UAE Prayer Times

  • Dubai
  • Abu Dhabi
  • Sharjah
  • Ajman
  • Fujairah
  • Umm Al Quwain
  • Ras Al Khaimah
  • Quran Translations

Surah Al-Ala - Nepali Translation by Ahl Al Hadith Central Society Of Nepal


سَبِّحِ ٱسۡمَ رَبِّكَ ٱلۡأَعۡلَى

(हे पैगम्बर !) आफ्नो सर्वोच्च पालनकर्ताको नामको गुणगान गर्नु ।
Surah Al-Ala, Verse 1


ٱلَّذِي خَلَقَ فَسَوَّىٰ

जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो ।
Surah Al-Ala, Verse 2


وَٱلَّذِي قَدَّرَ فَهَدَىٰ

र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो ।
Surah Al-Ala, Verse 3


وَٱلَّذِيٓ أَخۡرَجَ ٱلۡمَرۡعَىٰ

र जसले वनस्पति उमार्यो ।
Surah Al-Ala, Verse 4


فَجَعَلَهُۥ غُثَآءً أَحۡوَىٰ

अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।
Surah Al-Ala, Verse 5


سَنُقۡرِئُكَ فَلَا تَنسَىٰٓ

हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ ।
Surah Al-Ala, Verse 6


إِلَّا مَا شَآءَ ٱللَّهُۚ إِنَّهُۥ يَعۡلَمُ ٱلۡجَهۡرَ وَمَا يَخۡفَىٰ

तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।
Surah Al-Ala, Verse 7


وَنُيَسِّرُكَ لِلۡيُسۡرَىٰ

हामीले तपाईको लागि सजिलो गरिदिनेछौं ।
Surah Al-Ala, Verse 8


فَذَكِّرۡ إِن نَّفَعَتِ ٱلذِّكۡرَىٰ

अतः तपाईले उपदेश गर्दै गर्नुस्, यदि उपदेश लाभप्रद छ ।
Surah Al-Ala, Verse 9


سَيَذَّكَّرُ مَن يَخۡشَىٰ

त्यसले उपदेश प्राप्त गरिहाल्छ, जसलाई भय हुनेछ ।
Surah Al-Ala, Verse 10


وَيَتَجَنَّبُهَا ٱلۡأَشۡقَى

हो, दुर्भाग्यवाला त्यसबाट पन्छिनेछ ।
Surah Al-Ala, Verse 11


ٱلَّذِي يَصۡلَى ٱلنَّارَ ٱلۡكُبۡرَىٰ

जो ठूलो आगोमा पर्नेछ ।
Surah Al-Ala, Verse 12


ثُمَّ لَا يَمُوتُ فِيهَا وَلَا يَحۡيَىٰ

अनि त्यसमा न मर्नेछ र न बाँच्नेछ ।
Surah Al-Ala, Verse 13


قَدۡ أَفۡلَحَ مَن تَزَكَّىٰ

निःसन्देह त्यो सफल भइहाल्यो जसले आफूलाई शुद्ध पार्यो ।
Surah Al-Ala, Verse 14


وَذَكَرَ ٱسۡمَ رَبِّهِۦ فَصَلَّىٰ

र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।
Surah Al-Ala, Verse 15


بَلۡ تُؤۡثِرُونَ ٱلۡحَيَوٰةَ ٱلدُّنۡيَا

तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ ।
Surah Al-Ala, Verse 16


وَٱلۡأٓخِرَةُ خَيۡرٞ وَأَبۡقَىٰٓ

जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ ।
Surah Al-Ala, Verse 17


إِنَّ هَٰذَا لَفِي ٱلصُّحُفِ ٱلۡأُولَىٰ

निःसन्देह यही कुरा पहिलाका किताबहरूमा पनि छ ।
Surah Al-Ala, Verse 18


صُحُفِ إِبۡرَٰهِيمَ وَمُوسَىٰ

अर्थात ‘‘इब्राहीम’’ र ‘‘मूसाका’’ किताबहरूमा ।
Surah Al-Ala, Verse 19


Author: Ahl Al Hadith Central Society Of Nepal


<< Surah 86
>> Surah 88

Nepali Translations by other Authors


Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Nepali Translation By Ahl Al Hadith Central Society Of Nepal
Popular Areas
Apartments for rent in Dubai Apartments for rent Abu Dhabi Villas for rent in Dubai House for rent Abu Dhabi Apartments for sale in Dubai Apartments for sale in Abu Dhabi Flat for rent Sharjah
Popular Searches
Studios for rent in UAE Apartments for rent in UAE Villas for rent in UAE Apartments for sale in UAE Villas for sale in UAE Land for sale in UAE Dubai Real Estate
Trending Areas
Apartments for rent in Dubai Marina Apartments for sale in Dubai Marina Villa for rent in Sharjah Villa for sale in Dubai Flat for rent in Ajman Studio for rent in Abu Dhabi Villa for rent in Ajman
Trending Searches
Villa for rent in Abu Dhabi Shop for rent in Dubai Villas for sale in Ajman Studio for rent in Sharjah 1 Bedroom Apartment for rent in Dubai Property for rent in Abu Dhabi Commercial properties for sale
© Copyright Dubai Prayer Time. All Rights Reserved
Designed by Prayer Time In Dubai