Surah At-Tariq - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal
وَٱلسَّمَآءِ وَٱلطَّارِقِ
कसम छ आकाश र रातिमा प्रकाशित हुनेवालाको ।
Surah At-Tariq, Verse 1
وَمَآ أَدۡرَىٰكَ مَا ٱلطَّارِقُ
र तिमीलाई के थाहा कि रातिमा प्रकट हुनेवाला के हो
Surah At-Tariq, Verse 2
ٱلنَّجۡمُ ٱلثَّاقِبُ
त्यो तारा हो, चम्किलो ।
Surah At-Tariq, Verse 3
إِن كُلُّ نَفۡسٖ لَّمَّا عَلَيۡهَا حَافِظٞ
कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् ।
Surah At-Tariq, Verse 4
فَلۡيَنظُرِ ٱلۡإِنسَٰنُ مِمَّ خُلِقَ
मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।
Surah At-Tariq, Verse 5
خُلِقَ مِن مَّآءٖ دَافِقٖ
त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ ।
Surah At-Tariq, Verse 6
يَخۡرُجُ مِنۢ بَيۡنِ ٱلصُّلۡبِ وَٱلتَّرَآئِبِ
जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।
Surah At-Tariq, Verse 7
إِنَّهُۥ عَلَىٰ رَجۡعِهِۦ لَقَادِرٞ
निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरोमा सामथ्र्यवान छ ।
Surah At-Tariq, Verse 8
يَوۡمَ تُبۡلَى ٱلسَّرَآئِرُ
जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।
Surah At-Tariq, Verse 9
فَمَا لَهُۥ مِن قُوَّةٖ وَلَا نَاصِرٖ
त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक ।
Surah At-Tariq, Verse 10
وَٱلسَّمَآءِ ذَاتِ ٱلرَّجۡعِ
आकाशको कसम जसले वृष्टि गर्दछ ।
Surah At-Tariq, Verse 11
وَٱلۡأَرۡضِ ذَاتِ ٱلصَّدۡعِ
र धरतीको कसम जुन च्यातिनेवाला छ ।
Surah At-Tariq, Verse 12
إِنَّهُۥ لَقَوۡلٞ فَصۡلٞ
कि यो वाणी ‘‘कुरआन’’ सटीक फैसला गर्नेवाला वाणी हो ।
Surah At-Tariq, Verse 13
وَمَا هُوَ بِٱلۡهَزۡلِ
त्यो कुनै ठट्टा होइन ।
Surah At-Tariq, Verse 14
إِنَّهُمۡ يَكِيدُونَ كَيۡدٗا
उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् ।
Surah At-Tariq, Verse 15
وَأَكِيدُ كَيۡدٗا
र मैले पनि एउटा चालचली राखेको छु ।
Surah At-Tariq, Verse 16
فَمَهِّلِ ٱلۡكَٰفِرِينَ أَمۡهِلۡهُمۡ رُوَيۡدَۢا
अतः तिमीले काफिरहरूलाई मोहलत दिइहाल, केही दिन उनलाई छाडिदिनु ।
Surah At-Tariq, Verse 17