UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah An-Naba - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


عَمَّ يَتَسَآءَلُونَ

(यी) मानिसहरूले कुन कुराको बारेमा सोधपूछ गरिराखेका छन्
Surah An-Naba, Verse 1


عَنِ ٱلنَّبَإِ ٱلۡعَظِيمِ

(के) त्यस ठूलो समाचारको बारेमा
Surah An-Naba, Verse 2


ٱلَّذِي هُمۡ فِيهِ مُخۡتَلِفُونَ

जसमा यिनीहरूले मतभेद गरिराखेका छन्
Surah An-Naba, Verse 3


كَلَّا سَيَعۡلَمُونَ

हेर, यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।
Surah An-Naba, Verse 4


ثُمَّ كَلَّا سَيَعۡلَمُونَ

अनि यकिनको साथ यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।
Surah An-Naba, Verse 5


أَلَمۡ نَجۡعَلِ ٱلۡأَرۡضَ مِهَٰدٗا

के हामीले धरतीलाई ओछ्यान बनाएनौं
Surah An-Naba, Verse 6


وَٱلۡجِبَالَ أَوۡتَادٗا

र पहाडहरूलाई मेख खम्बा
Surah An-Naba, Verse 7


وَخَلَقۡنَٰكُمۡ أَزۡوَٰجٗا

र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं ।
Surah An-Naba, Verse 8


وَجَعَلۡنَا نَوۡمَكُمۡ سُبَاتٗا

र हामीले तिम्रा निद्रालाई आरामको माध्यम बनायौं ।
Surah An-Naba, Verse 9


وَجَعَلۡنَا ٱلَّيۡلَ لِبَاسٗا

र रातलाई पर्दा बनायौं ।
Surah An-Naba, Verse 10


وَجَعَلۡنَا ٱلنَّهَارَ مَعَاشٗا

र दिनलाई जीविकोपार्जनको समय बनायौं ।
Surah An-Naba, Verse 11


وَبَنَيۡنَا فَوۡقَكُمۡ سَبۡعٗا شِدَادٗا

र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं
Surah An-Naba, Verse 12


وَجَعَلۡنَا سِرَاجٗا وَهَّاجٗا

र एक चम्किलो प्रकाशमान सूर्य बनायौं ।
Surah An-Naba, Verse 13


وَأَنزَلۡنَا مِنَ ٱلۡمُعۡصِرَٰتِ مَآءٗ ثَجَّاجٗا

र बादलहरूबाट हामीले पानीको बृष्टि गरायौं ।
Surah An-Naba, Verse 14


لِّنُخۡرِجَ بِهِۦ حَبّٗا وَنَبَاتٗا

ताकि त्यसबाट अन्न र सब्जी उत्पन्न गरौं
Surah An-Naba, Verse 15


وَجَنَّـٰتٍ أَلۡفَافًا

र बाक्ला घना बगैंचाहरू
Surah An-Naba, Verse 16


إِنَّ يَوۡمَ ٱلۡفَصۡلِ كَانَ مِيقَٰتٗا

निःसन्देह फैसलाको दिन निश्चित छ
Surah An-Naba, Verse 17


يَوۡمَ يُنفَخُ فِي ٱلصُّورِ فَتَأۡتُونَ أَفۡوَاجٗا

जुन दिन सूरमा फूँकिनेछ, अनि तिमीहरू समूह–समूहमा आई उपस्थित हुनेछौ ।
Surah An-Naba, Verse 18


وَفُتِحَتِ ٱلسَّمَآءُ فَكَانَتۡ أَبۡوَٰبٗا

र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ ।
Surah An-Naba, Verse 19


وَسُيِّرَتِ ٱلۡجِبَالُ فَكَانَتۡ سَرَابًا

र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् ।
Surah An-Naba, Verse 20


إِنَّ جَهَنَّمَ كَانَتۡ مِرۡصَادٗا

निःसंदेह जहन्नम घातमा छ ।
Surah An-Naba, Verse 21


لِّلطَّـٰغِينَ مَـَٔابٗا

अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो ।
Surah An-Naba, Verse 22


لَّـٰبِثِينَ فِيهَآ أَحۡقَابٗا

त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् ।
Surah An-Naba, Verse 23


لَّا يَذُوقُونَ فِيهَا بَرۡدٗا وَلَا شَرَابًا

उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको ।
Surah An-Naba, Verse 24


إِلَّا حَمِيمٗا وَغَسَّاقٗا

उम्लिराखेको पानी र बगिराखेको पीप मात्र हुनेछ ।
Surah An-Naba, Verse 25


جَزَآءٗ وِفَاقًا

उनीहरूले पूरा–पूर प्रतिफल पाउनेछन् ।
Surah An-Naba, Verse 26


إِنَّهُمۡ كَانُواْ لَا يَرۡجُونَ حِسَابٗا

उनीहरूलाई त हिसाबको आशा नै थिएन ।
Surah An-Naba, Verse 27


وَكَذَّبُواْ بِـَٔايَٰتِنَا كِذَّابٗا

र निडर भएर उनीहरूले हाम्रा आयतहरूको उपहास गर्दथे ।
Surah An-Naba, Verse 28


وَكُلَّ شَيۡءٍ أَحۡصَيۡنَٰهُ كِتَٰبٗا

हामीले प्रत्येक कुरालाई लेखेर गन्तीमा राखेका छौं ।
Surah An-Naba, Verse 29


فَذُوقُواْ فَلَن نَّزِيدَكُمۡ إِلَّا عَذَابًا

तसर्थ (अब) तिमीले आफ्नो कर्मको स्वाद चाख । हामीले तिमीमाथि यातनाको वृद्धि गर्दै जानेछौं ।
Surah An-Naba, Verse 30


إِنَّ لِلۡمُتَّقِينَ مَفَازًا

निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ ।
Surah An-Naba, Verse 31


حَدَآئِقَ وَأَعۡنَٰبٗا

बगैचाहरू छन्, र अँगूरहरू छन् ।
Surah An-Naba, Verse 32


وَكَوَاعِبَ أَتۡرَابٗا

नौयवना कुमारी युवतीहरू छिन् ।
Surah An-Naba, Verse 33


وَكَأۡسٗا دِهَاقٗا

र शराबका (मदिराका) टनाटन्न भरिएका गिलासहरू ।
Surah An-Naba, Verse 34


لَّا يَسۡمَعُونَ فِيهَا لَغۡوٗا وَلَا كِذَّـٰبٗا

उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ कुरो सुन्ने छन् ।
Surah An-Naba, Verse 35


جَزَآءٗ مِّن رَّبِّكَ عَطَآءً حِسَابٗا

तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ
Surah An-Naba, Verse 36


رَّبِّ ٱلسَّمَٰوَٰتِ وَٱلۡأَرۡضِ وَمَا بَيۡنَهُمَا ٱلرَّحۡمَٰنِۖ لَا يَمۡلِكُونَ مِنۡهُ خِطَابٗا

उसको तर्फबाट जो आकाशहरू र पृथ्वीको र तिनको बीचमा जे छ त्यसको पालनकर्ता हो । र धेरै कृपाशील छ । कसैलाई उनीसित कुराकानी गर्ने अधिकार छैन ।
Surah An-Naba, Verse 37


يَوۡمَ يَقُومُ ٱلرُّوحُ وَٱلۡمَلَـٰٓئِكَةُ صَفّٗاۖ لَّا يَتَكَلَّمُونَ إِلَّا مَنۡ أَذِنَ لَهُ ٱلرَّحۡمَٰنُ وَقَالَ صَوَابٗا

जुन दिन आत्मा र फरिश्ताहरू पंक्तिबद्ध भएर उभिनेछन् तर कोही कुरो गर्न सक्दैन परन्तु जसलाई अललाहले आज्ञा दिन्छ र उसले ठीक कुरो मुखबाट निकाल्नेछ ।
Surah An-Naba, Verse 38


ذَٰلِكَ ٱلۡيَوۡمُ ٱلۡحَقُّۖ فَمَن شَآءَ ٱتَّخَذَ إِلَىٰ رَبِّهِۦ مَـَٔابًا

त्यो दिन सत्य (सुनिश्चित) छ । अब जसले चाहन्छ (सत्कर्म गरेर) आफ्नो पालनकर्ताकहाँ राम्रो ठेगाना बनाओस् ।
Surah An-Naba, Verse 39


إِنَّآ أَنذَرۡنَٰكُمۡ عَذَابٗا قَرِيبٗا يَوۡمَ يَنظُرُ ٱلۡمَرۡءُ مَا قَدَّمَتۡ يَدَاهُ وَيَقُولُ ٱلۡكَافِرُ يَٰلَيۡتَنِي كُنتُ تُرَٰبَۢا

हामीले तिमीसित छिटै आउनेवाला सजायबाट डरायौं । जुनदिन मान्छे आफूले गरेको कमाई देख्नेछ र काफिर भन्ने छन् कि काश हामी माटो भइहालेको भए ।
Surah An-Naba, Verse 40


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 77
>> Surah 79

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai