Surah Al-Hadid - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
سَبَّحَ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
आकाशहरू र धरतीमा जे छ सबैले अल्लाहकै गुणगान गर्दैछन् र ऊ अधिपत्यशाली ठूलो तत्वदर्शी छ ।
Surah Al-Hadid, Verse 1
لَهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۖ يُحۡيِۦ وَيُمِيتُۖ وَهُوَ عَلَىٰ كُلِّ شَيۡءٖ قَدِيرٌ
आकाशहरू र धरतीको सत्ता उसैको हो, उसैले जीवन दिन्छ र मृत्यु पनि र ऊ प्रत्येक कुरामा सामथ्र्य सम्पन्न छ ।
Surah Al-Hadid, Verse 2
هُوَ ٱلۡأَوَّلُ وَٱلۡأٓخِرُ وَٱلظَّـٰهِرُ وَٱلۡبَاطِنُۖ وَهُوَ بِكُلِّ شَيۡءٍ عَلِيمٌ
उही पहिला हो र अन्तिम पनि । व्यक्त हो र अव्यक्त पनि । र ऊ हरेक कुरा राम्ररी जान्दछ ।
Surah Al-Hadid, Verse 3
هُوَ ٱلَّذِي خَلَقَ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضَ فِي سِتَّةِ أَيَّامٖ ثُمَّ ٱسۡتَوَىٰ عَلَى ٱلۡعَرۡشِۖ يَعۡلَمُ مَا يَلِجُ فِي ٱلۡأَرۡضِ وَمَا يَخۡرُجُ مِنۡهَا وَمَا يَنزِلُ مِنَ ٱلسَّمَآءِ وَمَا يَعۡرُجُ فِيهَاۖ وَهُوَ مَعَكُمۡ أَيۡنَ مَا كُنتُمۡۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرٞ
उही हो जसले आकाशहरू र पृथ्वीलाई छः (६) दिनमा सृष्टि गर्यो अनि सिंहासनमाथि उच्च भयो । ऊ जान्दछ जे जति धरतीमा प्रवेश गर्दछ र जे–जति उसबाट निस्कन्छ, र जे–जति आकाशबाट अवतरित हुन्छ र जे–जति उसमा चढ्दछ । र तिमी जहाँसुकै भए पनि ऊ तिम्रो साथमा छ र अल्लाह देख्दछ, जे–जति तिमीले गर्दछौ ।
Surah Al-Hadid, Verse 4
لَّهُۥ مُلۡكُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ وَإِلَى ٱللَّهِ تُرۡجَعُ ٱلۡأُمُورُ
आकाशहरू र धरतीको सत्ता उसैको हो र अल्लाहतिर नै सबै कुरा फर्काइन्छन् ।
Surah Al-Hadid, Verse 5
يُولِجُ ٱلَّيۡلَ فِي ٱلنَّهَارِ وَيُولِجُ ٱلنَّهَارَ فِي ٱلَّيۡلِۚ وَهُوَ عَلِيمُۢ بِذَاتِ ٱلصُّدُورِ
उसैले रातलाई दिनमा प्रविष्ट गराउँदछ र दिनलाई रातमा प्रविष्ट गराउँदछ । ऊ छातीमा लुकेका कुराहरू पनि जान्दछ ।
Surah Al-Hadid, Verse 6
ءَامِنُواْ بِٱللَّهِ وَرَسُولِهِۦ وَأَنفِقُواْ مِمَّا جَعَلَكُم مُّسۡتَخۡلَفِينَ فِيهِۖ فَٱلَّذِينَ ءَامَنُواْ مِنكُمۡ وَأَنفَقُواْ لَهُمۡ أَجۡرٞ كَبِيرٞ
(तसर्थ) अल्लाह र उसको रसूलमाथि ईमान ल्याऊ र जुन मालसामानमा उसले तिमीलाई अरुहरूको उत्तराधिकारी बनाएको छ त्यसमध्येबाट खर्च गर । त तिमीहरूमध्ये जसले ईमान ल्याए र खर्च (दान) गरिरहे उनीहरूको निम्ति ठूलो प्रतिफल छ ।
Surah Al-Hadid, Verse 7
وَمَا لَكُمۡ لَا تُؤۡمِنُونَ بِٱللَّهِ وَٱلرَّسُولُ يَدۡعُوكُمۡ لِتُؤۡمِنُواْ بِرَبِّكُمۡ وَقَدۡ أَخَذَ مِيثَٰقَكُمۡ إِن كُنتُم مُّؤۡمِنِينَ
तिमीहरू अल्लाहमाथि ईमान किन ल्याउँदैनौ, जब कि पैगम्बरहरूले तिमीलाई तिम्रो रब (प्रतिपालक) माथि ईमान ल्याउन आमन्त्रण गरिराखेका छन् । र यदि तिमी ईमानवाला हौ भने उसले तिमीसित दृढ वचन पनि लिइसकेको छ ।
Surah Al-Hadid, Verse 8
هُوَ ٱلَّذِي يُنَزِّلُ عَلَىٰ عَبۡدِهِۦٓ ءَايَٰتِۭ بَيِّنَٰتٖ لِّيُخۡرِجَكُم مِّنَ ٱلظُّلُمَٰتِ إِلَى ٱلنُّورِۚ وَإِنَّ ٱللَّهَ بِكُمۡ لَرَءُوفٞ رَّحِيمٞ
उही अल्लाह हो जसले आफ्नो भक्तहरूमाथि स्पष्ट आयतहरू उतारिराखेको छ ताकि उसले तिमीलाई अन्धकारहरूबाट प्रकाशतिर ल्याओस् । वास्तविकता यो छ कि अल्लाह तिमीमाथि अत्यन्त करुणामय र दयावान छ ।
Surah Al-Hadid, Verse 9
وَمَا لَكُمۡ أَلَّا تُنفِقُواْ فِي سَبِيلِ ٱللَّهِ وَلِلَّهِ مِيرَٰثُ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِۚ لَا يَسۡتَوِي مِنكُم مَّنۡ أَنفَقَ مِن قَبۡلِ ٱلۡفَتۡحِ وَقَٰتَلَۚ أُوْلَـٰٓئِكَ أَعۡظَمُ دَرَجَةٗ مِّنَ ٱلَّذِينَ أَنفَقُواْ مِنۢ بَعۡدُ وَقَٰتَلُواْۚ وَكُلّٗا وَعَدَ ٱللَّهُ ٱلۡحُسۡنَىٰۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ خَبِيرٞ
तिमीलाई के भएको छ कि अल्लाहको बाटोमा खर्च गर्दैनौ ? जब कि आकाशहरू र जमिनको स्वामित्व अल्लाहकै निम्ति छ, तिमीहरूमध्ये जुन व्यक्तिले (मक्काको) विजयभन्दा पहिला खर्च गर्यो र लडाई गर्यो उनीहरू अरुको समान हुन सक्दैनन् । उनीहरूको दर्जा ती मानिसहरूभन्दा बढी छ, जसले पछि खर्च गरे र धर्म युद्ध गरे । हो अल्लाहले सबैलाई भलाईको वचन त दिएको छ र जुन काम तिमीले गर्दछौ अल्लाह त्यसलाई जान्दछ ।
Surah Al-Hadid, Verse 10
مَّن ذَا ٱلَّذِي يُقۡرِضُ ٱللَّهَ قَرۡضًا حَسَنٗا فَيُضَٰعِفَهُۥ لَهُۥ وَلَهُۥٓ أَجۡرٞ كَرِيمٞ
को छ जसले अल्लाहलाई राम्रो ऋण देओस्, कि उसले त्यसलाई उसको निम्ति धेरै गुणा बढाउँदै गरुन् । र उसको निम्ति सम्मानित प्रतिफल छ ।
Surah Al-Hadid, Verse 11
يَوۡمَ تَرَى ٱلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِ يَسۡعَىٰ نُورُهُم بَيۡنَ أَيۡدِيهِمۡ وَبِأَيۡمَٰنِهِمۖ بُشۡرَىٰكُمُ ٱلۡيَوۡمَ جَنَّـٰتٞ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ خَٰلِدِينَ فِيهَاۚ ذَٰلِكَ هُوَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ
कयामतको दिन तिमीले मोमिन पुरुषहरूलाई र मोमिन स्त्रीहरूलाई उनको प्रकाश उनीहरूको अगाडि अगाडि र दायाँतिर हिंडिराखेको देख्नेछौ । (उनीसित भनिने छ कि) तिमीलाई शुभसमाचार छ आज तिम्रो निम्ति यस्ता बगैंचाहरूको, जसका धरातलमा नहरहरू बगिराखेका छन्, तिनीहरूमा सदैंव रहनेछौं यही ठूलो सफलता हो ।
Surah Al-Hadid, Verse 12
يَوۡمَ يَقُولُ ٱلۡمُنَٰفِقُونَ وَٱلۡمُنَٰفِقَٰتُ لِلَّذِينَ ءَامَنُواْ ٱنظُرُونَا نَقۡتَبِسۡ مِن نُّورِكُمۡ قِيلَ ٱرۡجِعُواْ وَرَآءَكُمۡ فَٱلۡتَمِسُواْ نُورٗاۖ فَضُرِبَ بَيۡنَهُم بِسُورٖ لَّهُۥ بَابُۢ بَاطِنُهُۥ فِيهِ ٱلرَّحۡمَةُ وَظَٰهِرُهُۥ مِن قِبَلِهِ ٱلۡعَذَابُ
त्यसदिन कपटी पुरुष र स्त्रीहरू मोमिनहरूसित भन्नेछन् कि हाम्रो प्रतीक्षा त गर कि हामीले पनि तिम्रो प्रकाशबाट केही प्रकाश हासिल गरौं त उनीहरूसित भनिने छ कि तिमी पछाडि फर्केर जाऊ, (त्यहाँ) अरु प्रकाश खोज, अनि उनीहरूको बीचमा एउटा पर्खाल उभ्याइने छ, जसमा ढोका पनि हुनेछ उसको भित्री भागमा (अल्लाहको) कृपा हुनेछ र बाहिर सजाय हुनेछ ।
Surah Al-Hadid, Verse 13
يُنَادُونَهُمۡ أَلَمۡ نَكُن مَّعَكُمۡۖ قَالُواْ بَلَىٰ وَلَٰكِنَّكُمۡ فَتَنتُمۡ أَنفُسَكُمۡ وَتَرَبَّصۡتُمۡ وَٱرۡتَبۡتُمۡ وَغَرَّتۡكُمُ ٱلۡأَمَانِيُّ حَتَّىٰ جَآءَ أَمۡرُ ٱللَّهِ وَغَرَّكُم بِٱللَّهِ ٱلۡغَرُورُ
यिनीहरूले (कपटाचारीहरूले मोमिनहरूसित) कराएर भन्नेछन् कि के हामी तिम्रो साथमा थिएनौं, उनीहरूले भन्नेछन् किन थिएनौ, तर तिमीले स्वयं आफूले नै आफूलाई विचलनमा पार्यौ र प्रतीक्षा गरिराख्यौ र सन्देहमा परिरह्यौ र तिम्रा व्यर्थका कामनाहरूले तिमीलाई धोकामा राखे, यहाँसम्म कि अल्लाहको फैसला आइहाल्यो र तिमीलाई अल्लाहको बारेमा धोका दिनेले धोकामै राखिराख्यो ।
Surah Al-Hadid, Verse 14
فَٱلۡيَوۡمَ لَا يُؤۡخَذُ مِنكُمۡ فِدۡيَةٞ وَلَا مِنَ ٱلَّذِينَ كَفَرُواْۚ مَأۡوَىٰكُمُ ٱلنَّارُۖ هِيَ مَوۡلَىٰكُمۡۖ وَبِئۡسَ ٱلۡمَصِيرُ
तसर्थ आज नत तिमीबाट कुनै फिदिया (बदला) स्वीकार गरिनेछ र न काफिरहरूबाट । तिमी सबैको ठेगाना नर्क हो त्यो नै तिमीहरूको साथी हो र त्यो नराम्रो ठेगाना हो ।
Surah Al-Hadid, Verse 15
۞أَلَمۡ يَأۡنِ لِلَّذِينَ ءَامَنُوٓاْ أَن تَخۡشَعَ قُلُوبُهُمۡ لِذِكۡرِ ٱللَّهِ وَمَا نَزَلَ مِنَ ٱلۡحَقِّ وَلَا يَكُونُواْ كَٱلَّذِينَ أُوتُواْ ٱلۡكِتَٰبَ مِن قَبۡلُ فَطَالَ عَلَيۡهِمُ ٱلۡأَمَدُ فَقَسَتۡ قُلُوبُهُمۡۖ وَكَثِيرٞ مِّنۡهُمۡ فَٰسِقُونَ
के मोमिनहरूको निम्ति अहिले पनि यस्तो समय अएको छैन कि उनीहरूका हृदय अल्लाहको लागि र जुन सत्य अवतरित भयो त्यसको लागि नर्म (कोमल) होस् ? र उनीहरू जस्ता नभइहालोस् जसलाई उनीभन्दा अगाडि किताब प्रदान गरेको थियो । अनि त्यस पश्चात लामो कालखण्ड बीत्यो । अनी उनीहरूका हृदय कठोर भइहाले र उनीहरूमध्ये अधिकांश अवज्ञाकारी छन् ।
Surah Al-Hadid, Verse 16
ٱعۡلَمُوٓاْ أَنَّ ٱللَّهَ يُحۡيِ ٱلۡأَرۡضَ بَعۡدَ مَوۡتِهَاۚ قَدۡ بَيَّنَّا لَكُمُ ٱلۡأٓيَٰتِ لَعَلَّكُمۡ تَعۡقِلُونَ
जानिराख कि अल्लाह नै धरतीलाई उसको मृत्यु पश्चात जीवन प्रदान गर्दछ । हामीले तिम्रो निम्ति हाम्रा आयतहरूलाई स्पष्टरूपले वर्णन गरिदिएका छौं, ताकि तिमी बुझ ।
Surah Al-Hadid, Verse 17
إِنَّ ٱلۡمُصَّدِّقِينَ وَٱلۡمُصَّدِّقَٰتِ وَأَقۡرَضُواْ ٱللَّهَ قَرۡضًا حَسَنٗا يُضَٰعَفُ لَهُمۡ وَلَهُمۡ أَجۡرٞ كَرِيمٞ
निःसंदेह खैरात (दान) गर्नेवाला, पुरुषहरू र स्त्रीहरू र जसले अल्लाहलाई राम्रो ऋण दिन्छन्, त्यसलाई उनको निम्ति कैयौं गुणा प्रदान गरिनेछ र उनीहरूको निम्ति सम्मानित प्रतिफल छ ।
Surah Al-Hadid, Verse 18
وَٱلَّذِينَ ءَامَنُواْ بِٱللَّهِ وَرُسُلِهِۦٓ أُوْلَـٰٓئِكَ هُمُ ٱلصِّدِّيقُونَۖ وَٱلشُّهَدَآءُ عِندَ رَبِّهِمۡ لَهُمۡ أَجۡرُهُمۡ وَنُورُهُمۡۖ وَٱلَّذِينَ كَفَرُواْ وَكَذَّبُواْ بِـَٔايَٰتِنَآ أُوْلَـٰٓئِكَ أَصۡحَٰبُ ٱلۡجَحِيمِ
र जुन मानिसहरू अल्लाह र उसका पैगम्बरहरूमाथि ईमान ल्याए उनीहरू आफ्नो पालनकर्ताको समीपमा साँचो र शहीद छन् । उनीहरूको निम्ति उनीहरूको प्रतिफल र प्रकाश छ र जसले कुफ्र गरे र हाम्रा आयतहरूलाई असत्य ठहराए तिनीहरू नर्कीय हुन् ।
Surah Al-Hadid, Verse 19
ٱعۡلَمُوٓاْ أَنَّمَا ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَا لَعِبٞ وَلَهۡوٞ وَزِينَةٞ وَتَفَاخُرُۢ بَيۡنَكُمۡ وَتَكَاثُرٞ فِي ٱلۡأَمۡوَٰلِ وَٱلۡأَوۡلَٰدِۖ كَمَثَلِ غَيۡثٍ أَعۡجَبَ ٱلۡكُفَّارَ نَبَاتُهُۥ ثُمَّ يَهِيجُ فَتَرَىٰهُ مُصۡفَرّٗا ثُمَّ يَكُونُ حُطَٰمٗاۖ وَفِي ٱلۡأٓخِرَةِ عَذَابٞ شَدِيدٞ وَمَغۡفِرَةٞ مِّنَ ٱللَّهِ وَرِضۡوَٰنٞۚ وَمَا ٱلۡحَيَوٰةُ ٱلدُّنۡيَآ إِلَّا مَتَٰعُ ٱلۡغُرُورِ
जानिराख कि संसारको जीवन एउटा खेल र तमाशा र सजावट हो र तिम्रो आपसमा एक अर्कामाथि घमण्ड दर्शाउने र मात्र धन र सन्तानको कुरामा परस्पर एक अर्काभन्दा बढी भएको प्रदर्शित गर्नु हो । जस्तो वर्षा र त्यसद्वारा उब्जनी किसानलाई राम्रो लाग्दछ । अनि त्यो जब पाकिहाल्छ, अनि तिमीले देख्छौ कि पहेंलो भइहाल्यो । अनि त्यसपछि त्यो चूर–चूर भइहाल्छ । र कयामतमा कठोर यातना पनि छ र अल्लाहको क्षमा र प्रसन्नता पनि छ । र सांसारिक जीवन त मात्र धोकाको सुखसामग्री बाहेक केही होइन ।
Surah Al-Hadid, Verse 20
سَابِقُوٓاْ إِلَىٰ مَغۡفِرَةٖ مِّن رَّبِّكُمۡ وَجَنَّةٍ عَرۡضُهَا كَعَرۡضِ ٱلسَّمَآءِ وَٱلۡأَرۡضِ أُعِدَّتۡ لِلَّذِينَ ءَامَنُواْ بِٱللَّهِ وَرُسُلِهِۦۚ ذَٰلِكَ فَضۡلُ ٱللَّهِ يُؤۡتِيهِ مَن يَشَآءُۚ وَٱللَّهُ ذُو ٱلۡفَضۡلِ ٱلۡعَظِيمِ
(आऊ) आफ्नो पालनकर्ताको क्षमा र त्यस स्वर्गतिर अग्रसर होऊ जसको आकार आकाश र धरती बराबर छ, जुन ती मानिसहरूको निम्ति तयार गरिएको छ जसले अल्लाह र उसका रसुलहरूमाथि ईमान राख्दछन् । यो अल्लाहको उदार अनुग्रह हो, जसलाई चाहन्छ प्रदान गर्छ । र अल्लाह धेरै उदार ठूलो अनुग्रहको स्वामी हो ।
Surah Al-Hadid, Verse 21
مَآ أَصَابَ مِن مُّصِيبَةٖ فِي ٱلۡأَرۡضِ وَلَا فِيٓ أَنفُسِكُمۡ إِلَّا فِي كِتَٰبٖ مِّن قَبۡلِ أَن نَّبۡرَأَهَآۚ إِنَّ ذَٰلِكَ عَلَى ٱللَّهِ يَسِيرٞ
जुनसुकै मुसीबत (दुःख संकट) धरतीमा आउँछ या तिमीमाथि त्यसलाई मैले पठाउनुभन्दा पहिला एउटा किताबमा अंकित हुन्छ । यो काम अल्लाहको निम्ति सजिलो छ ।
Surah Al-Hadid, Verse 22
لِّكَيۡلَا تَأۡسَوۡاْ عَلَىٰ مَا فَاتَكُمۡ وَلَا تَفۡرَحُواْ بِمَآ ءَاتَىٰكُمۡۗ وَٱللَّهُ لَا يُحِبُّ كُلَّ مُخۡتَالٖ فَخُورٍ
ताकि तिमीले त्यसकुराबाट अफशोच नगर जुन कि तिमीबाट गुज्रिसकेको छ, र न त्यस कुरामाथि अभिमान गर जुन उसले तिमीलाई प्रदान गरेको छ । अल्लाहलाई कुनै घमण्डी र आत्मप्रशंशकहरू मन पराउँदैनन् ।
Surah Al-Hadid, Verse 23
ٱلَّذِينَ يَبۡخَلُونَ وَيَأۡمُرُونَ ٱلنَّاسَ بِٱلۡبُخۡلِۗ وَمَن يَتَوَلَّ فَإِنَّ ٱللَّهَ هُوَ ٱلۡغَنِيُّ ٱلۡحَمِيدُ
जो स्वयं कञ्जूसी गर्दछन् र अरुहरूलाई पनि कञ्जूसी गर्न प्रेरित गर्दछन् र (सुनिराख) जो कोही पनि विमुख होस्, अल्लाह त निस्पृह प्रशंसनीय छ ।
Surah Al-Hadid, Verse 24
لَقَدۡ أَرۡسَلۡنَا رُسُلَنَا بِٱلۡبَيِّنَٰتِ وَأَنزَلۡنَا مَعَهُمُ ٱلۡكِتَٰبَ وَٱلۡمِيزَانَ لِيَقُومَ ٱلنَّاسُ بِٱلۡقِسۡطِۖ وَأَنزَلۡنَا ٱلۡحَدِيدَ فِيهِ بَأۡسٞ شَدِيدٞ وَمَنَٰفِعُ لِلنَّاسِ وَلِيَعۡلَمَ ٱللَّهُ مَن يَنصُرُهُۥ وَرُسُلَهُۥ بِٱلۡغَيۡبِۚ إِنَّ ٱللَّهَ قَوِيٌّ عَزِيزٞ
निश्चय नै हामीले आफ्ना पैगम्बरहरूलाई स्पष्ट निशानीहरू दिएर पठायौं र उनीहरूमाथि किताब र तुला अवतरित गर्यौं ताकि मानिसहरू न्यायमा दृढ रहुन् र फलाम पनि उतार्यौं । त्यसमा ठूलो खतरा छ र निकै बलियो छ र मानिसहरूका लागि अरु पनि फाइदाहरू छन्, र यस कारण पनि कि अल्लाह थाहा पाइहालोस् कि को परोक्षमा रहँदै उसको र उसका रसूलहरूको सहायता गर्दछ । निश्चय नै अल्लाह शक्तिशाली र अधिपत्यशाली छ ।
Surah Al-Hadid, Verse 25
وَلَقَدۡ أَرۡسَلۡنَا نُوحٗا وَإِبۡرَٰهِيمَ وَجَعَلۡنَا فِي ذُرِّيَّتِهِمَا ٱلنُّبُوَّةَ وَٱلۡكِتَٰبَۖ فَمِنۡهُم مُّهۡتَدٖۖ وَكَثِيرٞ مِّنۡهُمۡ فَٰسِقُونَ
र हामीले ‘‘नूह’’ र ‘‘इब्राहीमलाई’’ संदेष्टा बनाएर पठायौं र उनीहरूको सन्ततिमा पैगम्बरी र किताबलाई (अल्लाह बाट अवतरित हुने) जारी राख्यौं अनि उनीहरूमध्ये केही त सत्मार्ग अपनाए, किन्तु उनीहरूमध्ये धेरै त अवज्ञाकारी नै रहे ।
Surah Al-Hadid, Verse 26
ثُمَّ قَفَّيۡنَا عَلَىٰٓ ءَاثَٰرِهِم بِرُسُلِنَا وَقَفَّيۡنَا بِعِيسَى ٱبۡنِ مَرۡيَمَ وَءَاتَيۡنَٰهُ ٱلۡإِنجِيلَۖ وَجَعَلۡنَا فِي قُلُوبِ ٱلَّذِينَ ٱتَّبَعُوهُ رَأۡفَةٗ وَرَحۡمَةٗۚ وَرَهۡبَانِيَّةً ٱبۡتَدَعُوهَا مَا كَتَبۡنَٰهَا عَلَيۡهِمۡ إِلَّا ٱبۡتِغَآءَ رِضۡوَٰنِ ٱللَّهِ فَمَا رَعَوۡهَا حَقَّ رِعَايَتِهَاۖ فَـَٔاتَيۡنَا ٱلَّذِينَ ءَامَنُواْ مِنۡهُمۡ أَجۡرَهُمۡۖ وَكَثِيرٞ مِّنۡهُمۡ فَٰسِقُونَ
अनि उनीहरूपछि पनि हामीले एकपछि अर्को रसूल पठाउँदै गर्यौं र उनीपछि ‘‘मरियमको’’ छोरा ‘‘ईसालाई’’ पठायौं र उनलाई ‘‘इन्जील’’ प्रदान गर्यौं र उनको अनुशरण गर्नेहरूको हृदयमा हामीले करुणा र दया सृजना गर्यौं । रह्यो सन्यासको कुरा त उनीहरूले स्वयं बनाएका थिए हामीले त्यसलाई उनीहरूको निम्ति अनिवार्य गरेका थिएनौं यदि अनिवार्य गरेका थियौं त केवल अल्लाहको प्रसन्नताको चाहना । अनि उनीहरूले त्यसको निर्वाह गर्न सकेनन् । अतः ती मानिसहरूलाई जो तिनीहरूमध्ये ईमान ल्याएका थिए, उनीहरूलाई उनको प्रतिफल हामीले प्रदान गर्यौं । तर उनीहरूमध्ये धेरै अवज्ञाकारी नै छन् ।
Surah Al-Hadid, Verse 27
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ ٱتَّقُواْ ٱللَّهَ وَءَامِنُواْ بِرَسُولِهِۦ يُؤۡتِكُمۡ كِفۡلَيۡنِ مِن رَّحۡمَتِهِۦ وَيَجۡعَل لَّكُمۡ نُورٗا تَمۡشُونَ بِهِۦ وَيَغۡفِرۡ لَكُمۡۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ
हे मोमिनहरू ! अल्लाहसित डर र उसको रसुलहरूमाथि ईमान ल्याऊ । अल्लाहले तिमीलाई आफ्नो दयाको दुईगुणा भाग प्रदान गर्नेछ र तिम्रो निम्ति एउटा प्रकाश दिनेछ, जसको प्रकाशमा तिमी हिंड्नेछौ र तिम्रो पाप पनि क्षमा गरिदिनेछ । अल्लाह बडो क्षमाशील र अत्यन्त दयावान छ ।
Surah Al-Hadid, Verse 28
لِّئَلَّا يَعۡلَمَ أَهۡلُ ٱلۡكِتَٰبِ أَلَّا يَقۡدِرُونَ عَلَىٰ شَيۡءٖ مِّن فَضۡلِ ٱللَّهِ وَأَنَّ ٱلۡفَضۡلَ بِيَدِ ٱللَّهِ يُؤۡتِيهِ مَن يَشَآءُۚ وَٱللَّهُ ذُو ٱلۡفَضۡلِ ٱلۡعَظِيمِ
यो यसकारण कि किताब मान्नेहरूले जानिहालुन् कि उनीहरूलाई अल्लाहको अनुग्रहको कुनै भागमाथि केही पनि अधिकार प्राप्त छैन र यो कि सम्पूर्ण अनुग्रह अल्लाहकै हातमा छ, जसलाई चाहन्छ, प्रदान गर्दछ र अल्लाह ठूलो अनुग्रहको स्वामी छ ।
Surah Al-Hadid, Verse 29