UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah AL-Infitar - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


إِذَا ٱلسَّمَآءُ ٱنفَطَرَتۡ

जब आकाश क्षतविक्षत भइहाल्नेछ
Surah AL-Infitar, Verse 1


وَإِذَا ٱلۡكَوَاكِبُ ٱنتَثَرَتۡ

र जब ताराहरू झरिहाल्नेछन् ।
Surah AL-Infitar, Verse 2


وَإِذَا ٱلۡبِحَارُ فُجِّرَتۡ

र जब समुन्द्र बगेर जानेछन् ।
Surah AL-Infitar, Verse 3


وَإِذَا ٱلۡقُبُورُ بُعۡثِرَتۡ

र जब चिहानहरू उत्खनित हुनेछन् ।
Surah AL-Infitar, Verse 4


عَلِمَتۡ نَفۡسٞ مَّا قَدَّمَتۡ وَأَخَّرَتۡ

तब हर व्यक्तिले थाहा पाउनेछ कि उसले अगाडि के पठाएको थियो र पछाडि के छोडेको थियो
Surah AL-Infitar, Verse 5


يَـٰٓأَيُّهَا ٱلۡإِنسَٰنُ مَا غَرَّكَ بِرَبِّكَ ٱلۡكَرِيمِ

हे मानव ! कुन कुराले तिमीलाई आफ्नो उदार पालनकर्ताको विषयमा भ्रममा पारेको छ
Surah AL-Infitar, Verse 6


ٱلَّذِي خَلَقَكَ فَسَوَّىٰكَ فَعَدَلَكَ

(त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई) ठीक–ठीक पारी तिमीलाई सन्तुलित बनायो ।
Surah AL-Infitar, Verse 7


فِيٓ أَيِّ صُورَةٖ مَّا شَآءَ رَكَّبَكَ

र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो ।
Surah AL-Infitar, Verse 8


كَلَّا بَلۡ تُكَذِّبُونَ بِٱلدِّينِ

केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ ।
Surah AL-Infitar, Verse 9


وَإِنَّ عَلَيۡكُمۡ لَحَٰفِظِينَ

जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् ।
Surah AL-Infitar, Verse 10


كِرَامٗا كَٰتِبِينَ

प्रतिष्ठित लेख्नेहरू नियुक्त छन् ।
Surah AL-Infitar, Verse 11


يَعۡلَمُونَ مَا تَفۡعَلُونَ

तिमीले जे गर्दछौ, (त्यसलाई) उनीहरू जान्दछन् ।
Surah AL-Infitar, Verse 12


إِنَّ ٱلۡأَبۡرَارَ لَفِي نَعِيمٖ

निःसन्देह सत्कर्मी मानिसहरू स्वर्गका ऐशो आराम र अनुग्रहमा हुनेछन् ।
Surah AL-Infitar, Verse 13


وَإِنَّ ٱلۡفُجَّارَ لَفِي جَحِيمٖ

र निःसंदेह दूराचारीहरू नर्कमा हुनेछन् ।
Surah AL-Infitar, Verse 14


يَصۡلَوۡنَهَا يَوۡمَ ٱلدِّينِ

(अर्थात्) प्रतिफलको दिन त्यसमा प्रवेश गर्नेछन् ।
Surah AL-Infitar, Verse 15


وَمَا هُمۡ عَنۡهَا بِغَآئِبِينَ

र त्यसबाट उम्केर जान सक्ने छैनन् ।
Surah AL-Infitar, Verse 16


وَمَآ أَدۡرَىٰكَ مَا يَوۡمُ ٱلدِّينِ

र तिमीहरूलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ
Surah AL-Infitar, Verse 17


ثُمَّ مَآ أَدۡرَىٰكَ مَا يَوۡمُ ٱلدِّينِ

म फेरि भन्छु तिमीलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ ।
Surah AL-Infitar, Verse 18


يَوۡمَ لَا تَمۡلِكُ نَفۡسٞ لِّنَفۡسٖ شَيۡـٔٗاۖ وَٱلۡأَمۡرُ يَوۡمَئِذٖ لِّلَّهِ

जुन दिन कुनै व्यक्ति कसैको निम्ति कुनै कुराको अधिकारी हुनेछैन, र सबै आदेश त्यस दिन अल्लाहकै हुनेछन् ।
Surah AL-Infitar, Verse 19


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 81
>> Surah 83

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai