Surah Al-Mumtahana - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَتَّخِذُواْ عَدُوِّي وَعَدُوَّكُمۡ أَوۡلِيَآءَ تُلۡقُونَ إِلَيۡهِم بِٱلۡمَوَدَّةِ وَقَدۡ كَفَرُواْ بِمَا جَآءَكُم مِّنَ ٱلۡحَقِّ يُخۡرِجُونَ ٱلرَّسُولَ وَإِيَّاكُمۡ أَن تُؤۡمِنُواْ بِٱللَّهِ رَبِّكُمۡ إِن كُنتُمۡ خَرَجۡتُمۡ جِهَٰدٗا فِي سَبِيلِي وَٱبۡتِغَآءَ مَرۡضَاتِيۚ تُسِرُّونَ إِلَيۡهِم بِٱلۡمَوَدَّةِ وَأَنَا۠ أَعۡلَمُ بِمَآ أَخۡفَيۡتُمۡ وَمَآ أَعۡلَنتُمۡۚ وَمَن يَفۡعَلۡهُ مِنكُمۡ فَقَدۡ ضَلَّ سَوَآءَ ٱلسَّبِيلِ
हे मोमिनहरू ! मेरो र आफ्नो शत्रुहरूलाई आफ्नो मित्र नबनाऊ, तिमी त मित्रताबाट उनीहरूकहाँ सन्देश पठाउँछौ र तिनीहरू त्यस सत्यलाई जुन तिम्रो नजिक आइसकेको छ इन्कार गर्दछन्, पैगम्बर र तिमीलाई यसकारण मात्र निर्वासन गर्दछन् कि तिमी आफ्नो पालनकर्तामाथि ईमान राख्दछौ । यदि तिमी मेरो मार्गमा धर्मयुद्धको लागि र मेरो प्रसन्नताको खोजीमा निस्कन्छौ त तिमी उनीनिर मित्रताको सन्देश गोप्यरूपले पठाउँछौ र मलाई पूर्ण ज्ञात छ । जो तिमीले मबाट लुकाएका छौ र त्यो पनि जसलाई तिमी खुल्लारूपले गरेका हौ । तिमीहरूमध्ये जोकोही पनि यस्तो काम गर्नेछ । त्यो निःसन्देह सोझो मार्गबाट विचलित भइहाल्छ ।
Surah Al-Mumtahana, Verse 1
إِن يَثۡقَفُوكُمۡ يَكُونُواْ لَكُمۡ أَعۡدَآءٗ وَيَبۡسُطُوٓاْ إِلَيۡكُمۡ أَيۡدِيَهُمۡ وَأَلۡسِنَتَهُم بِٱلسُّوٓءِ وَوَدُّواْ لَوۡ تَكۡفُرُونَ
यदि यी नास्तिक (काफिरहरू), तिमीमाथि नियन्त्रण पाउँछन् भने तिम्रा शत्रु भइहाल्छन् र दुःख पुर्याउनका निम्ति तिमीमाथि हातपात गर्नेछन, र अपशब्द पनि भन्ने गर्छन्, र चाहन्छन् कि तिमी कुनै तरीकाले काफिर भइहाल ।
Surah Al-Mumtahana, Verse 2
لَن تَنفَعَكُمۡ أَرۡحَامُكُمۡ وَلَآ أَوۡلَٰدُكُمۡۚ يَوۡمَ ٱلۡقِيَٰمَةِ يَفۡصِلُ بَيۡنَكُمۡۚ وَٱللَّهُ بِمَا تَعۡمَلُونَ بَصِيرٞ
कयामतको दिन न तिम्रा सम्बन्धीहरू, र न सन्तानहरू कुनै काम आउने छन् । त्यस दिन अल्लाहले तिमीहरूबीच न्याय गर्नेछ र जे–जति तिमीले गर्दछौ, अल्लाहले त्यसलाई देख्दछ ।
Surah Al-Mumtahana, Verse 3
قَدۡ كَانَتۡ لَكُمۡ أُسۡوَةٌ حَسَنَةٞ فِيٓ إِبۡرَٰهِيمَ وَٱلَّذِينَ مَعَهُۥٓ إِذۡ قَالُواْ لِقَوۡمِهِمۡ إِنَّا بُرَءَـٰٓؤُاْ مِنكُمۡ وَمِمَّا تَعۡبُدُونَ مِن دُونِ ٱللَّهِ كَفَرۡنَا بِكُمۡ وَبَدَا بَيۡنَنَا وَبَيۡنَكُمُ ٱلۡعَدَٰوَةُ وَٱلۡبَغۡضَآءُ أَبَدًا حَتَّىٰ تُؤۡمِنُواْ بِٱللَّهِ وَحۡدَهُۥٓ إِلَّا قَوۡلَ إِبۡرَٰهِيمَ لِأَبِيهِ لَأَسۡتَغۡفِرَنَّ لَكَ وَمَآ أَمۡلِكُ لَكَ مِنَ ٱللَّهِ مِن شَيۡءٖۖ رَّبَّنَا عَلَيۡكَ تَوَكَّلۡنَا وَإِلَيۡكَ أَنَبۡنَا وَإِلَيۡكَ ٱلۡمَصِيرُ
तिमीहरूको निम्ति ‘‘इब्राहीम (अलैहिस्सलाम)मा’’ र उनको साथीहरूमा उच्चतम नमूना छ । जबकि उनले, आफ्नो समुदायका मानिसहरूसित स्पष्टरूपले भने कि हामी तिमीसित र अल्लाहबाट हटेर जसलाई तिमीहरू पूजा गर्दछौ, उनीहरूबाट विरक्त छौं । हामीले तिम्रो इन्कार गर्दछौं र हाम्रो हाम्रोबीच सधैंको लागि शत्रुता र विद्धेष प्रकट भइसक्यो, जबसम्म तिमी एउटै अल्लाहमाथि ईमान ल्याउँदैनौ । तर इब्राहीमको आफ्नो पितासित यो भन्नु अपवाद हो कि म तपाईको लागि क्षमाको प्रार्थना अवश्य गर्नेछु र अल्लाहको सामु तपाईको सम्बन्धमा मलाई कुनै कुराको अधिकार प्राप्त छैन । हे हाम्रो पालनकर्ता, तिमीमाथि नै हाम्रो भरोसा छ र तिमीतिर नै हामी प्रवृत्त हुन्छौं, र तिम्रैतिर फर्केर आउनु पर्नेछ ।
Surah Al-Mumtahana, Verse 4
رَبَّنَا لَا تَجۡعَلۡنَا فِتۡنَةٗ لِّلَّذِينَ كَفَرُواْ وَٱغۡفِرۡ لَنَا رَبَّنَآۖ إِنَّكَ أَنتَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
हे, हाम्रो पालनकर्ता ! तिमीले हामीलाई काफिरहरूको परीक्षामा नहाल । र हे हाम्रो पालनकर्ता ! हामीलाई क्षमा गरिदेऊ । निश्चय नै तिमी अधिपत्यशाली, तत्वदर्शी छौ ।
Surah Al-Mumtahana, Verse 5
لَقَدۡ كَانَ لَكُمۡ فِيهِمۡ أُسۡوَةٌ حَسَنَةٞ لِّمَن كَانَ يَرۡجُواْ ٱللَّهَ وَٱلۡيَوۡمَ ٱلۡأٓخِرَۚ وَمَن يَتَوَلَّ فَإِنَّ ٱللَّهَ هُوَ ٱلۡغَنِيُّ ٱلۡحَمِيدُ
निश्चय नै तिम्रो निम्ति यिनीहरूमा राम्रो आदर्श छ र त्यस व्यक्तिको निम्ति जसले अल्लाह र अन्तिम दिनको भेटको आशा राख्दछ । र जो कोही विमुख हुन्छ त अल्लाह त निस्पृह, सजाय दिनेवाला र आफू स्वयंमा प्रशंसित छ ।
Surah Al-Mumtahana, Verse 6
۞عَسَى ٱللَّهُ أَن يَجۡعَلَ بَيۡنَكُمۡ وَبَيۡنَ ٱلَّذِينَ عَادَيۡتُم مِّنۡهُم مَّوَدَّةٗۚ وَٱللَّهُ قَدِيرٞۚ وَٱللَّهُ غَفُورٞ رَّحِيمٞ
हुनसक्छ कि अल्लाहले चाँडै तिमी र तिम्रा शत्रुहरूबीच, मित्रताको सृजना गरिदिओस् । अल्लाह बडो सामथ्र्यवान छ र अल्लाह अतयन्त क्षमाशील दयावान छ ।
Surah Al-Mumtahana, Verse 7
لَّا يَنۡهَىٰكُمُ ٱللَّهُ عَنِ ٱلَّذِينَ لَمۡ يُقَٰتِلُوكُمۡ فِي ٱلدِّينِ وَلَمۡ يُخۡرِجُوكُم مِّن دِيَٰرِكُمۡ أَن تَبَرُّوهُمۡ وَتُقۡسِطُوٓاْ إِلَيۡهِمۡۚ إِنَّ ٱللَّهَ يُحِبُّ ٱلۡمُقۡسِطِينَ
जुन मानिसहरूले तिमीसित धर्मको बारेमा युद्ध गरेनन् र न तिमीलाई तिम्रा घरहरूबाट निष्कासित गरे, उनीहरूसँग राम्रो र न्यायपूर्ण व्यवहार गर्नुबाट अल्लाहले तिमीलाई मनाहि गर्दैन । अपितु अल्लाहले त न्याय गर्नेहरूसँग प्रेम गर्दछ ।
Surah Al-Mumtahana, Verse 8
إِنَّمَا يَنۡهَىٰكُمُ ٱللَّهُ عَنِ ٱلَّذِينَ قَٰتَلُوكُمۡ فِي ٱلدِّينِ وَأَخۡرَجُوكُم مِّن دِيَٰرِكُمۡ وَظَٰهَرُواْ عَلَىٰٓ إِخۡرَاجِكُمۡ أَن تَوَلَّوۡهُمۡۚ وَمَن يَتَوَلَّهُمۡ فَأُوْلَـٰٓئِكَ هُمُ ٱلظَّـٰلِمُونَ
अल्लाहले ती मानिसहरूसँग मात्र तिमीलाई मित्रता गर्नुबाट मनाही गर्दछ, जसले तिमीसित धर्मको बारेमा लडाई गरे, र तिमीलाई तिम्रा घरहरूबाट निष्कासित गरे र तिम्रो निष्काशनमा अरुको सहायता गरे । तसर्थ जुन मानिसहरूले यस्ता मानिसहरूसँग मित्रता गर्छन्, तिनै अत्याचारी हुन् ।
Surah Al-Mumtahana, Verse 9
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُوٓاْ إِذَا جَآءَكُمُ ٱلۡمُؤۡمِنَٰتُ مُهَٰجِرَٰتٖ فَٱمۡتَحِنُوهُنَّۖ ٱللَّهُ أَعۡلَمُ بِإِيمَٰنِهِنَّۖ فَإِنۡ عَلِمۡتُمُوهُنَّ مُؤۡمِنَٰتٖ فَلَا تَرۡجِعُوهُنَّ إِلَى ٱلۡكُفَّارِۖ لَا هُنَّ حِلّٞ لَّهُمۡ وَلَا هُمۡ يَحِلُّونَ لَهُنَّۖ وَءَاتُوهُم مَّآ أَنفَقُواْۚ وَلَا جُنَاحَ عَلَيۡكُمۡ أَن تَنكِحُوهُنَّ إِذَآ ءَاتَيۡتُمُوهُنَّ أُجُورَهُنَّۚ وَلَا تُمۡسِكُواْ بِعِصَمِ ٱلۡكَوَافِرِ وَسۡـَٔلُواْ مَآ أَنفَقۡتُمۡ وَلۡيَسۡـَٔلُواْ مَآ أَنفَقُواْۚ ذَٰلِكُمۡ حُكۡمُ ٱللَّهِ يَحۡكُمُ بَيۡنَكُمۡۖ وَٱللَّهُ عَلِيمٌ حَكِيمٞ
मोमिनहरू ! जब तिम्रो पासमा मोमिन स्त्रीहरू आप्रवासी भएर आउँछिन् भने उनीहरूलाई तिमीले जाँचीहाल । वास्तवमा उनीहरूको ईमानलाई राम्ररी परीक्षा गर्ने त अल्लाह हो तर यदि उनीहरू तिमीलाई ईमानवाली लाग्दछिन् भने, उनीहरूलाई तिमीले अब कुफ्फारको पासमा फिर्ता नपठाऊ । ती स्त्रीहरू उनीहरूको लागि वैध छैनन्, र न उनीहरू ती स्त्रीहरूको लागि वैध छन् । र जे–जति ती काफिरहरूले खर्च गरेका छन्, त्यो उनीहरूलाई फिर्ता दिइहाल । र ती स्त्रीहरूलाई महर दिएर उनीसित निकाह गर्नुमा तिमीलाई कुनै पाप छैन । र काफिर स्त्रीहरूको सतित्व आफ्नो बैवाहिक अधिकारमा नराख जे–जति तिमीले उनीहरूमाथि खर्च गरेका छौ, तिमीले उनीहरूसित माँगिहाल र जे–जति काफिरहरूले खर्च गरेका छन्, त्यो काफिरहरू माँगिहालुन्, यो अल्लाहको निर्णय हो, जसले तिमीहरूबीच फैसला गर्दछ । अल्लाह सर्वज्ञानी र तत्वदर्शी छ ।
Surah Al-Mumtahana, Verse 10
وَإِن فَاتَكُمۡ شَيۡءٞ مِّنۡ أَزۡوَٰجِكُمۡ إِلَى ٱلۡكُفَّارِ فَعَاقَبۡتُمۡ فَـَٔاتُواْ ٱلَّذِينَ ذَهَبَتۡ أَزۡوَٰجُهُم مِّثۡلَ مَآ أَنفَقُواْۚ وَٱتَّقُواْ ٱللَّهَ ٱلَّذِيٓ أَنتُم بِهِۦ مُؤۡمِنُونَ
र यदि तिम्रो कुनै स्त्री(स्वास्नी) तिम्रो हातबाट फुत्केर काफिरहरूकहाँ गइहाल्छी र तिमीलाई उनीहरूसित बदलाको औसर प्राप्त हुन्छ भने जसका स्त्रीहरू गइहालेका छिन्, उनीहरूलाई त्यति दिइहाल जति उनीहरूले खर्च गरेका थिए, र अल्लाहसित डर जसमाथि तिमी ईमान राख्दछौ ।
Surah Al-Mumtahana, Verse 11
يَـٰٓأَيُّهَا ٱلنَّبِيُّ إِذَا جَآءَكَ ٱلۡمُؤۡمِنَٰتُ يُبَايِعۡنَكَ عَلَىٰٓ أَن لَّا يُشۡرِكۡنَ بِٱللَّهِ شَيۡـٔٗا وَلَا يَسۡرِقۡنَ وَلَا يَزۡنِينَ وَلَا يَقۡتُلۡنَ أَوۡلَٰدَهُنَّ وَلَا يَأۡتِينَ بِبُهۡتَٰنٖ يَفۡتَرِينَهُۥ بَيۡنَ أَيۡدِيهِنَّ وَأَرۡجُلِهِنَّ وَلَا يَعۡصِينَكَ فِي مَعۡرُوفٖ فَبَايِعۡهُنَّ وَٱسۡتَغۡفِرۡ لَهُنَّ ٱللَّهَۚ إِنَّ ٱللَّهَ غَفُورٞ رَّحِيمٞ
हे पैगम्बर जब तिम्रो पासमा मोमिना स्त्रीहरू यस कुरामा बैअत (बाचा) गर्न आउँछिन् कि उनीहरूले अल्लाहसित अरु कसैलाई साझेदार बनाउने छैनिन् न चोरी गर्नेछिन्, न व्यभिचार गर्नेछिन्, न आफ्ना सन्तानहरूको हत्या गर्नेछिन् र न आफ्ना हात र खुट्टाहरूबीच कुनै आरोप रच्नेछिन्, र कुनै राम्रो काममा न तिम्रो अवज्ञा गर्नेछिन्, तब उनीहरूसित वाचा लिइहाल्नुस् र उनीहरूको निम्ति अल्लाहसित क्षमाको प्रार्थना गर्नुस् । निश्चय नै अल्लाह बडो क्षमाशील र अत्यन्त दयावान छ ।
Surah Al-Mumtahana, Verse 12
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لَا تَتَوَلَّوۡاْ قَوۡمًا غَضِبَ ٱللَّهُ عَلَيۡهِمۡ قَدۡ يَئِسُواْ مِنَ ٱلۡأٓخِرَةِ كَمَا يَئِسَ ٱلۡكُفَّارُ مِنۡ أَصۡحَٰبِ ٱلۡقُبُورِ
हे ईमानवालाहरू! तिमी यस्ता मानिसहरूसित मित्रता नगर जसमाथि अल्लाहको प्रकोप भइसकेको छ । जो परलोकबाट यसरी निराश भइसकेका छन्, जुन प्रकारले इन्कार गर्नेवालाहरू चिहान वालाहरूसित निराश भइसकेकाछन् ।
Surah Al-Mumtahana, Verse 13