Surah Al-Waqia - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
إِذَا وَقَعَتِ ٱلۡوَاقِعَةُ
जब कयामत घटित भइहाल्ने छ ।
Surah Al-Waqia, Verse 1
لَيۡسَ لِوَقۡعَتِهَا كَاذِبَةٌ
त्यसको घटित हुने कुरामा केही असत्य छैन ।
Surah Al-Waqia, Verse 2
خَافِضَةٞ رَّافِعَةٌ
कसैलाई तल झार्ने, कसैलाई माथि उचाल्ने हुनेछ ।
Surah Al-Waqia, Verse 3
إِذَا رُجَّتِ ٱلۡأَرۡضُ رَجّٗا
जब धरती भूकम्पको साथ कम्पित गराइनेछ ।
Surah Al-Waqia, Verse 4
وَبُسَّتِ ٱلۡجِبَالُ بَسّٗا
र पहाडहरू फुटालेर साना–साना कणमा परिणत गराइनेछन् ।
Surah Al-Waqia, Verse 5
فَكَانَتۡ هَبَآءٗ مُّنۢبَثّٗا
अनि तिनीहरू धुलो जस्तो भई उड्न थाल्नेछन् ।
Surah Al-Waqia, Verse 6
وَكُنتُمۡ أَزۡوَٰجٗا ثَلَٰثَةٗ
र तिमीहरू तीन समूहमा परिणत हुनेछौ ।
Surah Al-Waqia, Verse 7
فَأَصۡحَٰبُ ٱلۡمَيۡمَنَةِ مَآ أَصۡحَٰبُ ٱلۡمَيۡمَنَةِ
त दाहिना हातवाला, दाहिना हातवाला कस्तो सौभाग्यशाली छन् ।
Surah Al-Waqia, Verse 8
وَأَصۡحَٰبُ ٱلۡمَشۡـَٔمَةِ مَآ أَصۡحَٰبُ ٱلۡمَشۡـَٔمَةِ
र बाँया हातवाला अफशोच बाँया हातवालाको कस्तो हालत छ ।
Surah Al-Waqia, Verse 9
وَٱلسَّـٰبِقُونَ ٱلسَّـٰبِقُونَ
र जो अगाडिवाला छन् उनीहरू त अगाडिवाला नै हुन् ।
Surah Al-Waqia, Verse 10
أُوْلَـٰٓئِكَ ٱلۡمُقَرَّبُونَ
तिनीहरू बिल्कुल (अल्लाहको) सामिप्यता प्राप्त हुन् ।
Surah Al-Waqia, Verse 11
فِي جَنَّـٰتِ ٱلنَّعِيمِ
अनुकम्पाले भरिएको जन्नतमा छन् ।
Surah Al-Waqia, Verse 12
ثُلَّةٞ مِّنَ ٱلۡأَوَّلِينَ
धेरै ठूलो समूह त अघिका मानिसहरूको हुनेछ ।
Surah Al-Waqia, Verse 13
وَقَلِيلٞ مِّنَ ٱلۡأٓخِرِينَ
र थोरै पछिकाहरूमध्येबाट ।
Surah Al-Waqia, Verse 14
عَلَىٰ سُرُرٖ مَّوۡضُونَةٖ
यिनीहरू सुनका तारहरूले बनेका पलंगहरूमाथि ।
Surah Al-Waqia, Verse 15
مُّتَّكِـِٔينَ عَلَيۡهَا مُتَقَٰبِلِينَ
एक अर्काको सामुन्ने तकिया लगाएर बसेका हुनेछन् ।
Surah Al-Waqia, Verse 16
يَطُوفُ عَلَيۡهِمۡ وِلۡدَٰنٞ مُّخَلَّدُونَ
उनको पासमा किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउंदैजांदै गर्नेछन् ।
Surah Al-Waqia, Verse 17
بِأَكۡوَابٖ وَأَبَارِيقَ وَكَأۡسٖ مِّن مَّعِينٖ
अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् ।
Surah Al-Waqia, Verse 18
لَّا يُصَدَّعُونَ عَنۡهَا وَلَا يُنزِفُونَ
जसबाट न त टाउकोमा दर्द हुनेछ र न उनको बुद्धिमा विकार आउनेछ ।
Surah Al-Waqia, Verse 19
وَفَٰكِهَةٖ مِّمَّا يَتَخَيَّرُونَ
र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् ।
Surah Al-Waqia, Verse 20
وَلَحۡمِ طَيۡرٖ مِّمَّا يَشۡتَهُونَ
र पंक्षीका मासु जुन तिनीहरूले रुचाउँछन् ।
Surah Al-Waqia, Verse 21
وَحُورٌ عِينٞ
र ठूला–ठूला आँखा भएकी (अप्सरा) हरू
Surah Al-Waqia, Verse 22
كَأَمۡثَٰلِ ٱللُّؤۡلُوِٕ ٱلۡمَكۡنُونِ
जो लुकेको मोती जस्ती हुनेछिन् ।
Surah Al-Waqia, Verse 23
جَزَآءَۢ بِمَا كَانُواْ يَعۡمَلُونَ
यो उनीहरूको कर्मको प्रतिफल हो ।
Surah Al-Waqia, Verse 24
لَا يَسۡمَعُونَ فِيهَا لَغۡوٗا وَلَا تَأۡثِيمًا
त्यहाँ न व्यर्थका कुरा सुन्नेछन् र न गुनाहका ।
Surah Al-Waqia, Verse 25
إِلَّا قِيلٗا سَلَٰمٗا سَلَٰمٗا
उनीहरूको आपसमा सलामको आदान–प्रदान मात्र हुनेछ ।
Surah Al-Waqia, Verse 26
وَأَصۡحَٰبُ ٱلۡيَمِينِ مَآ أَصۡحَٰبُ ٱلۡيَمِينِ
र दाहिना हातवालाहरू निकै (भाग्यशाली) हुनेछन् ।
Surah Al-Waqia, Verse 27
فِي سِدۡرٖ مَّخۡضُودٖ
उनी काँडा नभएका बयरहरू
Surah Al-Waqia, Verse 28
وَطَلۡحٖ مَّنضُودٖ
र गुच्छेदार केराहरू
Surah Al-Waqia, Verse 29
وَظِلّٖ مَّمۡدُودٖ
र परसम्म फैलिएका छाँयाहरू
Surah Al-Waqia, Verse 30
وَمَآءٖ مَّسۡكُوبٖ
र पानीका झरनाहरू
Surah Al-Waqia, Verse 31
وَفَٰكِهَةٖ كَثِيرَةٖ
र प्रशस्त फलहरूमा (हुनेछन्)
Surah Al-Waqia, Verse 32
لَّا مَقۡطُوعَةٖ وَلَا مَمۡنُوعَةٖ
जुन कहिल्यै समाप्त हुने छैनन् र उनीबाट कसैले रोक्नेछैन ।
Surah Al-Waqia, Verse 33
وَفُرُشٖ مَّرۡفُوعَةٍ
र अग्ला, अग्ला ओछ्यानमा हुनेछन् ।
Surah Al-Waqia, Verse 34
إِنَّآ أَنشَأۡنَٰهُنَّ إِنشَآءٗ
हामीले उनीहरूका स्वास्नीहरूलाई विशेष प्रकारले सृष्टि गरेका छौं ।
Surah Al-Waqia, Verse 35
فَجَعَلۡنَٰهُنَّ أَبۡكَارًا
अनि उनीहरूलाई हामीले कुमारी (पवित्र) बनायौं ।
Surah Al-Waqia, Verse 36
عُرُبًا أَتۡرَابٗا
समान उमेरकी र मायालु ।
Surah Al-Waqia, Verse 37
لِّأَصۡحَٰبِ ٱلۡيَمِينِ
दाहिने हातवालाहरूको निम्ति हुन् ।
Surah Al-Waqia, Verse 38
ثُلَّةٞ مِّنَ ٱلۡأَوَّلِينَ
यिनीहरूमा अघिल्लामध्येका पनि धेरै हुनेछन् ।
Surah Al-Waqia, Verse 39
وَثُلَّةٞ مِّنَ ٱلۡأٓخِرِينَ
र पछिल्लामध्येका पनि धेरै हुनेछन्
Surah Al-Waqia, Verse 40
وَأَصۡحَٰبُ ٱلشِّمَالِ مَآ أَصۡحَٰبُ ٱلشِّمَالِ
र बाँया हातवालाहरू, (अफशोच) बाँया हातवाला कस्ता छन् ।
Surah Al-Waqia, Verse 41
فِي سَمُومٖ وَحَمِيمٖ
गर्म (तातो) हवा र उम्लिराखेको पानीमा हुनेछन् ।
Surah Al-Waqia, Verse 42
وَظِلّٖ مِّن يَحۡمُومٖ
र कालो धुवाँको छाँयामा
Surah Al-Waqia, Verse 43
لَّا بَارِدٖ وَلَا كَرِيمٍ
जुन न चिसो छ न रुचाउने योग्य ।
Surah Al-Waqia, Verse 44
إِنَّهُمۡ كَانُواْ قَبۡلَ ذَٰلِكَ مُتۡرَفِينَ
निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए ।
Surah Al-Waqia, Verse 45
وَكَانُواْ يُصِرُّونَ عَلَى ٱلۡحِنثِ ٱلۡعَظِيمِ
र ठूला–ठूला पापहरू गर्दै बसेका थिए
Surah Al-Waqia, Verse 46
وَكَانُواْ يَقُولُونَ أَئِذَا مِتۡنَا وَكُنَّا تُرَابٗا وَعِظَٰمًا أَءِنَّا لَمَبۡعُوثُونَ
र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं
Surah Al-Waqia, Verse 47
أَوَءَابَآؤُنَا ٱلۡأَوَّلُونَ
र के हाम्रा बाबु बाजे पनि
Surah Al-Waqia, Verse 48
قُلۡ إِنَّ ٱلۡأَوَّلِينَ وَٱلۡأٓخِرِينَ
तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका
Surah Al-Waqia, Verse 49
لَمَجۡمُوعُونَ إِلَىٰ مِيقَٰتِ يَوۡمٖ مَّعۡلُومٖ
सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् ।
Surah Al-Waqia, Verse 50
ثُمَّ إِنَّكُمۡ أَيُّهَا ٱلضَّآلُّونَ ٱلۡمُكَذِّبُونَ
अनि तिमी हे असत्य ठहराउनेवाला पथ विचलितहरू
Surah Al-Waqia, Verse 51
لَأٓكِلُونَ مِن شَجَرٖ مِّن زَقُّومٖ
थूहर (क्याक्टस) को वृक्ष खानेछौ ।
Surah Al-Waqia, Verse 52
فَمَالِـُٔونَ مِنۡهَا ٱلۡبُطُونَ
र यसैले पेट भर्ने छौ
Surah Al-Waqia, Verse 53
فَشَٰرِبُونَ عَلَيۡهِ مِنَ ٱلۡحَمِيمِ
र यसमाथि उम्लिराखेको पानी पिउनेछौ
Surah Al-Waqia, Verse 54
فَشَٰرِبُونَ شُرۡبَ ٱلۡهِيمِ
र पिउँदा पनि (यसप्रकार पिउनेछौं जस्तो कि) तिर्खाएको ऊँट जस्तो
Surah Al-Waqia, Verse 55
هَٰذَا نُزُلُهُمۡ يَوۡمَ ٱلدِّينِ
कयामतको दिन उनीहरूको सत्कार हो यो
Surah Al-Waqia, Verse 56
نَحۡنُ خَلَقۡنَٰكُمۡ فَلَوۡلَا تُصَدِّقُونَ
हामीले तिमी सबैलाई सृष्टि गरेका हौं, तसर्थ तिमीले किन (सत्य) मान्दैनौ
Surah Al-Waqia, Verse 57
أَفَرَءَيۡتُم مَّا تُمۡنُونَ
हेर जुन तिमीले वीर्य (स्वास्नीमा) छाड्छौ
Surah Al-Waqia, Verse 58
ءَأَنتُمۡ تَخۡلُقُونَهُۥٓ أَمۡ نَحۡنُ ٱلۡخَٰلِقُونَ
के तिमीले त्यसबाट मानिसको सृष्टि गर्दछौ वा हामीले नै सृष्टि गर्दछौं
Surah Al-Waqia, Verse 59
نَحۡنُ قَدَّرۡنَا بَيۡنَكُمُ ٱلۡمَوۡتَ وَمَا نَحۡنُ بِمَسۡبُوقِينَ
हामीले नै तिमीमा मृत्यु निर्धारित गरिदिएका छौं र हामी त्यसबाट हारेका होइनौं ।
Surah Al-Waqia, Verse 60
عَلَىٰٓ أَن نُّبَدِّلَ أَمۡثَٰلَكُمۡ وَنُنشِئَكُمۡ فِي مَا لَا تَعۡلَمُونَ
कि हामीले तिम्रो ठाउँमा अरु तिमीहरू जस्तालाई पैदा गर्न सक्छौ र तिमीलाई नयाँ रूपमा त्यस संसारमा पैदा गरिदिन्छौं जसको बारेमा तिमलिाई थाहा छैन ।
Surah Al-Waqia, Verse 61
وَلَقَدۡ عَلِمۡتُمُ ٱلنَّشۡأَةَ ٱلۡأُولَىٰ فَلَوۡلَا تَذَكَّرُونَ
तिमीलाई पहिलो पटकको जन्म थाहा छ, अनि तिमीले किन शिक्षा ग्रहण गर्दैनौ
Surah Al-Waqia, Verse 62
أَفَرَءَيۡتُم مَّا تَحۡرُثُونَ
अनि यो पनि बताऊ जुन तिमीले उब्जाउँछौ
Surah Al-Waqia, Verse 63
ءَأَنتُمۡ تَزۡرَعُونَهُۥٓ أَمۡ نَحۡنُ ٱلزَّـٰرِعُونَ
के तिमीले नै त्यसलाई उब्जाउछौं वा हामी उब्जाउनेवाला हौं
Surah Al-Waqia, Verse 64
لَوۡ نَشَآءُ لَجَعَلۡنَٰهُ حُطَٰمٗا فَظَلۡتُمۡ تَفَكَّهُونَ
यदि हामीले चाह्यौं भने त्यसलाई भुसा गरिदिन्छौं र तिमी कुरा गर्दै रहनेछौ ।
Surah Al-Waqia, Verse 65
إِنَّا لَمُغۡرَمُونَ
(कि अफशोच) हामी त सित्तैमा दण्डमा परिहाल्यौं
Surah Al-Waqia, Verse 66
بَلۡ نَحۡنُ مَحۡرُومُونَ
बरु हामी बिल्कुलै वञ्चित रहयौं ।
Surah Al-Waqia, Verse 67
أَفَرَءَيۡتُمُ ٱلۡمَآءَ ٱلَّذِي تَشۡرَبُونَ
अनि यो बताऊ तिमीले जुन पानीलाई पिउँछौ ।
Surah Al-Waqia, Verse 68
ءَأَنتُمۡ أَنزَلۡتُمُوهُ مِنَ ٱلۡمُزۡنِ أَمۡ نَحۡنُ ٱلۡمُنزِلُونَ
उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं
Surah Al-Waqia, Verse 69
لَوۡ نَشَآءُ جَعَلۡنَٰهُ أُجَاجٗا فَلَوۡلَا تَشۡكُرُونَ
यदि हामीले चाह्यौं भने त्यस पानीलाई खारा बनाइदिन्छौं ? अनि तिमीले कृतज्ञता किन प्रकट गर्दैनौ
Surah Al-Waqia, Verse 70
أَفَرَءَيۡتُمُ ٱلنَّارَ ٱلَّتِي تُورُونَ
हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ
Surah Al-Waqia, Verse 71
ءَأَنتُمۡ أَنشَأۡتُمۡ شَجَرَتَهَآ أَمۡ نَحۡنُ ٱلۡمُنشِـُٔونَ
(के तिमीले) त्यस रुखलाई सृष्टि गर्दछौ वा हामीले त्यसको सृष्टि गरेका छौं
Surah Al-Waqia, Verse 72
نَحۡنُ جَعَلۡنَٰهَا تَذۡكِرَةٗ وَمَتَٰعٗا لِّلۡمُقۡوِينَ
हामीले उसलाई एउटा उपदेशको माध्यम र यात्रीहरू (र आवश्यक पर्नेहरूका) लागि लाभप्रद बनाएका छौं ।
Surah Al-Waqia, Verse 73
فَسَبِّحۡ بِٱسۡمِ رَبِّكَ ٱلۡعَظِيمِ
अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गर ।
Surah Al-Waqia, Verse 74
۞فَلَآ أُقۡسِمُ بِمَوَٰقِعِ ٱلنُّجُومِ
म खस्ने ताराहरूको कसम खान्छु ।
Surah Al-Waqia, Verse 75
وَإِنَّهُۥ لَقَسَمٞ لَّوۡ تَعۡلَمُونَ عَظِيمٌ
र यदि तिमीले बुझ्छौ भने यो ठूलो कसम हो
Surah Al-Waqia, Verse 76
إِنَّهُۥ لَقُرۡءَانٞ كَرِيمٞ
निश्चय नै यो धेरै प्रतिष्ठित कुरआन हो
Surah Al-Waqia, Verse 77
فِي كِتَٰبٖ مَّكۡنُونٖ
जो एउटा सुरक्षित किताबमा अंकित छ ।
Surah Al-Waqia, Verse 78
لَّا يَمَسُّهُۥٓ إِلَّا ٱلۡمُطَهَّرُونَ
त्यसलाई पवित्र (फरिश्ताहरू) मात्र हात लगाउँछन् ।
Surah Al-Waqia, Verse 79
تَنزِيلٞ مِّن رَّبِّ ٱلۡعَٰلَمِينَ
सम्पूर्ण संसारको स्वामीको तर्फबाट अवतरित गरिएको छ ।
Surah Al-Waqia, Verse 80
أَفَبِهَٰذَا ٱلۡحَدِيثِ أَنتُم مُّدۡهِنُونَ
के तिमीले त्यस वाणीलाई साधारण ठान्छौ
Surah Al-Waqia, Verse 81
وَتَجۡعَلُونَ رِزۡقَكُمۡ أَنَّكُمۡ تُكَذِّبُونَ
र आफ्नो भागमा यो लिन्छौ कि यसलाई झूठो ठहराउँदै गर
Surah Al-Waqia, Verse 82
فَلَوۡلَآ إِذَا بَلَغَتِ ٱلۡحُلۡقُومَ
अनि जब प्राण कण्ठमा आइपुग्दछ
Surah Al-Waqia, Verse 83
وَأَنتُمۡ حِينَئِذٖ تَنظُرُونَ
र तिमीले त्यस समय आखाँले हेरिराखेको हुन्छौ
Surah Al-Waqia, Verse 84
وَنَحۡنُ أَقۡرَبُ إِلَيۡهِ مِنكُمۡ وَلَٰكِن لَّا تُبۡصِرُونَ
र हामी त्यस बेला तिमीभन्दा धेरै नजिक हुन्छौं तर तिमीले देख्दैनौ ।
Surah Al-Waqia, Verse 85
فَلَوۡلَآ إِن كُنتُمۡ غَيۡرَ مَدِينِينَ
अतः यदि तिमी कसैको अधीनमा छैनौ ।
Surah Al-Waqia, Verse 86
تَرۡجِعُونَهَآ إِن كُنتُمۡ صَٰدِقِينَ
र यस कुरामा यदि साँचो हौ, त यस प्राणलाई किन फर्काउँदैनौ
Surah Al-Waqia, Verse 87
فَأَمَّآ إِن كَانَ مِنَ ٱلۡمُقَرَّبِينَ
अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको हुनेछ ।
Surah Al-Waqia, Verse 88
فَرَوۡحٞ وَرَيۡحَانٞ وَجَنَّتُ نَعِيمٖ
भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् ।
Surah Al-Waqia, Verse 89
وَأَمَّآ إِن كَانَ مِنۡ أَصۡحَٰبِ ٱلۡيَمِينِ
र जो दाहिने हातावालामध्येको छ
Surah Al-Waqia, Verse 90
فَسَلَٰمٞ لَّكَ مِنۡ أَصۡحَٰبِ ٱلۡيَمِينِ
तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ ।
Surah Al-Waqia, Verse 91
وَأَمَّآ إِن كَانَ مِنَ ٱلۡمُكَذِّبِينَ ٱلضَّآلِّينَ
तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको छ
Surah Al-Waqia, Verse 92
فَنُزُلٞ مِّنۡ حَمِيمٖ
त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ
Surah Al-Waqia, Verse 93
وَتَصۡلِيَةُ جَحِيمٍ
र (फेरि) नर्कमा जानु छ ।
Surah Al-Waqia, Verse 94
إِنَّ هَٰذَا لَهُوَ حَقُّ ٱلۡيَقِينِ
निःसन्देह यो (खबर) पूरै सत्य हो ।
Surah Al-Waqia, Verse 95
فَسَبِّحۡ بِٱسۡمِ رَبِّكَ ٱلۡعَظِيمِ
अतः तिमीले आफ्नो महान् पालनकर्ताको गुणगान गरिराख ।
Surah Al-Waqia, Verse 96