Surah As-Saff - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
سَبَّحَ لِلَّهِ مَا فِي ٱلسَّمَٰوَٰتِ وَمَا فِي ٱلۡأَرۡضِۖ وَهُوَ ٱلۡعَزِيزُ ٱلۡحَكِيمُ
आकाश र धरतीमा भएका सबैले अल्लाहको गुणगान गर्छन् र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
Surah As-Saff, Verse 1
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ لِمَ تَقُولُونَ مَا لَا تَفۡعَلُونَ
हे मोमिनहरू ! तिमीले यस्ता कुरा किन भन्ने गर्दछौ जो गर्दैनौ
Surah As-Saff, Verse 2
كَبُرَ مَقۡتًا عِندَ ٱللَّهِ أَن تَقُولُواْ مَا لَا تَفۡعَلُونَ
तिमी जुन गर्दैनौ त्यो भन्नु अल्लाहलाई धेरै अप्रिय छ ।
Surah As-Saff, Verse 3
إِنَّ ٱللَّهَ يُحِبُّ ٱلَّذِينَ يُقَٰتِلُونَ فِي سَبِيلِهِۦ صَفّٗا كَأَنَّهُم بُنۡيَٰنٞ مَّرۡصُوصٞ
निःसन्देह अल्लाहले तिनीहरूसंग प्रेम गर्नुहुन्छ जुन मानिसहरूले अल्लाहको मार्गमा स्थिर भई लड्छन् कि मानौं सीसा भरिएको बलियो ठोस पर्खाल हुन् ।
Surah As-Saff, Verse 4
وَإِذۡ قَالَ مُوسَىٰ لِقَوۡمِهِۦ يَٰقَوۡمِ لِمَ تُؤۡذُونَنِي وَقَد تَّعۡلَمُونَ أَنِّي رَسُولُ ٱللَّهِ إِلَيۡكُمۡۖ فَلَمَّا زَاغُوٓاْ أَزَاغَ ٱللَّهُ قُلُوبَهُمۡۚ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلۡفَٰسِقِينَ
र स्मरण गर जब ‘‘मूसा(अलैहिस्सलाम)ले’’ आफ्नो कौमसित भने कि हे मेरो समुदायका मानिसहरू तिमीले मलाई किन दुःख दिन्छौ, जब कि तिमी जान्दछौ कि म तिम्रो लागि अल्लाहले पठाएको रसूल हूँ, अनि जब उनीहरूले बाङ्गोपना अपनाए त अल्लाहले पनि उनको हृदयलाई बढी बाङ्गो बनाइदियो । र अल्लाहले अवज्ञाकारीहरूलाई सोझो मार्ग देखाउँदैन ।
Surah As-Saff, Verse 5
وَإِذۡ قَالَ عِيسَى ٱبۡنُ مَرۡيَمَ يَٰبَنِيٓ إِسۡرَـٰٓءِيلَ إِنِّي رَسُولُ ٱللَّهِ إِلَيۡكُم مُّصَدِّقٗا لِّمَا بَيۡنَ يَدَيَّ مِنَ ٱلتَّوۡرَىٰةِ وَمُبَشِّرَۢا بِرَسُولٖ يَأۡتِي مِنۢ بَعۡدِي ٱسۡمُهُۥٓ أَحۡمَدُۖ فَلَمَّا جَآءَهُم بِٱلۡبَيِّنَٰتِ قَالُواْ هَٰذَا سِحۡرٞ مُّبِينٞ
र जब मरियमको छोरा ईसा(अलैहिस्सलाम)ले भनेः कि हे मेरो कौम बनी इस्राईल ! म तिमी सबैको लागि अल्लाहबाट पठाइएको रसूल हूँ । मभन्दा पहिलेको किताब तौरातको म प्रमाणित गर्नेवाला छु र मपछि आउने एउटा संदेष्टा जसको नाम अहमद हुनेछ, उनको शुभागमनको शुभसन्देश सुनाउँछु । अनि जब उनी तिनीहरूको पासमा स्पष्ट निशानीहरू लिएर आए, तब तिनीहरूले भन्न थाले कि यो त स्पष्ट जादू हो ।
Surah As-Saff, Verse 6
وَمَنۡ أَظۡلَمُ مِمَّنِ ٱفۡتَرَىٰ عَلَى ٱللَّهِ ٱلۡكَذِبَ وَهُوَ يُدۡعَىٰٓ إِلَى ٱلۡإِسۡلَٰمِۚ وَٱللَّهُ لَا يَهۡدِي ٱلۡقَوۡمَ ٱلظَّـٰلِمِينَ
अब त्यस व्यक्तिभन्दा बढी अत्याचारी को होला जसले अल्लाहमाथि मनगढन्ते दोषारोपण गर्दछ, जबकि उसलाई इस्लामतिर बोलाइदै छ ? अल्लाहले अत्याचारीहरूलाई सिधा मार्ग देखाउँदैन ।
Surah As-Saff, Verse 7
يُرِيدُونَ لِيُطۡفِـُٔواْ نُورَ ٱللَّهِ بِأَفۡوَٰهِهِمۡ وَٱللَّهُ مُتِمُّ نُورِهِۦ وَلَوۡ كَرِهَ ٱلۡكَٰفِرُونَ
उनीहरूले चाहन्छन्ः कि अल्लाहको प्रकाशलाई आफ्नो मूखले निभाइदेउन् । किन्तु अल्लाहले आफ्नो प्रकाशलाई पूर्ण गर्नेवाला छ, यद्यपि इन्कार गर्नेहरूलाई अप्रिय नै किन नलागोस् ।
Surah As-Saff, Verse 8
هُوَ ٱلَّذِيٓ أَرۡسَلَ رَسُولَهُۥ بِٱلۡهُدَىٰ وَدِينِ ٱلۡحَقِّ لِيُظۡهِرَهُۥ عَلَى ٱلدِّينِ كُلِّهِۦ وَلَوۡ كَرِهَ ٱلۡمُشۡرِكُونَ
उही त हो, जसले आफ्नो रसूललाई मार्गदर्शन र सत्यधर्मको साथ पठायो ताकि त्यसलाई अरु धर्महरूमाथि अधिपत्य प्रदान गरोस्, चाहे मुश्रिकहरूलाई अप्रिय नै किन नलागोस् ।
Surah As-Saff, Verse 9
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ هَلۡ أَدُلُّكُمۡ عَلَىٰ تِجَٰرَةٖ تُنجِيكُم مِّنۡ عَذَابٍ أَلِيمٖ
हे ईमानवालाहरू ! के मैले तिमीहरूलाई यस्तो व्यापार बताऊँ जसले तिमीलाई दुःखद यातनाबाट बचाइहालोस् ।
Surah As-Saff, Verse 10
تُؤۡمِنُونَ بِٱللَّهِ وَرَسُولِهِۦ وَتُجَٰهِدُونَ فِي سَبِيلِ ٱللَّهِ بِأَمۡوَٰلِكُمۡ وَأَنفُسِكُمۡۚ ذَٰلِكُمۡ خَيۡرٞ لَّكُمۡ إِن كُنتُمۡ تَعۡلَمُونَ
अल्लाहमाथि र उसको रसूलमाथि आस्था राख र अल्लाहको बाटोमा आफ्नो सम्पत्ति र ज्यानले जेहाद (धर्मयुद्ध) गर, यो तिम्रो हकमा राम्रो छ यदि तिमीमा ज्ञान छ ।
Surah As-Saff, Verse 11
يَغۡفِرۡ لَكُمۡ ذُنُوبَكُمۡ وَيُدۡخِلۡكُمۡ جَنَّـٰتٖ تَجۡرِي مِن تَحۡتِهَا ٱلۡأَنۡهَٰرُ وَمَسَٰكِنَ طَيِّبَةٗ فِي جَنَّـٰتِ عَدۡنٖۚ ذَٰلِكَ ٱلۡفَوۡزُ ٱلۡعَظِيمُ
अल्लाहले तिम्रा पापहरूलाई माफ गरिदिनेछ र तिमीलाई स्वर्गका बगैंचाहरू जसमुनि नहरहरू बगिराखेका छन्, र सफा घरमा जुन सधैंका स्वर्गमा छन्, प्रविष्ट गराउनेछ । यो ठूलो सफलता हो ।
Surah As-Saff, Verse 12
وَأُخۡرَىٰ تُحِبُّونَهَاۖ نَصۡرٞ مِّنَ ٱللَّهِ وَفَتۡحٞ قَرِيبٞۗ وَبَشِّرِ ٱلۡمُؤۡمِنِينَ
र एउटा अर्को पुरस्कार पनि दिनेछ जसलाई तिमीले रुचाउँछौ त्यो अल्लाहको तर्फबाट सहायता र शीघ्र विजयप्राप्ति हुनेछ मोमिनहरूलाई (यसको) शुभसन्देश सुनाइदेऊ ।
Surah As-Saff, Verse 13
يَـٰٓأَيُّهَا ٱلَّذِينَ ءَامَنُواْ كُونُوٓاْ أَنصَارَ ٱللَّهِ كَمَا قَالَ عِيسَى ٱبۡنُ مَرۡيَمَ لِلۡحَوَارِيِّـۧنَ مَنۡ أَنصَارِيٓ إِلَى ٱللَّهِۖ قَالَ ٱلۡحَوَارِيُّونَ نَحۡنُ أَنصَارُ ٱللَّهِۖ فَـَٔامَنَت طَّآئِفَةٞ مِّنۢ بَنِيٓ إِسۡرَـٰٓءِيلَ وَكَفَرَت طَّآئِفَةٞۖ فَأَيَّدۡنَا ٱلَّذِينَ ءَامَنُواْ عَلَىٰ عَدُوِّهِمۡ فَأَصۡبَحُواْ ظَٰهِرِينَ
हे मोमिनहरू ! तिमी अल्लाहको मद्दत गर्ने भइहाल जस्तो कि ईसा बिन मरियमले हवारीहरूसित भनेका थिएः कि को छ जसले अल्लाहको बाटोमा मेरो सहायता गर्नेछ ? हवारीहरूले भनेः कि हामी अल्लाहको बाटोमा मद्दतदिने हौं त बनी इस्राईलमध्ये एउटा समूहले त ईमान ल्यायो र एउटा समूह काफिर रह्यो । अन्ततः हामीले ईमानवालाहरूलाई उनीहरूको शत्रुहरूको मुकाबिलामा मद्दत गर्यौं त उनीहरूलाई वर्चस्व प्राप्त भइहाल्यो ।
Surah As-Saff, Verse 14