Surah Nooh - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
إِنَّآ أَرۡسَلۡنَا نُوحًا إِلَىٰ قَوۡمِهِۦٓ أَنۡ أَنذِرۡ قَوۡمَكَ مِن قَبۡلِ أَن يَأۡتِيَهُمۡ عَذَابٌ أَلِيمٞ
हामीले ‘‘नूह (अलैहिस्सलाम) लाई’’ निश्चितरूपले उनको कौमतिर पठायौं कि आफ्नो कौमका मानिसहरूलाई डराऊ र सावधान गरिदेऊ, यसभन्दा पहिला कि उनीहरूमाथि कुनै दुःखद यातना आओस् ।
Surah Nooh, Verse 1
قَالَ يَٰقَوۡمِ إِنِّي لَكُمۡ نَذِيرٞ مُّبِينٌ
उनले भने ‘‘हे मेरो कौमका मानिसहरू ! म तिम्रो निम्ति एउटा स्पष्ट सचेतकर्ता हूँ
Surah Nooh, Verse 2
أَنِ ٱعۡبُدُواْ ٱللَّهَ وَٱتَّقُوهُ وَأَطِيعُونِ
कि ! अल्लाहको उपासना गर र उसित डर र मेरो भनाई मान ।
Surah Nooh, Verse 3
يَغۡفِرۡ لَكُم مِّن ذُنُوبِكُمۡ وَيُؤَخِّرۡكُمۡ إِلَىٰٓ أَجَلٖ مُّسَمًّىۚ إِنَّ أَجَلَ ٱللَّهِ إِذَا جَآءَ لَا يُؤَخَّرُۚ لَوۡ كُنتُمۡ تَعۡلَمُونَ
तब उसले तिम्रो पाप क्षमा गरिदिनेछ र निश्चित समयसम्म तिमीलाई मोहलत प्रदान गर्नेछ । निःसंदेह जब अल्लाहले निर्धारण गरेको समय आइपुग्छ तब विलम्ब हुँदैन, काश तिमीले जान्नेभएको भए ।
Surah Nooh, Verse 4
قَالَ رَبِّ إِنِّي دَعَوۡتُ قَوۡمِي لَيۡلٗا وَنَهَارٗا
नूहले भने कि, हे मेरो पालनकर्ता ! मैले आफ्नो जातिबन्धुलाई रातदिन तिम्रोतर्फ बोलाउने गरे
Surah Nooh, Verse 5
فَلَمۡ يَزِدۡهُمۡ دُعَآءِيٓ إِلَّا فِرَارٗا
तर मेरो पुकारबाट उनीहरू झन् टाढिदै गए ।
Surah Nooh, Verse 6
وَإِنِّي كُلَّمَا دَعَوۡتُهُمۡ لِتَغۡفِرَ لَهُمۡ جَعَلُوٓاْ أَصَٰبِعَهُمۡ فِيٓ ءَاذَانِهِمۡ وَٱسۡتَغۡشَوۡاْ ثِيَابَهُمۡ وَأَصَرُّواْ وَٱسۡتَكۡبَرُواْ ٱسۡتِكۡبَارٗا
जहिलेपनि मैले उनीहरूलाई तिम्रो क्षमातर्फ बोलाएँ, उनीहरूले आफ्ना कानलाई औलाले थुने र कपडाले आफूलाई छोपिहाले र अटेरी भएर घमण्ड गरे ।
Surah Nooh, Verse 7
ثُمَّ إِنِّي دَعَوۡتُهُمۡ جِهَارٗا
अनि मैले उनलाई ठूलो स्वरले बोलाएँ ।
Surah Nooh, Verse 8
ثُمَّ إِنِّيٓ أَعۡلَنتُ لَهُمۡ وَأَسۡرَرۡتُ لَهُمۡ إِسۡرَارٗا
अनि निःसंदेह मैले उनीहरूसित खुल्ला तौरले पनि कुरो गरें र उनीहरूसित गोप्यरूपले पनि कुरा गरें ।
Surah Nooh, Verse 9
فَقُلۡتُ ٱسۡتَغۡفِرُواْ رَبَّكُمۡ إِنَّهُۥ كَانَ غَفَّارٗا
र मैले भने किः आफ्नो पालनकर्तासित आफ्ना पापबाट मुक्ति गराऊ र क्षमा माँग । निश्चय नै ऊ ठूलो क्षमादाता हो ।
Surah Nooh, Verse 10
يُرۡسِلِ ٱلسَّمَآءَ عَلَيۡكُم مِّدۡرَارٗا
उसले तिमीमाथि निकै वर्षाउनेवाला बादल पठाउने छ ।
Surah Nooh, Verse 11
وَيُمۡدِدۡكُم بِأَمۡوَٰلٖ وَبَنِينَ وَيَجۡعَل لَّكُمۡ جَنَّـٰتٖ وَيَجۡعَل لَّكُمۡ أَنۡهَٰرٗا
र उसले सम्पत्ति र सन्तानमा तिमीलाई बढोत्तरी प्रदान गर्नेछ, र तिम्रो निम्ति बगैंचाहरू पैदा गर्नेछ र तिम्रो निम्ति नहरहरू प्रवाहित गर्नेछ ।
Surah Nooh, Verse 12
مَّا لَكُمۡ لَا تَرۡجُونَ لِلَّهِ وَقَارٗا
तिमीलाई के भएको छ कि तिमीले अल्लाहको सर्वश्रेष्ठतामाथि ईमान राख्दैनौ
Surah Nooh, Verse 13
وَقَدۡ خَلَقَكُمۡ أَطۡوَارًا
जबकि उसले तिमीलाई विभिन्न अवस्थाहरूबाट गुजार्दै सृष्टि गरेको छ ।
Surah Nooh, Verse 14
أَلَمۡ تَرَوۡاْ كَيۡفَ خَلَقَ ٱللَّهُ سَبۡعَ سَمَٰوَٰتٖ طِبَاقٗا
के तिमीले देखेनौ कि अल्लाहले कसरी एउटामाथि अर्को गरी सातवटा आकाशहरू बनाएको छ
Surah Nooh, Verse 15
وَجَعَلَ ٱلۡقَمَرَ فِيهِنَّ نُورٗا وَجَعَلَ ٱلشَّمۡسَ سِرَاجٗا
र उनीहरूमा चन्द्रलाई जगमगाउँदो बनाएको छ, र सूर्यलाई प्रकाशयुक्त दीप बनाएको छ
Surah Nooh, Verse 16
وَٱللَّهُ أَنۢبَتَكُم مِّنَ ٱلۡأَرۡضِ نَبَاتٗا
र अल्लाहले नै तिमीलाई धरतीबाट सृष्टि गरेको छ
Surah Nooh, Verse 17
ثُمَّ يُعِيدُكُمۡ فِيهَا وَيُخۡرِجُكُمۡ إِخۡرَاجٗا
अनि त्यसैमा तिमीलाई फर्काउनेछ र तिमीलाई निकालि उभ्याउनेछ ।
Surah Nooh, Verse 18
وَٱللَّهُ جَعَلَ لَكُمُ ٱلۡأَرۡضَ بِسَاطٗا
र अल्लाहले नै धरतीलाई तिम्रो निम्ती फर्श (ओछ्यान) बनायो ।
Surah Nooh, Verse 19
لِّتَسۡلُكُواْ مِنۡهَا سُبُلٗا فِجَاجٗا
ताकि उसका ठूला–ठूला विस्तृत मार्गमा हिंड ।
Surah Nooh, Verse 20
قَالَ نُوحٞ رَّبِّ إِنَّهُمۡ عَصَوۡنِي وَٱتَّبَعُواْ مَن لَّمۡ يَزِدۡهُ مَالُهُۥ وَوَلَدُهُۥٓ إِلَّا خَسَارٗا
नूहले भनेः कि ‘मेरो पालनकर्ता उनीहरूले मेरो अवज्ञा गरे, र उसको अनुशरण गरे जसको धन र जसको सन्तानले उनको घाटामै नै वृद्धि गर्यो ।
Surah Nooh, Verse 21
وَمَكَرُواْ مَكۡرٗا كُبَّارٗا
र उनीहरूले धेरै ठूलो षड्यन्त्र गरे
Surah Nooh, Verse 22
وَقَالُواْ لَا تَذَرُنَّ ءَالِهَتَكُمۡ وَلَا تَذَرُنَّ وَدّٗا وَلَا سُوَاعٗا وَلَا يَغُوثَ وَيَعُوقَ وَنَسۡرٗا
र उनीहरूले भन्नथाले कि आफ्ना पूज्यहरूलाई कदापि नछाड्नु र खासगरी ‘‘वद्द’’ र ‘‘सुवाअ्’’ र ‘‘यगूस’’ र यअूक र नस्रलाई कदापि परित्याग नगर्नु ।
Surah Nooh, Verse 23
وَقَدۡ أَضَلُّواْ كَثِيرٗاۖ وَلَا تَزِدِ ٱلظَّـٰلِمِينَ إِلَّا ضَلَٰلٗا
र उनीहरूले धेरै मानिसहरूलाई पथविचलित गरिदिएका छन्, (हे पालनकर्ता) तिमीले उनीहरूलाई अझै बढी पथभ्रष्ट गरिदेऊ ।
Surah Nooh, Verse 24
مِّمَّا خَطِيٓـَٰٔتِهِمۡ أُغۡرِقُواْ فَأُدۡخِلُواْ نَارٗا فَلَمۡ يَجِدُواْ لَهُم مِّن دُونِ ٱللَّهِ أَنصَارٗا
अन्ततः उनीहरू आफ्ना पापहरूको कारणले (जलप्रलयमा) डुबाइए, अनि नर्कमा हालिए, र उनीहरूले अल्लाह बाहेक कसैलाई आफ्नो मद्दतगर्ने पाएनन् ।
Surah Nooh, Verse 25
وَقَالَ نُوحٞ رَّبِّ لَا تَذَرۡ عَلَى ٱلۡأَرۡضِ مِنَ ٱلۡكَٰفِرِينَ دَيَّارًا
र नूहले प्रार्थना गरे कि हे मेरो पालनकर्ता धरतीमा बसिरहेको कुनै काफिरलाई राम्रो अवस्थामा नछाड ।
Surah Nooh, Verse 26
إِنَّكَ إِن تَذَرۡهُمۡ يُضِلُّواْ عِبَادَكَ وَلَا يَلِدُوٓاْ إِلَّا فَاجِرٗا كَفَّارٗا
यदि तिमीले उनीहरूलाई छाडदिनेछौ भने निश्चय नै तिम्रा अरु दासहरूलाई पनि पथभ्रष्ट गरिदिनेछन्, र उनीहरूले दुराचारी र ठूलो काफिरहरूलाई नै जन्म दिनेछन् ।
Surah Nooh, Verse 27
رَّبِّ ٱغۡفِرۡ لِي وَلِوَٰلِدَيَّ وَلِمَن دَخَلَ بَيۡتِيَ مُؤۡمِنٗا وَلِلۡمُؤۡمِنِينَ وَٱلۡمُؤۡمِنَٰتِۖ وَلَا تَزِدِ ٱلظَّـٰلِمِينَ إِلَّا تَبَارَۢا
हे मेरो पालनकर्ताः मलाई र मेरो आमा बाबुलाई र जो पनि ईमानवाला भएर मेरो घरमा आए र तमाम ईमानवाला पुरुषहरू र ईमान भएकी स्त्रीहरूलाई क्षमा गरिदेऊ र अत्याचारीहरूको निम्ति अझै विनाशमा वृद्धि गर ।
Surah Nooh, Verse 28