UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Abasa - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


عَبَسَ وَتَوَلَّىٰٓ

उसले रूखापनागरेर मुख फर्कायो ।
Surah Abasa, Verse 1


أَن جَآءَهُ ٱلۡأَعۡمَىٰ

किनकि उसको पासमा एउटा अन्धो आयो ।
Surah Abasa, Verse 2


وَمَا يُدۡرِيكَ لَعَلَّهُۥ يَزَّكَّىٰٓ

तिमीलाई के थाह शायद उसको भलो हुने थियो ।
Surah Abasa, Verse 3


أَوۡ يَذَّكَّرُ فَتَنفَعَهُ ٱلذِّكۡرَىٰٓ

अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो ।
Surah Abasa, Verse 4


أَمَّا مَنِ ٱسۡتَغۡنَىٰ

तर जो लापरवाही गर्दछ ।
Surah Abasa, Verse 5


فَأَنتَ لَهُۥ تَصَدَّىٰ

उसैको तर्फ तिमी पूरै ध्यान दिन्छौ ।
Surah Abasa, Verse 6


وَمَا عَلَيۡكَ أَلَّا يَزَّكَّىٰ

हुनत यदि उसले पवित्रता प्राप्त गरेन भने तिमीलाई कुनै दोष आउँदैन ।
Surah Abasa, Verse 7


وَأَمَّا مَن جَآءَكَ يَسۡعَىٰ

र जो तिम्रो पासमा दगुर्दै आयो ।
Surah Abasa, Verse 8


وَهُوَ يَخۡشَىٰ

र ऊ (अल्लाहसित) डर्छ पनि ।
Surah Abasa, Verse 9


فَأَنتَ عَنۡهُ تَلَهَّىٰ

उसलाई तिमीले बेवास्ता गर्दछौ ।
Surah Abasa, Verse 10


كَلَّآ إِنَّهَا تَذۡكِرَةٞ

हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो ।
Surah Abasa, Verse 11


فَمَن شَآءَ ذَكَرَهُۥ

तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् ।
Surah Abasa, Verse 12


فِي صُحُفٖ مُّكَرَّمَةٖ

यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ ।
Surah Abasa, Verse 13


مَّرۡفُوعَةٖ مُّطَهَّرَةِۭ

जो उच्च ठाउँमा राखिएको र पवित्र छ ।
Surah Abasa, Verse 14


بِأَيۡدِي سَفَرَةٖ

यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ ।
Surah Abasa, Verse 15


كِرَامِۭ بَرَرَةٖ

जो प्रतिष्ठित र पवित्र छन् ।
Surah Abasa, Verse 16


قُتِلَ ٱلۡإِنسَٰنُ مَآ أَكۡفَرَهُۥ

अल्लाहको सजाय, मानिस पनि कति अकृतज्ञ छ ।
Surah Abasa, Verse 17


مِنۡ أَيِّ شَيۡءٍ خَلَقَهُۥ

अल्लाहले उसलाई कुन कुराबाट सृष्टि गर्यो
Surah Abasa, Verse 18


مِن نُّطۡفَةٍ خَلَقَهُۥ فَقَدَّرَهُۥ

वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो ।
Surah Abasa, Verse 19


ثُمَّ ٱلسَّبِيلَ يَسَّرَهُۥ

र उसको निम्ति मार्ग सरल बनाइदियो ।
Surah Abasa, Verse 20


ثُمَّ أَمَاتَهُۥ فَأَقۡبَرَهُۥ

अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो ।
Surah Abasa, Verse 21


ثُمَّ إِذَا شَآءَ أَنشَرَهُۥ

फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ
Surah Abasa, Verse 22


كَلَّا لَمَّا يَقۡضِ مَآ أَمَرَهُۥ

केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन ।
Surah Abasa, Verse 23


فَلۡيَنظُرِ ٱلۡإِنسَٰنُ إِلَىٰ طَعَامِهِۦٓ

अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ ।
Surah Abasa, Verse 24


أَنَّا صَبَبۡنَا ٱلۡمَآءَ صَبّٗا

हामीले नै धेरै पानी वर्षायौं ।
Surah Abasa, Verse 25


ثُمَّ شَقَقۡنَا ٱلۡأَرۡضَ شَقّٗا

फेरि हामीले नै धरतीलाई (चिरेर) टुक्रा–टुक्रा पार्यौं ।
Surah Abasa, Verse 26


فَأَنۢبَتۡنَا فِيهَا حَبّٗا

त्यस पश्चात हामीले नै त्यसमा अन्न उब्जायौं ।
Surah Abasa, Verse 27


وَعِنَبٗا وَقَضۡبٗا

र अंगूर र तरकारी ।
Surah Abasa, Verse 28


وَزَيۡتُونٗا وَنَخۡلٗا

र जैतून र खजूरहरू ।
Surah Abasa, Verse 29


وَحَدَآئِقَ غُلۡبٗا

र बाक्ला घना बगैंचाहरू ।
Surah Abasa, Verse 30


وَفَٰكِهَةٗ وَأَبّٗا

र फल र चाराहरू ।
Surah Abasa, Verse 31


مَّتَٰعٗا لَّكُمۡ وَلِأَنۡعَٰمِكُمۡ

(यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं ।
Surah Abasa, Verse 32


فَإِذَا جَآءَتِ ٱلصَّآخَّةُ

तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।
Surah Abasa, Verse 33


يَوۡمَ يَفِرُّ ٱلۡمَرۡءُ مِنۡ أَخِيهِ

त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट ।
Surah Abasa, Verse 34


وَأُمِّهِۦ وَأَبِيهِ

र आफ्नो आमा र बाबुबाट ।
Surah Abasa, Verse 35


وَصَٰحِبَتِهِۦ وَبَنِيهِ

र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ ।
Surah Abasa, Verse 36


لِكُلِّ ٱمۡرِيٕٖ مِّنۡهُمۡ يَوۡمَئِذٖ شَأۡنٞ يُغۡنِيهِ

यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ ।
Surah Abasa, Verse 37


وُجُوهٞ يَوۡمَئِذٖ مُّسۡفِرَةٞ

कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् ।
Surah Abasa, Verse 38


ضَاحِكَةٞ مُّسۡتَبۡشِرَةٞ

हाँस्दै खुशी र आनन्दित हुनेछन् ।
Surah Abasa, Verse 39


وَوُجُوهٞ يَوۡمَئِذٍ عَلَيۡهَا غَبَرَةٞ

र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।
Surah Abasa, Verse 40


تَرۡهَقُهَا قَتَرَةٌ

जसमाथि कालोपना छाएको हुनेछ
Surah Abasa, Verse 41


أُوْلَـٰٓئِكَ هُمُ ٱلۡكَفَرَةُ ٱلۡفَجَرَةُ

यी तिनै काफिरचरित्र दुराचारी मानिसहरू हुनेछन् ।
Surah Abasa, Verse 42


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 79
>> Surah 81

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai