातो छाला जस्तो भइहाल्नेछ ।
Surah Ar-Rahman, Verse 37
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 38
فَيَوۡمَئِذٖ لَّا يُسۡـَٔلُ عَن ذَنۢبِهِۦٓ إِنسٞ وَلَا جَآنّٞ
अनि त्यसदिन न कुनै मानिससित उसको पापको बारेमा सोधिनेछ र न कुनै जिन्नसित ।
Surah Ar-Rahman, Verse 39
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 40
يُعۡرَفُ ٱلۡمُجۡرِمُونَ بِسِيمَٰهُمۡ فَيُؤۡخَذُ بِٱلنَّوَٰصِي وَٱلۡأَقۡدَامِ
गुनहगारहरू आफ्नो अनुहारबाट नै चिनिनेछन्, र उनका टाउकोको कपालहरू र खुट्टाद्वारा उनीहरूलाई समातिने छ ।
Surah Ar-Rahman, Verse 41
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 42
هَٰذِهِۦ جَهَنَّمُ ٱلَّتِي يُكَذِّبُ بِهَا ٱلۡمُجۡرِمُونَ
यही त्यो जहन्नम हो, जसलाई गुनाहगारहरूले असत्य भन्दथे ।
Surah Ar-Rahman, Verse 43
يَطُوفُونَ بَيۡنَهَا وَبَيۡنَ حَمِيمٍ ءَانٖ
उनीहरू यसको र उम्लिराखकेको तातो पानीको बीचमा चक्कर लगाइरहनेछन् ।
Surah Ar-Rahman, Verse 44
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ।
Surah Ar-Rahman, Verse 45
وَلِمَنۡ خَافَ مَقَامَ رَبِّهِۦ جَنَّتَانِ
र जुन मानिस आफ्नो पालनकर्ताको सामु उभिनुबाट डर मान्यो, उसको निम्ति दुईवटा स्वर्गहरू छन् ।
Surah Ar-Rahman, Verse 46
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
Surah Ar-Rahman, Verse 47
ذَوَاتَآ أَفۡنَانٖ
ती दुवै स्वर्गहरूमा धेरै हाँगाहरू हुनेछन् ।
Surah Ar-Rahman, Verse 48
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
Surah Ar-Rahman, Verse 49
فِيهِمَا عَيۡنَانِ تَجۡرِيَانِ
यी दुवै बगैंचाहरूमा दुईटा प्रवाहित झरनाहरू छन् ।
Surah Ar-Rahman, Verse 50
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
Surah Ar-Rahman, Verse 51
فِيهِمَا مِن كُلِّ فَٰكِهَةٖ زَوۡجَانِ
ती दुवै बगैंचाहरूमा प्रत्येक स्वादिष्ट फलका दुई–दुई किसिम हुनेछन् ।
Surah Ar-Rahman, Verse 52
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 53
مُتَّكِـِٔينَ عَلَىٰ فُرُشِۭ بَطَآئِنُهَا مِنۡ إِسۡتَبۡرَقٖۚ وَجَنَى ٱلۡجَنَّتَيۡنِ دَانٖ
स्वर्गमा रहनेहरू यस्ता ओछ्यानमा तकिया लगाएर बसेका हुनेछन्, जसको अस्तर बाक्लो रेशमका हुनेछन्, र दुवै बगैंचाका फलहरू नजिकै हुनेछन् ।
Surah Ar-Rahman, Verse 54
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 55
فِيهِنَّ قَٰصِرَٰتُ ٱلطَّرۡفِ لَمۡ يَطۡمِثۡهُنَّ إِنسٞ قَبۡلَهُمۡ وَلَا جَآنّٞ
त्यहाँ आँखा झुकाएका लज्जालु स्त्रीहरू (अप्सरा) हुनेछिन्, जसलाई जन्नतवालाभन्दा पहिला न कुनै मानिसले स्पर्श गरेको हुन्छ र न कुनै जिन्नले ।
Surah Ar-Rahman, Verse 56
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 57
كَأَنَّهُنَّ ٱلۡيَاقُوتُ وَٱلۡمَرۡجَانُ
ती (अप्सरा) स्त्रीहरू याकूत र मूँगा जस्ती हुनेछिन् ।
Surah Ar-Rahman, Verse 58
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 59
هَلۡ جَزَآءُ ٱلۡإِحۡسَٰنِ إِلَّا ٱلۡإِحۡسَٰنُ
भलाईको बदला भलाई बाहेक अरु के हुनेछ
Surah Ar-Rahman, Verse 60
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 61
وَمِن دُونِهِمَا جَنَّتَانِ
र यी बगैंचाहरू बाहेक दुईवटा अरु बगैंचाहरू छन् ।
Surah Ar-Rahman, Verse 62
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 63
مُدۡهَآمَّتَانِ
दुवै निकै गाढा हरिया छन् ।
Surah Ar-Rahman, Verse 64
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 65
فِيهِمَا عَيۡنَانِ نَضَّاخَتَانِ
ती दुवै बगैंचाहरूमा दुईवटा बग्ने झरनाहरू प्रवाहित भइराखेका छन् ।
Surah Ar-Rahman, Verse 66
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 67
فِيهِمَا فَٰكِهَةٞ وَنَخۡلٞ وَرُمَّانٞ
यिनीहरूमा स्वादिष्ट फल, मेवाहरू खजूर र अनारहरू हुनेछन् ।
Surah Ar-Rahman, Verse 68
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 69
فِيهِنَّ خَيۡرَٰتٌ حِسَانٞ
यिनीहरूमा चरित्रवान र सुन्दर स्त्रीहरू छिन् ।
Surah Ar-Rahman, Verse 70
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 71
حُورٞ مَّقۡصُورَٰتٞ فِي ٱلۡخِيَامِ
गोरो रंग भएकी ती स्त्रीहरू स्वर्गका खीमाहरूमा रहनेवाली हुन् ।
Surah Ar-Rahman, Verse 72
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले (हे मानव र जिन्न) आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 73
لَمۡ يَطۡمِثۡهُنَّ إِنسٞ قَبۡلَهُمۡ وَلَا جَآنّٞ
जसलाई पहिला न कुनै मनुष्यले छोएको हुन्छ र न कुनै जिन्नले ।
Surah Ar-Rahman, Verse 74
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 75
مُتَّكِـِٔينَ عَلَىٰ رَفۡرَفٍ خُضۡرٖ وَعَبۡقَرِيٍّ حِسَانٖ
उनीहरू हरिया रेशमी डसना र उत्कृष्ट र असाधारण गलैंचाहरूमा तकिया लगाएर बसेका हुनेछन् ।
Surah Ar-Rahman, Verse 76
فَبِأَيِّ ءَالَآءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
Surah Ar-Rahman, Verse 77
تَبَٰرَكَ ٱسۡمُ رَبِّكَ ذِي ٱلۡجَلَٰلِ وَٱلۡإِكۡرَامِ
ठूलै बरकतवाला नाम हो तिम्रो गरिमामय र उदार पालनकर्ताको ।
Surah Ar-Rahman, Verse 78