UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Maarij - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


سَأَلَ سَآئِلُۢ بِعَذَابٖ وَاقِعٖ

एउटा माँग्नेवालाले (रसूलसित) त्यो यातना माँग्यो, जुन घटित हुनेवाला छ ।
Surah Al-Maarij, Verse 1


لِّلۡكَٰفِرِينَ لَيۡسَ لَهُۥ دَافِعٞ

काफिरहरूबाट कसैले त्यसलाई टाल्न सक्नेछैन ।
Surah Al-Maarij, Verse 2


مِّنَ ٱللَّهِ ذِي ٱلۡمَعَارِجِ

अल्लाहको तर्फबाट हुनेछ, जुन (चढ्नको लागि) सोपानवाला छ ।
Surah Al-Maarij, Verse 3


تَعۡرُجُ ٱلۡمَلَـٰٓئِكَةُ وَٱلرُّوحُ إِلَيۡهِ فِي يَوۡمٖ كَانَ مِقۡدَارُهُۥ خَمۡسِينَ أَلۡفَ سَنَةٖ

जसतिर फरिश्ताहरू र ‘‘रूह’’ चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि ५० हजार वर्षको हुनेछ ।
Surah Al-Maarij, Verse 4


فَٱصۡبِرۡ صَبۡرٗا جَمِيلًا

अर्थात् तिमी राम्रो सँग धैर्य गर ।
Surah Al-Maarij, Verse 5


إِنَّهُمۡ يَرَوۡنَهُۥ بَعِيدٗا

निःसन्देह उनीहरूको दृष्टिमा त्यो अजाब टाढा छ ।
Surah Al-Maarij, Verse 6


وَنَرَىٰهُ قَرِيبٗا

र हाम्रो दृष्टिमा नजीक छ ।
Surah Al-Maarij, Verse 7


يَوۡمَ تَكُونُ ٱلسَّمَآءُ كَٱلۡمُهۡلِ

जुन दिन आकाश जलेको तेल जस्तो भइहाल्नेछ ।
Surah Al-Maarij, Verse 8


وَتَكُونُ ٱلۡجِبَالُ كَٱلۡعِهۡنِ

र पहाडहरू रंगीन ऊनको जस्ता हुनेछन्
Surah Al-Maarij, Verse 9


وَلَا يَسۡـَٔلُ حَمِيمٌ حَمِيمٗا

र कुनै मित्रले कुनै मित्रलाई सोध्नेछैन ।
Surah Al-Maarij, Verse 10


يُبَصَّرُونَهُمۡۚ يَوَدُّ ٱلۡمُجۡرِمُ لَوۡ يَفۡتَدِي مِنۡ عَذَابِ يَوۡمِئِذِۭ بِبَنِيهِ

(जबकि) एक अर्कालाई अगाडि देखिराखेका हुनेछन् । (त्यस दिन) अपराधीले इच्छा गर्नेछ कि (यातनाको सट्टामा) आफ्ना छोराहरू (देओस्) ।
Surah Al-Maarij, Verse 11


وَصَٰحِبَتِهِۦ وَأَخِيهِ

र आफ्नो पत्नी र आफ्नो भाइ
Surah Al-Maarij, Verse 12


وَفَصِيلَتِهِ ٱلَّتِي تُـٔۡوِيهِ

र आफ्नो परिवार जसले उसलाई शरण दिन्थ्यो ।
Surah Al-Maarij, Verse 13


وَمَن فِي ٱلۡأَرۡضِ جَمِيعٗا ثُمَّ يُنجِيهِ

र जति मानिसहरू धरतीमा छन् सबै कुरा दिन चाहनेछ जसले उसलाई यातनाबाट मुक्त गराइहालोस् ।
Surah Al-Maarij, Verse 14


كَلَّآۖ إِنَّهَا لَظَىٰ

(तर) यस्तो कहिल्यै हुनेछैन, निःसंदेह त्यो प्रज्वलित आगो हो
Surah Al-Maarij, Verse 15


نَزَّاعَةٗ لِّلشَّوَىٰ

जसले अनुहार र टाउकोको छाला उप्काइदिनेछ
Surah Al-Maarij, Verse 16


تَدۡعُواْ مَنۡ أَدۡبَرَ وَتَوَلَّىٰ

उसले त्यस्तो प्रत्येक मानिसलाई आफूतिर बोलाउनेछ (जसले सत्य धर्मबाट) पिठ्युँ फर्काएर विमुख भए
Surah Al-Maarij, Verse 17


وَجَمَعَ فَأَوۡعَىٰٓ

र धन एकत्रित गरेर थुपारेर राखे
Surah Al-Maarij, Verse 18


۞إِنَّ ٱلۡإِنسَٰنَ خُلِقَ هَلُوعًا

निःसन्देह मानिस काँचो मुटुवाला बनाइएको छ ।
Surah Al-Maarij, Verse 19


إِذَا مَسَّهُ ٱلشَّرُّ جَزُوعٗا

जब उसलाई कष्ट पुग्छ त आत्तिन्छ ।
Surah Al-Maarij, Verse 20


وَإِذَا مَسَّهُ ٱلۡخَيۡرُ مَنُوعًا

तर जब उसलाई राहत (सम्पन्नता) प्राप्त हुन्छ त उसले कन्जूसी देखाउँछ ।
Surah Al-Maarij, Verse 21


إِلَّا ٱلۡمُصَلِّينَ

तर नमाज पढ्नेहरूको कुरा अर्कै छ ।
Surah Al-Maarij, Verse 22


ٱلَّذِينَ هُمۡ عَلَىٰ صَلَاتِهِمۡ دَآئِمُونَ

जसले नमाज नियमित्ताकासाथ पढ्दछन्
Surah Al-Maarij, Verse 23


وَٱلَّذِينَ فِيٓ أَمۡوَٰلِهِمۡ حَقّٞ مَّعۡلُومٞ

र जसको सम्पत्तिमा(अरुको) हक निश्चित छ
Surah Al-Maarij, Verse 24


لِّلسَّآئِلِ وَٱلۡمَحۡرُومِ

(अर्थात्) माँग्नेवालाको र नमाँग्नेवालाको पनि
Surah Al-Maarij, Verse 25


وَٱلَّذِينَ يُصَدِّقُونَ بِيَوۡمِ ٱلدِّينِ

जसले न्यायको दिन(कयामत) माथि ईमान राख्दछ ।
Surah Al-Maarij, Verse 26


وَٱلَّذِينَ هُم مِّنۡ عَذَابِ رَبِّهِم مُّشۡفِقُونَ

र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउछन्
Surah Al-Maarij, Verse 27


إِنَّ عَذَابَ رَبِّهِمۡ غَيۡرُ مَأۡمُونٖ

निःसन्देह उनीहरूको पालनकर्ताको यातना यस्तो छैन जसबाट निश्चिन्त रहन सकियोस् ।
Surah Al-Maarij, Verse 28


وَٱلَّذِينَ هُمۡ لِفُرُوجِهِمۡ حَٰفِظُونَ

र जो आफ्नो गुप्ताङ्गहरूको रक्षा गर्दछन्
Surah Al-Maarij, Verse 29


إِلَّا عَلَىٰٓ أَزۡوَٰجِهِمۡ أَوۡ مَا مَلَكَتۡ أَيۡمَٰنُهُمۡ فَإِنَّهُمۡ غَيۡرُ مَلُومِينَ

तर आफ्ना पत्नीहरू वा दासीहरू बाहेक जुन उनको अधीनस्थ छन् त उनको लागि कुनै अफशोच छैन
Surah Al-Maarij, Verse 30


فَمَنِ ٱبۡتَغَىٰ وَرَآءَ ذَٰلِكَ فَأُوْلَـٰٓئِكَ هُمُ ٱلۡعَادُونَ

जसले यो बाहेक अरु चाहन्छन् उनीहरू सीमा उल्लंघन गर्नेवाला हुन् ।
Surah Al-Maarij, Verse 31


وَٱلَّذِينَ هُمۡ لِأَمَٰنَٰتِهِمۡ وَعَهۡدِهِمۡ رَٰعُونَ

र जसले आफूमाथि गरिएका विश्वासहरू र आफूले गरेको वचन र करारको पालना गर्दछन्
Surah Al-Maarij, Verse 32


وَٱلَّذِينَ هُم بِشَهَٰدَٰتِهِمۡ قَآئِمُونَ

र जो आफ्नो गवाहीमा दृढ रहन्छन्
Surah Al-Maarij, Verse 33


وَٱلَّذِينَ هُمۡ عَلَىٰ صَلَاتِهِمۡ يُحَافِظُونَ

र जो आफ्नो नमाजको रक्षा गर्दछन्
Surah Al-Maarij, Verse 34


أُوْلَـٰٓئِكَ فِي جَنَّـٰتٖ مُّكۡرَمُونَ

यिनै मानिसहरू स्वर्गहरूमा सम्मानपूर्वक रहनेछन्
Surah Al-Maarij, Verse 35


فَمَالِ ٱلَّذِينَ كَفَرُواْ قِبَلَكَ مُهۡطِعِينَ

फेरि इन्कार गर्नेवालालाई के भएको छ कि दौड्दै आइरहेका छन्
Surah Al-Maarij, Verse 36


عَنِ ٱلۡيَمِينِ وَعَنِ ٱلشِّمَالِ عِزِينَ

दायाँ र बायाँबाट समुहको रूपमा ।
Surah Al-Maarij, Verse 37


أَيَطۡمَعُ كُلُّ ٱمۡرِيٕٖ مِّنۡهُمۡ أَن يُدۡخَلَ جَنَّةَ نَعِيمٖ

के उनीहरूमध्ये प्रत्येक व्यक्ति, यो लालसा राख्दैछ कि उनी अनुकम्पाबाट परिपूर्ण स्वर्गमा प्रवेश गर्नेछन्
Surah Al-Maarij, Verse 38


كَلَّآۖ إِنَّا خَلَقۡنَٰهُم مِّمَّا يَعۡلَمُونَ

त्यस्तो कदापि हुनेछैन । बरु हामीले उनीहरूलाई जुन चिजबाट सृष्टि गरेका छौं, त्यसलाई उनीहरू जान्दछन् ।
Surah Al-Maarij, Verse 39


فَلَآ أُقۡسِمُ بِرَبِّ ٱلۡمَشَٰرِقِ وَٱلۡمَغَٰرِبِ إِنَّا لَقَٰدِرُونَ

अतः केही छैन, म पूर्व र पश्चिमको पलनकर्ताको शपथ लिन्छु कि हामीलाई सामथ्र्य प्राप्त छ ।
Surah Al-Maarij, Verse 40


عَلَىٰٓ أَن نُّبَدِّلَ خَيۡرٗا مِّنۡهُمۡ وَمَا نَحۡنُ بِمَسۡبُوقِينَ

कि उनीहरूको ठाउँमा उनीहरूभन्दा राम्रो मानिसहरू ल्याऊँ र हामी परास्त हुनेवाला छैनौं ।
Surah Al-Maarij, Verse 41


فَذَرۡهُمۡ يَخُوضُواْ وَيَلۡعَبُواْ حَتَّىٰ يُلَٰقُواْ يَوۡمَهُمُ ٱلَّذِي يُوعَدُونَ

अतः उनीहरूलाई लडाई–भिडाई गरेको अवस्थामा छाडिदिनुस् । यहाँसम्म कि आफ्नो त्यस दिनसम्म पुगी जाउन् । जसको वाचा उनीहरूसित गरिएको छ ।
Surah Al-Maarij, Verse 42


يَوۡمَ يَخۡرُجُونَ مِنَ ٱلۡأَجۡدَاثِ سِرَاعٗا كَأَنَّهُمۡ إِلَىٰ نُصُبٖ يُوفِضُونَ

जुनदिन उनीहरू चिहानबाट तीव्रताको साथ दौड्दै निस्कनेछन् । मानौं कि, कुनै (विशेष) ठाउँतिर दौड्दै गइरहेका छन् ।
Surah Al-Maarij, Verse 43


خَٰشِعَةً أَبۡصَٰرُهُمۡ تَرۡهَقُهُمۡ ذِلَّةٞۚ ذَٰلِكَ ٱلۡيَوۡمُ ٱلَّذِي كَانُواْ يُوعَدُونَ

उनीहरूको आँखा लज्जाले झुकिरहने छन् र अपमान उनीहरूमाथि घेरिराख्नेछ । यो नै त्यो दिन हो, जसको उनीरुसँग वाचा गरिदै थियो ।
Surah Al-Maarij, Verse 44


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 69
>> Surah 71

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai