UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Mutaffifin - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


وَيۡلٞ لِّلۡمُطَفِّفِينَ

नाप र तौलमा कमी गर्नेहरूलाई ठूलो खराबी छ ।
Surah Al-Mutaffifin, Verse 1


ٱلَّذِينَ إِذَا ٱكۡتَالُواْ عَلَى ٱلنَّاسِ يَسۡتَوۡفُونَ

जब मानिसहरूसित नापेर लिन्छन्, त पूरा–पूरा लिन्छन् ।
Surah Al-Mutaffifin, Verse 2


وَإِذَا كَالُوهُمۡ أَو وَّزَنُوهُمۡ يُخۡسِرُونَ

किन्तु जब उनीहरूलाई नापेर वा तौलेर दिन्छन् त घटाएर दिन्छन् ।
Surah Al-Mutaffifin, Verse 3


أَلَا يَظُنُّ أُوْلَـٰٓئِكَ أَنَّهُم مَّبۡعُوثُونَ

के यिनीहरूलाई थाहा छैन कि उनीहरू मरेपछि पक्कै जीवित पारी उठाइनेछन् ।
Surah Al-Mutaffifin, Verse 4


لِيَوۡمٍ عَظِيمٖ

(अर्थात्) एउटा ठूलो दिनमा ।
Surah Al-Mutaffifin, Verse 5


يَوۡمَ يَقُومُ ٱلنَّاسُ لِرَبِّ ٱلۡعَٰلَمِينَ

जुन दिन सबै मानिसहरू पालनकर्ताको सामुन्ने उभिनेछन्
Surah Al-Mutaffifin, Verse 6


كَلَّآ إِنَّ كِتَٰبَ ٱلۡفُجَّارِ لَفِي سِجِّينٖ

निःसन्देह दुराचारीहरूको किताब (कर्मपत्रहरू) ‘‘सिज्जीनमा’’ छ ।
Surah Al-Mutaffifin, Verse 7


وَمَآ أَدۡرَىٰكَ مَا سِجِّينٞ

र तिमीलाई के थाहा कि सिज्जीन के हो
Surah Al-Mutaffifin, Verse 8


كِتَٰبٞ مَّرۡقُومٞ

यो त लेखिएको पंज्जिका हो ।
Surah Al-Mutaffifin, Verse 9


وَيۡلٞ يَوۡمَئِذٖ لِّلۡمُكَذِّبِينَ

त्यस दिन झूठा ठहराउनेहरूलाई ठूलो खराबी (धिक्कार) छ ।
Surah Al-Mutaffifin, Verse 10


ٱلَّذِينَ يُكَذِّبُونَ بِيَوۡمِ ٱلدِّينِ

जसले निसाफको दिनलाई असत्य भन्दथे ।
Surah Al-Mutaffifin, Verse 11


وَمَا يُكَذِّبُ بِهِۦٓ إِلَّا كُلُّ مُعۡتَدٍ أَثِيمٍ

र त्यसलाई झूठो उनीहरूले मात्र ठहराउँछन्, जो सीमाअतिक्रमण गर्नेवाला अपराधी छन् ।
Surah Al-Mutaffifin, Verse 12


إِذَا تُتۡلَىٰ عَلَيۡهِ ءَايَٰتُنَا قَالَ أَسَٰطِيرُ ٱلۡأَوَّلِينَ

जब उसलाई हाम्रा आयतहरू सुनाइन्छ त भन्दछ कि यो त पहिलाका मानिसहरूका कथाहरू हुन् ।
Surah Al-Mutaffifin, Verse 13


كَلَّاۖ بَلۡۜ رَانَ عَلَىٰ قُلُوبِهِم مَّا كَانُواْ يَكۡسِبُونَ

यो होइन, अपितु जसले नराम्रो कर्महरू गर्दछन्, त्यसकारण उनका हृदयहरूमा खिया लागिसकेको हुन्छ ।
Surah Al-Mutaffifin, Verse 14


كَلَّآ إِنَّهُمۡ عَن رَّبِّهِمۡ يَوۡمَئِذٖ لَّمَحۡجُوبُونَ

निःसन्देह यिनीहरू त्यस दिन आफ्नो पालनकर्ताको दर्शनबाट वंचित हुन्छन् ।
Surah Al-Mutaffifin, Verse 15


ثُمَّ إِنَّهُمۡ لَصَالُواْ ٱلۡجَحِيمِ

फेरि निःसन्देह यिनीहरू नर्कमा प्रवेश गर्नेछन् ।
Surah Al-Mutaffifin, Verse 16


ثُمَّ يُقَالُ هَٰذَا ٱلَّذِي كُنتُم بِهِۦ تُكَذِّبُونَ

त्यसपछि (उनीसित) भनिनेछ कि यो त्यही कुरा हो, जसलाई तिमीहरूले असत्य ठहराउन्थ्यौ ।
Surah Al-Mutaffifin, Verse 17


كَلَّآ إِنَّ كِتَٰبَ ٱلۡأَبۡرَارِ لَفِي عِلِّيِّينَ

निःसन्देह सुनिराख कि सत्कर्मीहरूको कर्मपात्र ‘‘इल्लीयीनमा’’ छन् ।
Surah Al-Mutaffifin, Verse 18


وَمَآ أَدۡرَىٰكَ مَا عِلِّيُّونَ

र तिमीलाई के थाहा कि इल्लीयीन के हो
Surah Al-Mutaffifin, Verse 19


كِتَٰبٞ مَّرۡقُومٞ

त्यो त लेखिएको किताब हो ।
Surah Al-Mutaffifin, Verse 20


يَشۡهَدُهُ ٱلۡمُقَرَّبُونَ

सामीप्यप्राप्त फरिश्ताहरू त्यसको निरीक्षण गर्दछन् ।
Surah Al-Mutaffifin, Verse 21


إِنَّ ٱلۡأَبۡرَارَ لَفِي نَعِيمٍ

निःसन्देह भलादमीहरू ठूलो अनुग्रहमा हुनेछन् ।
Surah Al-Mutaffifin, Verse 22


عَلَى ٱلۡأَرَآئِكِ يَنظُرُونَ

पलंगहरूमाथि हेरिराखेका मसहरीहरूबाट हेर्नेछन् ।
Surah Al-Mutaffifin, Verse 23


تَعۡرِفُ فِي وُجُوهِهِمۡ نَضۡرَةَ ٱلنَّعِيمِ

उनीहरूको अनुहारबाटै तिमीलाई ती अनुग्रहहरूको ताजगी र आभाको बोध भइरहनेछ ।
Surah Al-Mutaffifin, Verse 24


يُسۡقَوۡنَ مِن رَّحِيقٖ مَّخۡتُومٍ

उनीहरूलाई शीलबन्दी विशुद्ध पेय पिलाइनेछ ।
Surah Al-Mutaffifin, Verse 25


خِتَٰمُهُۥ مِسۡكٞۚ وَفِي ذَٰلِكَ فَلۡيَتَنَافَسِ ٱلۡمُتَنَٰفِسُونَ

जसको शील कस्तुरी को हुनेछ । तसर्थ अनुकम्पा चाहनेले उसैलाई प्राप्त गर्नुमा प्रतिस्पर्धा गर्नुपर्छ ।
Surah Al-Mutaffifin, Verse 26


وَمِزَاجُهُۥ مِن تَسۡنِيمٍ

र यसमा तसनीम (स्वर्गको एउटा छहरा) को पनि मिलावट हुनेछ ।
Surah Al-Mutaffifin, Verse 27


عَيۡنٗا يَشۡرَبُ بِهَا ٱلۡمُقَرَّبُونَ

त्यो एउटा झरना हो जसको पानी खास खास मानिसहरूले पिउनेछन् ।
Surah Al-Mutaffifin, Verse 28


إِنَّ ٱلَّذِينَ أَجۡرَمُواْ كَانُواْ مِنَ ٱلَّذِينَ ءَامَنُواْ يَضۡحَكُونَ

काफिरहरूले संसारमा मोमिनहरूको हाँसो गर्ने गर्दथे ।
Surah Al-Mutaffifin, Verse 29


وَإِذَا مَرُّواْ بِهِمۡ يَتَغَامَزُونَ

र उनको पासबाट आवत जावतगर्दा त आँखाबाट संकेत गर्दथे ।
Surah Al-Mutaffifin, Verse 30


وَإِذَا ٱنقَلَبُوٓاْ إِلَىٰٓ أَهۡلِهِمُ ٱنقَلَبُواْ فَكِهِينَ

र जब आफ्नो घरतिर फर्कन्थे त ठट्टा गर्ने गर्दथे ।
Surah Al-Mutaffifin, Verse 31


وَإِذَا رَأَوۡهُمۡ قَالُوٓاْ إِنَّ هَـٰٓؤُلَآءِ لَضَآلُّونَ

र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै मार्गविचलित छन्
Surah Al-Mutaffifin, Verse 32


وَمَآ أُرۡسِلُواْ عَلَيۡهِمۡ حَٰفِظِينَ

जबकि उनीहरूलाई यिनीहरूमाथि निरीक्षक बनाएर पठाइएको थिएन ।
Surah Al-Mutaffifin, Verse 33


فَٱلۡيَوۡمَ ٱلَّذِينَ ءَامَنُواْ مِنَ ٱلۡكُفَّارِ يَضۡحَكُونَ

तसर्थ आज मोमिनहरूले ती काफिरहरूमाथि हाँसो गर्नेछन् ।
Surah Al-Mutaffifin, Verse 34


عَلَى ٱلۡأَرَآئِكِ يَنظُرُونَ

मसनदहरूमाथि (बसी उनीहरूको अवस्था) देखिराखेका हुनेछन् ।
Surah Al-Mutaffifin, Verse 35


هَلۡ ثُوِّبَ ٱلۡكُفَّارُ مَا كَانُواْ يَفۡعَلُونَ

अतः काफिरहरूलाई उनीहरूका कर्महरूको (पूरा–पूरा) प्रतिफल प्राप्त भइहाल्यो ।
Surah Al-Mutaffifin, Verse 36


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 82
>> Surah 84

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai