Surah Al-Haaqqa - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
ٱلۡحَآقَّةُ
वास्तवमा भएर नै छाड्नेवाला
Surah Al-Haaqqa, Verse 1
مَا ٱلۡحَآقَّةُ
प्रमाणित हुनेवाला के हो
Surah Al-Haaqqa, Verse 2
وَمَآ أَدۡرَىٰكَ مَا ٱلۡحَآقَّةُ
र तिमीलाई के थाहा छ कि त्यो वास्तविक प्रमाणित हुनेवाला के हो
Surah Al-Haaqqa, Verse 3
كَذَّبَتۡ ثَمُودُ وَعَادُۢ بِٱلۡقَارِعَةِ
त्यस ठूलो स्वरको कराउने गड्गडाहट वालालाई ‘‘समूद’’ र ‘‘आद’’ (दुवै) ले असत्य मानेका थिए ।
Surah Al-Haaqqa, Verse 4
فَأَمَّا ثَمُودُ فَأُهۡلِكُواْ بِٱلطَّاغِيَةِ
जसको परिणाममा ‘‘समूद’’लाई भयंकर चटयाङ्गबाट नष्ट गरियो ।
Surah Al-Haaqqa, Verse 5
وَأَمَّا عَادٞ فَأُهۡلِكُواْ بِرِيحٖ صَرۡصَرٍ عَاتِيَةٖ
र ‘‘आद’’ ठूलो तीव्र हुरीबाट समाप्त गरिए ।
Surah Al-Haaqqa, Verse 6
سَخَّرَهَا عَلَيۡهِمۡ سَبۡعَ لَيَالٖ وَثَمَٰنِيَةَ أَيَّامٍ حُسُومٗاۖ فَتَرَى ٱلۡقَوۡمَ فِيهَا صَرۡعَىٰ كَأَنَّهُمۡ أَعۡجَازُ نَخۡلٍ خَاوِيَةٖ
जसलाई अल्लाहले सात रात र आठ दिनसम्म निरन्तर उनीहरूमाथि लगाएको थियो तब तिमीले उनीहरूलाई भूइँमा यसरी लडेको अवस्थामा देख्यौ जस्तो कि खजूरका खोक्रा बोटहरू ।
Surah Al-Haaqqa, Verse 7
فَهَلۡ تَرَىٰ لَهُم مِّنۢ بَاقِيَةٖ
के तिमी उनीहरूमध्ये कोहीलाई पनि शेष देखिरहेका छौ
Surah Al-Haaqqa, Verse 8
وَجَآءَ فِرۡعَوۡنُ وَمَن قَبۡلَهُۥ وَٱلۡمُؤۡتَفِكَٰتُ بِٱلۡخَاطِئَةِ
‘‘फिरऔन’’ उसभन्दा पहिलाका मानिसहरू र जसको गाउँ बस्तीहरू उलटपलट भए, उनीहरूले पनि अपराध गर्दथे ।
Surah Al-Haaqqa, Verse 9
فَعَصَوۡاْ رَسُولَ رَبِّهِمۡ فَأَخَذَهُمۡ أَخۡذَةٗ رَّابِيَةً
र उनीहरूले आफ्नो पालनकर्ताको पैगम्बरको अवज्ञा गरे, तब अल्लाहले उनलाई पनि कठोर पकडमा लिइहाल्यो ।
Surah Al-Haaqqa, Verse 10
إِنَّا لَمَّا طَغَا ٱلۡمَآءُ حَمَلۡنَٰكُمۡ فِي ٱلۡجَارِيَةِ
जब पानीमा हलचल आयो तब त्यस बेला हामीले तिमीलाई नौकामा सवार गरायौं ।
Surah Al-Haaqqa, Verse 11
لِنَجۡعَلَهَا لَكُمۡ تَذۡكِرَةٗ وَتَعِيَهَآ أُذُنٞ وَٰعِيَةٞ
ताकि त्यसलाई तिम्रो निम्ति शिक्षा बनाइदिऔं र यादगर्ने कानले सुरक्षित राखुन् ।
Surah Al-Haaqqa, Verse 12
فَإِذَا نُفِخَ فِي ٱلصُّورِ نَفۡخَةٞ وَٰحِدَةٞ
तसर्थ जब सूरमा एकफूँक फूँकिनेछ
Surah Al-Haaqqa, Verse 13
وَحُمِلَتِ ٱلۡأَرۡضُ وَٱلۡجِبَالُ فَدُكَّتَا دَكَّةٗ وَٰحِدَةٗ
र धरती र पहाड दुवै उठाइनेछन्, र एकैचोटी क्षतविक्षत गरिनेछन् ।
Surah Al-Haaqqa, Verse 14
فَيَوۡمَئِذٖ وَقَعَتِ ٱلۡوَاقِعَةُ
त त्यसदिन घटित हुनेवाला कयामत भइहाल्ने छ ।
Surah Al-Haaqqa, Verse 15
وَٱنشَقَّتِ ٱلسَّمَآءُ فَهِيَ يَوۡمَئِذٖ وَاهِيَةٞ
र आकाश फाटिने छ अनि त्यो त्यसदिन एकदम कमजोर भइहाल्नेछ ।
Surah Al-Haaqqa, Verse 16
وَٱلۡمَلَكُ عَلَىٰٓ أَرۡجَآئِهَاۚ وَيَحۡمِلُ عَرۡشَ رَبِّكَ فَوۡقَهُمۡ يَوۡمَئِذٖ ثَمَٰنِيَةٞ
र फरिश्ताहरू उसको किनारमा हुनेछन् र त्यसदिन तिम्रो पालनकर्ताको सिंहासनलाई आठ फरिश्ताहरूले आफूमाथि उचालेका हुनेछन् ।
Surah Al-Haaqqa, Verse 17
يَوۡمَئِذٖ تُعۡرَضُونَ لَا تَخۡفَىٰ مِنكُمۡ خَافِيَةٞ
त्यसदिन तिमी सबै सामुन्ने प्रस्तुत गरिनेछौ, (र) तिम्रो कुनै भेद लुकिरहने छैन ।
Surah Al-Haaqqa, Verse 18
فَأَمَّا مَنۡ أُوتِيَ كِتَٰبَهُۥ بِيَمِينِهِۦ فَيَقُولُ هَآؤُمُ ٱقۡرَءُواْ كِتَٰبِيَهۡ
अनि जोसुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ, त्यसले (अरुसित) भन्नेछः कि लिनुस् मेरो कर्मपत्र पढ्नुस् ।
Surah Al-Haaqqa, Verse 19
إِنِّي ظَنَنتُ أَنِّي مُلَٰقٍ حِسَابِيَهۡ
मलाई पूरा यकिन थियो कि मेरो हिसाब मलाई अवश्य प्राप्त हुनेछ ।
Surah Al-Haaqqa, Verse 20
فَهُوَ فِي عِيشَةٖ رَّاضِيَةٖ
अतः त्यो (व्यक्ति) आनन्दित जीवनमा हुनेछ ।
Surah Al-Haaqqa, Verse 21
فِي جَنَّةٍ عَالِيَةٖ
उच्चा, भव्य स्वर्गमा
Surah Al-Haaqqa, Verse 22
قُطُوفُهَا دَانِيَةٞ
जसका फलहरूका गुच्छाहरू झुण्डिएका हुनेछन् ।
Surah Al-Haaqqa, Verse 23
كُلُواْ وَٱشۡرَبُواْ هَنِيٓـَٔۢا بِمَآ أَسۡلَفۡتُمۡ فِي ٱلۡأَيَّامِ ٱلۡخَالِيَةِ
(उनीहरूसित भनिनेछ) जुन कर्म तिमीहरूले अघिका दिनहरूमा अगाडि पठाइसकेका छौ, त्यसको प्रतिफलस्वरूप मजासित खाऊ र पिऊ ।
Surah Al-Haaqqa, Verse 24
وَأَمَّا مَنۡ أُوتِيَ كِتَٰبَهُۥ بِشِمَالِهِۦ فَيَقُولُ يَٰلَيۡتَنِي لَمۡ أُوتَ كِتَٰبِيَهۡ
तर जसको कर्मपत्र उसको बायाँ हातमा दिइनेछ, त्यसले भन्नेछ, काश कति राम्रो हुन्थ्यो कि मेरो कर्मपत्र मलाई नदिएको भए ।
Surah Al-Haaqqa, Verse 25
وَلَمۡ أَدۡرِ مَا حِسَابِيَهۡ
र मलाई थाहा नभएको भए कि मेरो हिसाब के छ ।
Surah Al-Haaqqa, Verse 26
يَٰلَيۡتَهَا كَانَتِ ٱلۡقَاضِيَةَ
ऐ काश, मृत्युले मेरो काम नै समाप्त गरिसक्ने थियो ।
Surah Al-Haaqqa, Verse 27
مَآ أَغۡنَىٰ عَنِّي مَالِيَهۡۜ
(आज) मेरो सम्पत्ति पनि मेरो केही काम लागेन ।
Surah Al-Haaqqa, Verse 28
هَلَكَ عَنِّي سُلۡطَٰنِيَهۡ
(आह) मेरो वर्चस्व मबाट गइहाल्यो ।
Surah Al-Haaqqa, Verse 29
خُذُوهُ فَغُلُّوهُ
(आदेश हुनेछ कि) यसलाई समात र यसलाई बाँधिहाल छल्ला पहिराइदिनु ।
Surah Al-Haaqqa, Verse 30
ثُمَّ ٱلۡجَحِيمَ صَلُّوهُ
अनि यसलाई नर्कमा हालिदेऊ ।
Surah Al-Haaqqa, Verse 31
ثُمَّ فِي سِلۡسِلَةٖ ذَرۡعُهَا سَبۡعُونَ ذِرَاعٗا فَٱسۡلُكُوهُ
अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ ।
Surah Al-Haaqqa, Verse 32
إِنَّهُۥ كَانَ لَا يُؤۡمِنُ بِٱللَّهِ ٱلۡعَظِيمِ
निश्चितरूपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो
Surah Al-Haaqqa, Verse 33
وَلَا يَحُضُّ عَلَىٰ طَعَامِ ٱلۡمِسۡكِينِ
र न गरिबलाई खाना खुवाउन प्रोत्साहित गर्दथ्यो
Surah Al-Haaqqa, Verse 34
فَلَيۡسَ لَهُ ٱلۡيَوۡمَ هَٰهُنَا حَمِيمٞ
अतः आज यसको यहाँ न कोही मित्र छ ।
Surah Al-Haaqqa, Verse 35
وَلَا طَعَامٌ إِلَّا مِنۡ غِسۡلِينٖ
र न पीप बाहेक उसको निम्ति आज कुनै खाना छ ।
Surah Al-Haaqqa, Verse 36
لَّا يَأۡكُلُهُۥٓ إِلَّا ٱلۡخَٰطِـُٔونَ
जसलाई अपराधीहरू बाहेक कसैले खाने छैन ।
Surah Al-Haaqqa, Verse 37
فَلَآ أُقۡسِمُ بِمَا تُبۡصِرُونَ
अतः हामीलाई ती कुराहरूको कसम छ जुन तिमीले देख्दछौ
Surah Al-Haaqqa, Verse 38
وَمَا لَا تُبۡصِرُونَ
र (कसम छ) ती कुराको जुन तिमीले देख्दैनौ ।
Surah Al-Haaqqa, Verse 39
إِنَّهُۥ لَقَوۡلُ رَسُولٖ كَرِيمٖ
कि यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो ।
Surah Al-Haaqqa, Verse 40
وَمَا هُوَ بِقَوۡلِ شَاعِرٖۚ قَلِيلٗا مَّا تُؤۡمِنُونَ
र यो कुनै कविको वाणी होइन । परन्तु तिमीहरूले बहुत कम विश्वास गर्दैछौ
Surah Al-Haaqqa, Verse 41
وَلَا بِقَوۡلِ كَاهِنٖۚ قَلِيلٗا مَّا تَذَكَّرُونَ
र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरूले थोरै शिक्षा प्राप्त गर्दछौ ।
Surah Al-Haaqqa, Verse 42
تَنزِيلٞ مِّن رَّبِّ ٱلۡعَٰلَمِينَ
(यो त) सम्पूर्ण संसारको पालनकर्ताबाट अवतरित गरिएको हो ।
Surah Al-Haaqqa, Verse 43
وَلَوۡ تَقَوَّلَ عَلَيۡنَا بَعۡضَ ٱلۡأَقَاوِيلِ
र यदि यस पैगम्बरले हाम्रो बारेमा कुनै झूठा कुरा बनाएर ल्याएको भए
Surah Al-Haaqqa, Verse 44
لَأَخَذۡنَا مِنۡهُ بِٱلۡيَمِينِ
त हामीले उनलाई दाहिने हातबाट समातिहाल्थ्यौं ।
Surah Al-Haaqqa, Verse 45
ثُمَّ لَقَطَعۡنَا مِنۡهُ ٱلۡوَتِينَ
अनि उनको हृदयको धमनी काटिदिंथ्यौं ।
Surah Al-Haaqqa, Verse 46
فَمَا مِنكُم مِّنۡ أَحَدٍ عَنۡهُ حَٰجِزِينَ
अनि तिमीमध्ये कोही पनि हामीलाई यसबाट रोक्नेवाला हुँदैनथ्यो ।
Surah Al-Haaqqa, Verse 47
وَإِنَّهُۥ لَتَذۡكِرَةٞ لِّلۡمُتَّقِينَ
र निःसन्देह यो (कुरआन) परहेजगारहरूको (अमात्मसयंमीहरूको) निम्ति एउटा उपदेश हो ।
Surah Al-Haaqqa, Verse 48
وَإِنَّا لَنَعۡلَمُ أَنَّ مِنكُم مُّكَذِّبِينَ
र हामीलाई थाहा छ कि तिमीमध्ये केही यसलाई असत्य भन्नेवाला छन् ।
Surah Al-Haaqqa, Verse 49
وَإِنَّهُۥ لَحَسۡرَةٌ عَلَى ٱلۡكَٰفِرِينَ
साथै (यो झूठा मान्नु) अपसोच छ काफिरहरूको लागि ।
Surah Al-Haaqqa, Verse 50
وَإِنَّهُۥ لَحَقُّ ٱلۡيَقِينِ
यो निःसंदेह बिल्कुल विश्वासनीय सत्य हो ।
Surah Al-Haaqqa, Verse 51
فَسَبِّحۡ بِٱسۡمِ رَبِّكَ ٱلۡعَظِيمِ
अतः तिमीले आफ्नो महिमावान् पालनकर्ताको नामको गुणगान गर ।
Surah Al-Haaqqa, Verse 52